एलन मस्कको सम्पत्ति ४ सय २९ अर्ब डलर नाघ्यो
२८ मंसिर २०८१
•
१ मिनेट पाठ
एलन मस्कको सम्पत्ति ४ सय २९ अर्ब डलर नाघ्यो
टेस्लाका सिइओ एलन मस्कको सम्पत्ति चार सय अर्ब डलर नाघेको फोर्ब्सले जानकारी दिएको छ। उनको सम्पत्ति अहिले चार सय २९ दशमलव दुई अर्ब डलर पुगेको छ।  




यस आर्थिक वर्षमा टेस्लाका शेयरहरूको ७१ प्रतिशतको वृद्धि र मस्कको रकेट कम्पनी स्पेसएक्सको मूल्याङ्कनमा भएको वृद्धि नै यस सफलता को प्रमुख कारण बनेका छन्।  

मस्क टेस्लाको सबैभन्दा ठूलो शेयरधनी हुन्, कम्पनीमा उनको १३ प्रतिशत हिस्सेदारी रहेको छ। स्पेसएक्स र टेस्लाका साथसाथै मस्कका अन्य कम्पनी जस्तै न्युरालिंक र एक्सले पनि उनका सम्पत्ति वृद्धिमा योगदान पुर्‍याएका छन्।  

मस्कले हालै डोनाल्ड ट्रम्पको चुनावी अभियानमा पनि ठूलो योगदान गरेका थिए, जसले उनलाई अमेरिकी व्यवसाय र सरकारको नीति निर्माणमा विशेष भूमिका दिने विश्वास गरिएको छ।  

यससँगै, मस्क अब संसारका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा अझ अगाडि बढेका छन्। उनले ४०० अर्ब डलर भन्दा धेरै कमाएर एक नयाँ रेकर्ड कायम गरेका छन्। रोयटर्स
अर्को समाचार
चार सय २९ अर्ब डलर नाघ्यो एलन मस्कको सम्पत्ति
३० मंसिर २०८१
•
४ मिनेट पाठ
चार सय २९ अर्ब डलर नाघ्यो एलन मस्कको सम्पत्ति
टेस्लाका सिइओ एलन मस्कको सम्पत्ति चार सय अर्ब डलर नाघेको जानकारी फोब्र्स म्यागेजिनले दिएको छ। उनको सम्पत्ति अहिले ४२९.२ अर्ब डलर पुगेको छ।




यस आर्थिक वर्षमा टेस्लाका सेयरहरूको ७१ प्रतिशतको वृद्धि र मस्कको रकेट कम्पनी स्पेस एक्सको मूल्यांकनमा भएको वृद्धि नै यस सफलताको प्रमुख कारण बनेका छन्।

मस्क टेस्लाको सबैभन्दा ठूलो सेयरधनी हुन्, कम्पनीमा उनको १३ प्रतिशत हिस्सेदारी रहेको छ। स्पेस एक्स र टेस्लाका साथसाथै मस्कका अन्य कम्पनी जस्तै न्युरालिंक र एक्सले पनि उनको सम्पत्ति वृद्धिमा योगदान पु¥याएका छन्।

मस्कले हालै डोनाल्ड ट्रम्पको चुनावी अभियानमा पनि ठूलो योगदान गरेका थिए, जसले उनलाई अमेरिकी व्यवसाय र सरकारको नीति निर्माणमा विशेष भूमिका दिने विश्वास गरिएको छ। यससँगै, मस्क अब संसारका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा अझ अगाडि बढेका छन्। उनले ४०० अर्ब डलरभन्दा धेरै कमाएर नयाँ रेकर्ड कायम गरेका छन्।

एलन मस्क दक्षिण अफ्रिकामा जन्मेका अमेरिकी उद्यमी र व्यापारी हुन्। उनले सन् १९९९ मा एक्स डटकमको सुरुवात गरेका थिए। जुनपछि पे पालको नामले परिचित भयो।

उनले सन् २००२ मा स्पेसएक्स र २००३ मा टेस्ला मोटर्स स्थापना गरे। उनले आफूले सुरु गरेको जिप २ नामक कम्पनी कम्पायाक कम्प्युटर कम्पनीलाई बेचेपछि मस्क ३० वर्षको उमेर पुग्नु अगाडि नै मल्टी मिलिनियर हुन पुगेका थिए। मे २००२ मा जब स्पेस एक्सले रकेट प्रक्षेपण ग¥यो तब मस्कले सबैको ध्यान आकर्षित गर्न सफल भए। त्यस्तो प्रक्षेपण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पहिलो सवारी साधन पठाउन लागि गरिएको थियो।

सन् २०१६ मा सोलार–सिटीको खरिदसँगै उनले आफ्नो पोर्टफोलियोलाई बढावा दिए र राष्ट्रपति ट्रम्पको प्रशासनको सुरुका दिनहरूमा सल्लाहकारको भूमिका लिएर उद्योग क्षेत्रको प्रभावकारी नेताको रूपमा उनको अडान कायम गरे। जनवरी २०२१ मा, मस्कले जेफ बेजोसलाई विश्वकै धनी मानिसको सूचीमा उछिने।

मस्कको जन्म २८ जुन, १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा भएको थियो। सानो छँदा, मस्क आविष्कारको बारेमा दिउँसै सपना देख्दै यति हराएका थिए कि उनका अभिभावक र डाक्टरहरूले उनको सुनुवाइ जाँच गर्न सुझाव दिएका थिए। उनका बुबाआमाको सम्बन्ध बिच्छेदको समयमा उनी १० वर्षका मात्र थिए।

मस्कको रुचि सानैदेखि कम्प्युटरमा थियो। उनले आफैंले आफैंलाई कसरी प्रोग्राम गर्ने भनेर सिकाए र जब १२ वर्षको भए तब उनले आफ्नो पहिलो सफ्टवेयर लञ्च गरे। उक्त सफ्टवेयर ब्लास्टर नामक एक  खेल थियो।

ग्रेड स्कुलमा, मस्क सानो कद भएका, अन्तर्मुखी र किताबी किरा थिए। उनी १५ वर्षको उमेरसम्म स्कुलमा धेरै हेपिने विद्यार्थीमा पर्थे। त्यसपश्चात् उनले आफूले आफैंलाई विकास गर्ने निर्णय गरे र कराँते र कुस्ती सिक्न थाले। आफ्नो बचाउ आफैं भन्ने धारणाले उनी अगाडि बढेका थिए।

मस्ककी आमा, माये मस्क क्यानाडाली मोडल हुन् र कभरगर्ल अभियानमा स्टार गर्ने सबैभन्दा पुरानो महिला पनि हुन्। जब मस्क हुर्किरहेका थिए, उनकी आमाले आफ्नो परिवारलाई टेवा दिन पाँचवटा काम गर्थिन। मस्कका बुबा एरोल मस्क दक्षिण अफ्रिको धनी इन्जिनियर हुन्।

मस्कले आफ्नो प्रारम्भिक बाल्यकाल आफ्नो भाइ किम्बल र बहिनी तोस्कासँग दक्षिण अफ्रिकामा बिताए। उनी १० वर्षको हुँदा उनका आमाबुबाको सम्बन्ध बिच्छेद भएको थियो। १७ वर्षको उमेर अर्थात् १९८९ मा मस्क क्विनस् विश्वविद्यालयमा पढ्न र दक्षिण अफ्रिकी सेनामा अनिवार्य सेवाबाट बच्नका लागि क्यानाडा बसाईं सरे। त्यस वर्ष मस्कले क्यानडाको नागरिकता प्राप्त गरे किनभने उनलाई त्यो बाटोबाट ​​अमेरिकी नागरिकता लिन सजिलो हुन्थ्यो।

सन् १९९२ मा मस्कले पेनसेल्भेनिया विश्वविद्यालयमा व्यवसाय र भौतिक विज्ञान पढ्न क्यानाडा छाडे। उनले अर्थशास्त्रमा स्‍नातक तह कटाए र भौतिक विज्ञानको दोस्रो स्‍नातकको तयारी गरे।

पेनसेल्भेनिया छोडिसकेपछि मस्कले ऊर्जा फिजिक्समा पिएचडी गर्न क्यालिफोर्नियाको स्टानफोर्ड युनिभर्सिटी पुगे। उनको हरेक पाइला इन्टरनेटको बूमसँग ठ्याक्कै मिल्दोजुल्दो थियो। उनी यसको हिस्सा बन्न दुई दिनपछि स्टेनफोर्डबाट बाहिरिए।

सन् १९९५ मा उनको पहिलो कम्पनी जिप २ कर्पोरेसन सुरु भयो। मस्क २००२ मा अमेरिकी नागरिक बनेका थिए। मस्क अहिले अमेरिकी राट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा खुलेर चुनावी प्रचारमा मात्र होमिएनन् ठूलो धनरासी खर्च गर्न पनि तयार भए।

दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिन्सी’ (डिओजिई) प्रमुखमा नियुक्त गरेका छन्।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस