पोखरेली उद्योगी व्यवसायीहरूले पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ ? भन्दै मन्त्रीलाई प्रश्न गरेका छन्।
पोखरा चेम्बर अफ कमर्स कास्कीले शनिबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरूले गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपनि अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि यस्तो प्रश्न गरेका हुन्।
जवाफमा मन्त्री बस्यालले भने सङ्घर्ष नगरी पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने सम्भावना नदेखेको बताए।
कार्यक्रममा बोल्दै कस्मेटिक एसोसिएसन कास्कीका अध्यक्ष दुर्गा बरालले अर्बौँ खर्चेर बनाएको पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान किन नभएको भनेर प्रश्न गरिन्। उनले सोधिन, ‘पोखरा पर्यटनको राजधानी हो। अर्बौँ खर्चेर एयरपोर्ट बनाइएको छ तर किन अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो ?’
संस्थाका संस्थापक कोषाध्यक्ष कमल बस्नेतले पोखरा एयरपोर्टलाई सुनको थाली बनाइएको टिप्पणी गरे। ‘बनाएको एयरपोर्ट पनि नचलाउने हो भने किन बनाइएको हो ?, उनले भने, ‘यसलाई सुनको थालीजस्तो नबनाइयोस्।’
सल्लाहकार प्रवेशचन्द्र उप्रेतीले एउटा मात्रै अन्तर्राष्ट्रिय उडान गर्न सक्ने भएपनि त्यसले पर्यटनसँगै उद्योग, व्यापारमा सकारात्मक प्रभाव पार्ने बताए। तर अर्बौँ खर्च गरेर बनाइएको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुःखद भएको उनले बताए।
‘राज्यले ऋण गरेर बनाएको एयरपोर्ट चल्न नसक्नुको कारण के हो ? किन चलाउन प्रयास गरिएको छैन’ उनले सोधे।
अर्का सल्लाहकार विष्णुप्रसाद बास्तोलाले एयरपोर्ट नचलाउन अनेक थरीका हल्ला चलाइएको हुनसक्ने बताए। ‘कहिले गहिरोमा बनाइएको भनिन्छ त कहिले ठूला जहाज चल्न नसक्ने भनेर हल्ला चलाइन्छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय उडान होला र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ला भनेको त हल्लामा मात्रै सीमित गरिएको छ।’
संस्थाका उद्योगतर्फका उपाध्यक्ष नवराज आचार्यले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण मिलाउन आग्रह गरे। त्यसो गर्न सकेमा पर्यटनसँगै उद्योग र व्यापार फस्टाउने उनको भनाई थियो।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले भने फेरी एक पटक सङ्घर्ष नगरी पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुने स्पष्ट रुपमा बताए।
‘पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट आन्दोलन गरेरै बनाइएको हो’, उनले भने, ‘अब अन्तर्राष्ट्रिय उडान गर्न पनि सङ्घर्ष नगरी चल्दैन। त्यसका लागि तयार हुनुस्।’
उनले एक पटक सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी छलफल गरेर काम बाँडफाँट गर्नुपर्ने भन्दै उनले सरकारको तर्फबाट गर्नुपर्ने सबै काम आफूले गर्ने बताए। ‘रुट ल्याउनेदेखि उडान भर्नेसम्म म मिलाउँछु’, उनले थपे, ‘निजी क्षेत्रले कहाँ उडान भर्न लगाउने हो ? प्यासेन्जरको सम्भावना कहाँ छ ? त्यसको खोजी पनि गर्नुपर्छ।’
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले एयरपोर्ट नचल्दा पर्यटनसँगै उद्योग र व्यापारमापनि असर पुगेको बताए। निजी क्षेत्रले बनाउन पनि भूमिका खेलेको र अब चलाउन पनि भूमिका खेल्न तयार रहेको उनको भनाई थियो।
उनले अर्थतन्त्रमा देखा परेको आर्थिक मन्दीका कारण उद्योगी, व्यवसायीको अवस्था अप्ठ्यारो रहेकोसमेत उनले बताए।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि पोखरेलीहरू एकजुट हुनुपर्ने बताए।
नागरिक उड्डयन प्राधिकरणले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने बल पास निजी क्षेत्रलाई दिएको बताए। प्राधिकरणका महानिर्देशकको भनाई उद्धृत गर्दै भन्दै उनले भने, ‘पोखराबाट कहाँ उडान गर्ने हो ? दुबई, कतार वा चीन उडान गर्ने हो ? त्यसका लागि कति प्यासेन्जर हुन्छ भन्नुस्, म जनवरीमै उडान भर्ने व्यवस्था मिलाई दिन्छु।’