विदेशबाट फर्केर फुलेका पौरखीहरू
०५ पौष २०८१
•
५ मिनेट पाठ
विदेशबाट फर्केर फुलेका पौरखीहरू
अचेल धेरैले सबै विदेश गए देशमा काम गर्ने कोही भएनन् भन्ने गुनासो गरेको सुनिन्छ । तर, विदेशमा श्रम गरेर फर्केपछि ल्याएको सिप, पैसा र जाँगरले देशमै उद्यमतर्फ आकर्षित हुन पनि उत्तिकै प्रेरणा दिइरहेको छ । 




वैदेशिक रोजगारीबाट फर्केका केही उदाहरणीय व्यक्तिको उपलब्धि हेर्दा पानीको गिलास आधा रित्तो मात्र छैन आधा भरिएको पनि छ ।

वैदेशिक रोजगारीका लागि २०७४ सालमा विनोद मंग्राती साउदी अरेबिया पुगेका थिए । तर, विदेशी मरुभूमिमा काम गर्नका लागि उनको ढोका सधैँका लागि बन्द भयो । साउदी भूमिमा पाइला परेको २० दिन नहुँदै सडक दुर्घटनामा परेर उनी नेपाल फर्किनु पर्‍यो । 

सडक दुर्घटनामा परेर उनले आफ्नो एक खुट्टा गुमाए । उनको सहारा भनेकै अहिले बैसाखी हो ।

परिवारको खुसी खोज्दै बिदेसिएका उनी नेपाल फर्केर २ वर्षसम्म आफ्नो उपचार खर्चको दौडधुपमा हुन्छन् । 

काठमाडौंमा छोराछोरीलाई डेरामा छाडेर कमाउन बिदेसिएका विनोदले परिवारकै भरमा उपचार गराइरहेका थिए । उनको दिन सधैँ उस्तै रहेन । 

दिनचर्या कसरी चलाउने भन्दै चिन्ताले घेरिएका विनोदको भेट पौरखी नेपालसँग भयो । काठमाडौंमा छोराछोरीलाई पढाउँदै आएका विनोद आफ्नो परिवारप्रति निकै चिन्तित रहेको पौरखी नेपालाई बताउँछन् ।   

कोभिड–१९ अघि नै नेपाल फर्किएका उनी पौरखी नेपालको सल्लाहअनुसार आफूले जानेको मोबाइल मर्मतको काममा लागे । वैदेशिक रोजगारीले अङ्गभङ्ग भएका विनोद मोबाइल मर्मत मात्र गर्दैनन्, उनी खाली समयमा चार पांग्रे स्कुटरमा पठाओको काम पनि गर्छन् । 

‘विदेश फापेन त्यसैले नेपालमै केही गर्छु भनेर मोबाइल मर्मतको काम थालेँ,’ उनले भने, ‘कोभिड–१९ पछि बजार अलि खस्केको छ । जसले गर्दा काठमाडौं जस्तो ठाउँमा बस्न र परिवार पाल्न धेरै गाह्रो भएपछि पठाओको काम पनि थालेको छु ।’

वैदेशिक रोजगारीका क्रममा अपाङ्ग बनेको शरीर लिएर उनी काठमाडौंको गल्ली गल्लीमा ‘राइडर’ को काम गर्छन् । जसले गर्दा उनको आर्थिक सहयोग अलि बलियो भएको छ । 

‘काम गरेर परिवार पाल्नै प¥यो,’ उनी भन्छन्, ‘मोबाइल मर्मतको काम सकेपछि पठाओ गर्छु । चार पाङ्ग्रे स्कुटरमा मसँगै बैसाखी पनि हुन्छ ।’ 

आफू अशक्त भए पनि सपाङ्ग सरह काम गरिरहेका उनी आफैँमा खुसी खोजिरहेका छन् । 

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगको संयोजकत्वमा पौरखी नेपालले सञ्चालन गरेको कामदारको सुनुवाइ कार्यक्रममा बिहीबार विनोदले यी प्रेरक अभिव्यक्ति दिएका थिए ।  

वैदेशिक रोजगारीको सिलसिलामा १० वर्ष लेबनान बसेर फर्केपछि अचार व्यवसायमा रमाइरहेकी काभ्रेकी मिङमा तामाङको कथा पनि कम्ती रोचक छैन । २०७२ सालमा साउदी अरेबिया पुगेकी मिङमा काठमाडौं जोरपाटीमा ‘मिङमाको अचार’ ब्रान्डको व्यापार गरिरहेकी छिन् । 

उनले ‘अचार खायो भने पेट दुख्छ’ भन्नेहरूलाई नखाई नहुने परिकारका रूपमा प्रस्तुत गरिरहेकी छन् । । उनको अचारले पेट दुख्दैन बरु शरीरका निम्ति नभई नहुने कतिपय तत्त्व प्राप्त हुने विश्वास दिलाउने गरेकी छन् । उनी जस्तो पायो त्यस्तै अचार बनाउँदिनन् । उनी मासुको अचारसमेत बनाएर भिन्न स्वाद पस्किन थालेकी छन् । 

‘सुरुमा मासुको अचार आफैले खान बनाएकी थिएँ,’ उनले भनिन्, ‘तर, घरबेटी र साथीभाइलाई चाख्न दिएपछि मैले बनाएको मासुको अचारको महत्त्व थाहा पाएँ । अरूले यो अचार बजारमा पु¥याउने हो भने सबैको मुख मिठो हुन्छ भन्न थालेपछि मैले अचार व्यवसाय सुरु गरेको हो ।’

उनले मासुको अचारमा जिरा, मेथी, तोरी, ल्वाङ र सुकमेलसमेत राखेर बनाउने गरेकी छन् । वैदेशिक रोजगारीबाट फर्किएकी उनी अहिले जोरपाटीमा रहेको आफ्नो मिङमा अचारमा व्यस्त छन् । आफ्नो व्यवसाय बढाउन सरकारले केही आर्थिक सहयोग गरे देशको नाम राख्ने चाहना उनको छ ।  

विनोद र मिङमा जस्तै वैदेशिक रोजगारीको सिलसिलामा दश वर्ष लेबनानमा बिताएर देश फर्के लगतै आफ्नै व्यवसायमा रमाएकी म्याग्दीकी सुजना राणा पनि एक हुन् । काठमाडौं सामाखुसीमा सय रुपैयाँमा सादा खाना बेचिरहेकी सुजना आफ्नै व्यवसायमा सहर्ष व्यस्त छिन् । विदेशमा काम गरेर बिताउने समयले नेपालमा केही गर्नुपर्छ भन्दै फर्किएको उनले बताइन् । 

‘विदेशमा दुःख गर्ने समय नेपालमै खट्न सकिन्छ,’ उनले भनिन्, ‘विदेशमा भाडा माझ्ने देखि शौचालय सफाइ र अन्य काम गर्न लाज मान्दैनन् । तर, त्यही काम नेपालमा गर्न पछि पर्छन् । मलाई ठुलो नोकर हुनु भन्दा सानो मालिक हुनुमा गर्व छ ।’ उनी अहिले सानै व्यवसाय भए पनि आफू मालिक भएको बताउँछिन् । 

‘साउदीमा दश वर्ष भान्छामा काम गरेर आएकी हुँदा यहाँ काम गर्न सजिलो भएको छ । विदेशमा दश वर्ष सिकेको सीपलाई नेपालमा लगानी गरेको फाइदा भएको छ । सय रुपैयाँमा सस्तो, सफा र मिठो खाना बनाएर बेचेपछि ग्राहकको दिनहुँ घुइँचो हुन्छ । बिहान बेलुका निकै व्यस्त हुन्छु,’ उनले भनिन् ।

आफै मालिक आफै कामदार भएकोमा सबै चकित हुने गरेको अनुभव उनको छ । 

‘म आफै खाना बनाउँछु र अरूलाई पस्किन्छु पनि गर्छु । त्यति मात्रै नभएर भाडा माझ्ने सरसफाइमा ध्यान दिने र शौचालय चिटिक्क पार्ने काम गर्छु । मेरो खाना पसलमा कोही कामदार राखेकी छैन,’ उनले पनि सुनुवाइ कार्यक्रममा भनिन् । 

यस्ता आर्थिक गतिविधिका लागि पौरखी नेपालले प्रोत्साहन गरेका सुजनाले बताइन् । विनोद र मिङमा जस्तै सरकारले विदेशबाट केही गर्छु भनी फर्किएका कामदारलाई आर्थिक सहयोग जुटाइदिए हुन्थ्यो भन्ने चाहना सुजनाको पनि छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले विदेशबाट फर्केर देशमै उद्यम गरिरहेका व्यक्तिको कामप्रति खुसी व्यक्त गरे । देशमै स्वरोजगार हुने लक्ष्य लिएर आएका कामदारका लागि सरकारले आवश्यक पहल गर्ने विश्वास उनले दिलाए ।  

विदेशबाट फर्केका श्रमिकले ल्याएका संस्कार, ज्ञान र सीपले देश बन्ने धारणा मन्त्री भण्डारीको थियो । ‘वैदेशिक रोजगारीबाट फर्केर आएका श्रमिकले मात्र यो मुलुक बनाउन सक्छन्,’ उनले भने, ‘बिदेसिएका जति पनि श्रमिकले काम गर्नु पर्छ भन्ने संस्कार सिकेर आएका हुन्छन् । विदेशको संस्कार, पुँजी र सीप यो देशको सम्पत्ति हो ।’

देशमा भएको श्रोत र साधनको सही सदुपयोग हुन नसकेको अनुभव मन्त्री भण्डारीको छ । ‘७७ वटै जिल्लामा सवारी साधन पुगेका छन्,’ उनले भने, ‘तर, त्यसको सही सदुपयोग हुन सकेको छैन । सीप र ज्ञान भएका युवा वैदेशिक रोजगारीमा जानु राम्रै हो । तर, विना सीप बिदेसिनु राम्रो होइन । सीपयुक्त भएर युवा बिदेसिने हो भने श्रमिकले धेरै दुःख पाउने थिएनन् । त्यसैले सीप र ज्ञानलाई आधार बनाई वैदेशिक रोजगारी जाने गरौँ ।’
अर्को समाचार
विदेसिने कामदारलाई बिनाधितो ऋण दिने सरकारको तयारी
२० साउन २०८१
•
४ मिनेट पाठ
विदेसिने कामदारलाई बिनाधितो ऋण दिने सरकारको तयारी
वैदेशिक रोजगारीमा जाने कामदारलाई महँगो ब्याजबाट जोगाउन दिन लागिएको बिनाधितो ऋण व्यवस्था कार्यान्वयन गर्न सरकार तयार भएको छ। नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको मौद्रिक नीतिमा बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था भएपछि श्रम, रोजगार तथा सामाजिक कल्याण मन्त्रालयले कार्यान्वयन प्रक्रिया सुरु गर्न लागेको हो। 




यसले वैदेशिक रोजगारीमा जान चाहने युवालाई महँगो ब्याजमा ऋण लिनबाट जोगाउने आशा गरिएको छ। वैदेशिक रोजगारीमा विभिन्न देश जान चाहने युवा कामदारले महँगो ब्याजमा ऋण लिनुपर्ने बाध्यता हटाउन सरकारले बिनाधितो कर्जाको व्यवस्था गर्ने भएको हो। महँगो ब्याजमा ऋण लिँदा उनीहरूको कमाइको महत्त्वपूर्ण हिस्सा त्यसैमा खर्च हुने अवस्था छ।

‘महँगो ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाधितो ऋण दिने कार्य चाँडै नै कार्यान्वयनमा आउँछ,’ मन्त्रालयका प्रवक्ता गोविन्द रिजालले नागरिकसँग भने। मौद्रिक नीतिअनुसार नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने भएको हो। 

साथै बजेट वक्तव्यमा उल्लिखित कृषि उपजको धितोमा समेत सहज रूपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइनेछ। बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिनेछ। युवामा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्‍याउन सहजीकरण गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ।

प्रवक्ता रिजालका अनुसार विनाधितो ऋण दिने कार्य लगभग अन्तिम भइसकेको छ। केही विषयवस्तु तथा त्यसबारे सुझाव भए मात्रै थपघट गर्ने हो। यो त राष्ट्रको चासो हो। थप छलफल गरेर जतिसक्दो छिट्टो कार्यान्वयनमा ल्याउने मन्त्रालय तयारीमा छ। त्यो भयो भने अहिले मिटरब्याजमा विदेश गइरहने कामदारको क्रमिक संख्या धेरै मात्रामा रोकिने उनले बताए। ‘यो कार्यान्वयन गर्न विभिन्न समितिका व्यक्तिहरू मिलेर कार्यदल बनेको छ,’ उनले भने, ‘विदेश जाने लागतअनुसार बिनाधितो कामदारले ऋण पाउँछन्। वैदेशिक रोजगारीका लागि जुनै देश गए पनि कामदारको हकमा ऋण पाउनेछन्।’

बिदेसिने कामदारको भिसामा लाग्ने शुल्क, सामाजिक सुरक्षा कोषको शुल्क, कामदारको बिमा, स्वास्थ्य परीक्षण, कामदारको कल्याणकारी कोष, हवाई टिकटलगायत अन्य आवश्यक विदेश जान लाग्ने खर्च बिनाधितो ऋण पाउने व्यवस्था छ। बिदेसिने लागतबराबर नेपाल राष्ट्र बैंकले ऋण दिने रिजाल बताउँछन्।

‘देशअनुसार विदेश जान लाग्ने निश्चित लागत हुन्छ। कामदारले लुकिछिपी दलालमार्फत विदेश जाने खर्च पाउँदैनन्,’ उनले भने, ‘सरकारले तोकेअनुासरको म्यानपावरले लिने १० हजार रूपैयाँ मात्रै हो। त्योभन्दा बढी म्यानपावरले लिन्छ भने गैरकानुनी हो।’ गैरकानुनी रूपमा विदेश जाने कामदारको ऋण सरकारले नबेहोर्ने उनले जानकारी गराए। विदेश जाने कामदारले नेपाल राष्ट्र बैंकमार्फत पासपोर्ट बनाउनेदेखि अन्य लागत खर्चका लागि बिनाधितो ऋण पाउँछन् । तर एजेन्ट, दलाल, म्यानपावरवाला र पीडितबीच हुने बदमासी तवरको लेनदेनमा सरकारले ऋण नदिने उनले बताए ।

‘विदेशमा कामदार कुन कम्पनीमा जान लागेको ? सँगै कति आम्दानी हो ? भनेर नेपाल राष्ट्र बैंकलाई थाहा हुन्छ । साथै विदेश जान लाग्ने लागतअनुसार ऋण दिन्छ,’ रिजालले भने, ‘विदेशको आम्दानीअनुसार बैंकले कति प्रतिशत ब्याज काट्ने हो, त्यो काट्छ। कामदारको सावाँब्याज पनि घट्दै जान्छ। उनीहरूको घरखर्च पनि टर्दै जान्छ। घर खर्च नचाहिने रहेछ भने त्यो पैसा बैंकमै जम्मा भएर बस्छ।’ 

नेपाल राष्ट्र बैंकले बिदेसिने कामदारलाई धेरै कम ब्याजमा बिनाधितो ऋण दिने उनले बताए। ‘जुन बैंकले ऋण दिन्छ, श्रमिक विदेश गएपछि त्यही बैंकमार्फत पैसा पठाउँछ। र हुन्डीमार्फत भित्रिँदै आएको रेमिट्यान्स औपचारिक माध्यमबाट आउँछ। यसले हुन्डीको समस्या पनि समाधान हुन्छ,’ उनले भने । यस्तो गरेको खण्डमा व्यवसायीले लिँदै आएको चर्को शुल्कको समस्या समेत समाधान हुने उनको भनाइ छ ।

उनका अनुसार विनाधितो ऋण दिन प्रक्रिया ब्यवहारमा कार्यान्वयन भएको खण्डमा धेरै दाभदायी हुन्छ। विदेश जाने कामदारले ऋण खोज्न धेरै भौंतारिनु परेन। तोकेको ब्याजभन्दा बढी ब्याज तिर्नु पनि परेन। त्यसबाट कामदार लाभान्वित नहुने भन्ने त कुरै भएन। 

‘सस्तो ब्याजदरमा कामदारले ऋण पाउँछन्। अब सम्पत्ति नहुने मान्छेले पनि के धितो राख्ने भन्ने समस्या पनि भएन,’ उनले भने, ‘विदेशबाट आउने रेमिट्यान्स पनि बैंकमार्फत आउँदा देश र कामदारलाई धेरै फलदायी हुन्छ। यसमा कामदार आकर्षण नहुने भन्ने केही छैन।’ मन्त्रालयको जोड विशेष गरेर खाडी मुलुकमा जाने कामदारको हकमा बिनाधितो ऋण दिने व्यवस्था ल्याएको उनी बताउँछन्।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस