वैदेशिक रोजगारीका लागि दैनिक २ हजारको श्रम स्वीकृति
०४ पौष २०८१
•
५ मिनेट पाठ
वैदेशिक रोजगारीका लागि दैनिक २ हजारको श्रम स्वीकृति
वैदेशिक रोजगारीमा विभिन्न देश जान अनिवार्य श्रम स्वीकृतिका लागि दैनिक १ हजार ७ सय सर्वसाधारण वैदेशिक रोजगारी विभाग पुग्ने गरेका छन् ।  




श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याकंअनुसार, प्रति महिना देशबाट वैदेशिक रोजगारीमा ७० हजार र उच्चशिक्षा अध्ययनका लागि ७ हजारभन्दा बढी नेपाली बिदेसिने गरेको गरेका छन् ।  

तथ्यांकअनुसार ३० वर्षमा ६८ लाख युवाले कामको खोजीमा देश छाडेका छन् । आर्थिक वर्ष २०५०/५१ देखि ०८१/८२ मंसिर मसान्तसम्ममा ६८ लाख युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देशमा गएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।  

नेपालबाट वार्षिक रोजगारीका लागि साढे ७ लाख भन्दा बढी कामदार मलेसिया, खाडी र युरोपेली मुलुक पुग्ने गरेका छन् । यो भारतबाहेकका अन्य मुलुकमा नेपाली युवा गएको संख्या हो । भारतमा १५ देखि १७ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको सरकारी अनुमान छ । यसबाहेक व्यक्तिगत पहुँच वा अन्य उपायबाट विभागसँग श्रम स्वीकृति नलिई विदेश गएकाको संख्या सरकारी अभिलेखमा छैन ।  

उनका अनुसार खुला सिमाना भएका कारण नेपाली युवा भारत हुँदै बंगलादेश, चीन, श्रीलंका र म्यानमारसम्म रोजगारीमा जाने गरेका छन् । यी देशमा पुगेका कामदार अवैध बाटो हुँदै युरोपका देश, युएई, मलेसिया र खाडीका देश पुग्ने गरेका छन् । उक्त तथ्याकं कुनै पनि सरकारी निकायसँग नभएको उनी बताउँछन् ।  

अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को तथ्यांक अनुसार विश्वभर २ अर्ब ४४ करोड आप्रवासीमध्ये १ अर्ब ५० लाखभन्दा धेरै वैदेशिक रोजगारीका लागि एक देशबाट अर्को देश पुग्ने गरेका छन् । विश्वभर २७ करोडभन्दा बढी मानिस प्रत्येक चार महिनामा आफ्नो घर छाडी कामको खोजीमा अन्य देशमा पुग्ने गरेका छन् । तीमध्ये २३ करोडभन्दा बढी मानिस रोजगारी र शिक्षाको खोजीमा बिदेसिने गरेको आईएलओको तथ्याकं छ ।  

अन्तर्राष्ट्रिय आप्रवासन

संयुक्त राष्ट्रसंघले सन् १९९० मा आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । आप्रवासी दिवस भने सन् २००० बाट मनाउन सुरु भएको थियो । नेपालमा  सन् २००५ बाट सरकार र वैदेशिक रोजगारी क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले यो दिवस मनाउन थालेका हुन् ।

हिजो १८ डिसेम्बर अर्थात् २४ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर बुधबार मनाइएको छ । विश्वमा छरिएर बसेका नेपाली कामदारले पनि यो दिवस मनाउँदै आएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगारी क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले समेत यस दिवसलाई विभिन्न कार्यक्रम गरेर मनाउने गर्छन् ।

नेपाली कामदारले भारत, चीन र अन्य देशको तुलनामा समान तलब नपाउने गरेको श्रम विज्ञ गणेश गुरुङले जानकार गराए । साथै वैदेशिक रोजगारीमा कार्यरत नेपाली कामदारका हकमा अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) ले तोकेको सेवा सुविधा लागू नभएको उनले बताए ।  

‘नेपाली कामदारले थोरै तलबमा विदेशी श्रम बजारमा काम गर्न बाध्य भएका छन्,’ उनले भने, ‘सीप भएकै कामदारले आईएलओको मापदण्डअनुसार तलब पाएका छैन ।’  

गुरुङका अनुसार यहाँ रोजगारीको अभाव छ । उत्पादनशील रोजगारीको अवसरको अभावमा ठुलो सङ्ख्यामा युवाहरू जीविकोपार्जनका लागि वैदेशिक रोजगारमा गइरहेका छन् । अन्तर्राष्ट्रिय बजार फैलिँदा संकटमा पुगेको अर्थतन्त्रलाई बलियो बनाएको छ । तर, विभिन्न देश पुगेका श्रमिकले तोकिए बमोजिमको ज्याला पाउन नसकेको उनी बताउँछन् ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी आप्रवासन फराकिलो हुँदै गएपछि यस क्षेत्रका चुनौती थपिएको बताए । नेपाली वैदेशिक रोजगारी, विदेशमा अध्ययन र व्यापार गर्न बिदेसिने क्रम बढ्दो छ । यसबाट देशको अर्थतन्त्रमा पनि ठुलो सहयोग पुगेसँगै नेपालमा विप्रेषणको योगदान २९ प्रतिशत भएको उनले बताए । साथै आप्रवासनले देशको आर्थिक, सामाजिक र सांस्कृतिक संरचनामा परिवर्तन ल्याएको उनको भनाइ छ ।

‘समान तलब र अन्य सुविधा नेपाली कामदारले पाउनुपर्ने माग हामीले राख्दै आएका छौँ । कतिपय देशले समान तलब दिइरहेको पनि छ,’ उनले भने ।  

उनका अनुसार वैदेशिक रोजगारीमा नेपाली गएको देखेर अधिकांश मानिसहरू देश खाली हुँदै छ भन्ने मात्रै छन् । खाडी मुलुक गएका श्रमिकको अवधि भनेकै ३/४ वर्ष हो । त्यसपछि उनीहरू फर्किन्छन् । त्यसैले युवाविहीन देश भयो भनेर भन्न नमिल्ने उनले बताए ।  

‘नेपाल खाली भयो भन्ने भाष्य बनाएका छौँ,’ उनले भने, ‘त्यसलाई गहिरिएर कसले हेरेको छ । विदेशमा गएर दुःख गरी पुँजीसँगै त्यहाँको सीप नेपाल ल्याएर उद्यमी बनेकालाई कसैले मुल्यांकन गरेका छैनन् । त्यसैले केही भएन्, केही हुँदैन भन्यो भने काहीँ पनि पुगिदैँन् ।’ समस्याको समाधान सबैलाई थाहा छ, त्यसलाई अवसरको रूपमा प्रयोग गर्नु पर्ने उनले बताए ।  

‘२ लाख तिरेर विदेश जान्छन् । २ लाख खर्च गरेर २ वटा भैँसी पाल्दैनन् । दुईवटा भैँसीबाट मासिक केही नभए पनि ५० हजार रुपैयाँ बराबरको आम्दानी हुन्छ । तर, नेपाली त्यो मेहनत गर्न चाहँदैनन् । बरु खाडीमा गएर ४०/५० डिग्रीको घाममा भेडा चराउन तयार छन्,’ श्रम मन्त्री भण्डारीले बताए ।  

वैधानिक तवरले बिदेसिएका मानिसलाई समस्या पर्दा समाधान सकिन्छन । तर, अवैध रूपमा विदेश गएका श्रमिकलाई उद्धार गर्न धेरै गाह्रो भएको उनी बताउँछन् ।

३० वर्ष अवधिमा १४ हजारभन्दा बढी नेपाली कामदारले रोजगारदाताको देशमा ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । धेरै आप्रवासी कामदार जेलमा छन् ।  

रोजगारदाता देश र स्रोत देशबिच आप्रवासी श्रमिकका सम्बन्धमा सरकारी स्तरमा सम्झौता नहुँदा नेपाली श्रमिकले विदेशी भूमिमा अलपत्र पर्ने र ज्यान गुमाउनुपर्ने जस्ता घटना धेरै छन् । साथै  रोजगारदाताबाट कुटपिट, महिला कामदारमाथि शोषण र समान ज्याला पाउनबाट वञ्चित भएका उदाहरण पनि उस्तै छन् ।  

आप्रवासी श्रमिकका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम), अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) लगायत एक दर्जनभन्दा धेरै ठुला संस्थाले काम गर्दै आएका छन् । तर यी संस्थाले बनाएका महत्वपूर्ण मापदण्डले नेपाली कामदारले भोगिरहेको समस्या समाधान गर्ने सहयोग पुगेको छैन । अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहेका नेपाली कामदारका समस्या छलफलमै सीमित देखिएको वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको धारणा छ ।  
अर्को समाचार
एकै वर्ष झण्डै १५ सय नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु
०२ पौष २०८१
•
२ मिनेट पाठ
एकै वर्ष झण्डै १५ सय नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु
क्याप्शन
गत वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये विभिन्न कारणले झण्डै १५ सय जनाको मृत्यु भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त तथ्यङ्क सार्वजनिक गरेको हो ।  




सन् २०२३-०२४ मा वैदेशिक रोजगारीमा जाने १ हजार ४९२ जना नेपालीको मृत्यु भएको बताउँदै जिफन्टले त्यसमध्ये ९२ प्रतिशत पुरुष रहेको जानकारी दिएको हो । मृत्यु हुनेमा ११६ महिला र १ हजार ३७६ पुरुष रहेको जिफन्टले जनाएको छ ।  

अघिल्लो वर्ष २०२२-०२३ मा यो संख्या १ हजार २०८ मात्र थियो । जसमा ४५ महिला र १ हजार १६३ पुरुष थिए ।  

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले व्यक्तिगत सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि विदेशिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै एजेन्सीमार्फत जान सुझाएको छ । व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढ्नु डरलाग्दो संकेत भएको उसको भनाइ छ ।  

यस्तै वैधानिकीकरण गरेका ११ हजार ९०१, पुनः श्रम २ लाख ८१ हजार १९५, पुनः श्रम स्वीकृति लिएको कुल संख्या ७ लाख ४१ हजार २९७, नयाँ श्रम स्वीकृतिको कुल संख्या ४ लाख ६० हजार १०२ रहेको जिफन्टले जनाएको छ।  

वैदेशिक रोजगारीमा जानेहरुमा तपाईंका बढी रहेको उल्लेख गर्दै जिफन्टले धनुषाबाट दुई वर्षमा ३९ हजार १०७ र झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क सार्वजनिक गरेको थियो । युएईमा मात्र गत वर्ष १ लाख ९३ हजार ५०२ युवायुवती रोजगारीका लागि पुगेका छन् । साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइनलगायतका देशमा पनि उल्लेख्य संख्यामा नेपालीहरु रोजगारीका लागि पुगेका छन् ।  

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने व्यवस्थाले १३ लाख १ हजार ७८ जना श्रमिक योगदानसहित सूचीकरण भएको जानकारी दिए।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस