कञ्चनजंघा हिरक महोत्सव हुँदै
१४ पौष २०८१
•
३ मिनेट पाठ
कञ्चनजंघा हिरक महोत्सव हुँदै
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा (८,५८६ मिटर) आरोहणको ७० बर्ष पुगेको अवसरमा कञ्चनजंघा हिरक महोत्सव आयोजना हुने भएको छ।




कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले आइतबार पत्रकार सम्मेलनमार्फत आगामी बैशाख ५–७ गतेसम्म ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको वडा नं ६ लेलेपमा हिरक महोत्सव सञ्चालन गर्ने जानकारी दिएको हो। लेलेपमा कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को मुख्य कार्यालय रहेको छ।

परिषद्का सदस्य सचिव मनकुमार राईका अनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेका पर्यटयिक क्षेत्रहरूको प्रचार–प्रसार,पदयात्राका लागि आह्वान,स्थानीय समुदायको संस्कार र संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम,स्थानीय उत्पादनको प्रवर्द्धन र संस्कार र संस्कृतिमा आधारित स्थानीय समुदायका खाद्य परिकारको प्रवर्द्धन सहितका कार्यक्रम सञ्चालन गरी हिरक महोत्सव मनाइने छ। महोत्सवका बेला भलिबल प्रतियोगिता समेत सञ्चालन हुने छ। उक्त प्रतियोगिता अन्तर पालिका स्तरीय वा आमन्त्रित कस्तो प्रकृतिको हुने भन्ने बारेमा पनि निर्णयमा पुग्न बाँकी रहेको छ।

लेलेपमा हुने कार्यक्रममा कञ्चनजंघा हिमालको सफल आरोहण गरेका व्यक्ति र र आरोहण गरेका व्यक्ति जीवित नभएको अवस्थामा आरोहणकर्ता सदस्यका परिवारलाई समेत आमन्त्रण गर्ने योजना रहेको छ। कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार लेलेपमा सम्पन्न हुने तीनदिने हिरक महोत्सवका कार्यक्रम पछि संघीय राजधानी काठमाडौंमा राष्ट्रिय तहको कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ।

बेलायती राजदूतावासको व्यवस्थापन तथा समृद्ध पहाड परियोजनाको समन्वयमा उक्त कार्यक्रमको प्रस्ताव अघि सारिएको संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अन्तर्गत समृद्ध पहाड परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चंसु लिम्बूले बेलायतमा समेत हिरक महोत्सव अन्तरगतको कार्यक्रम हुने गरी प्रकृया अघि बढेको जानकारी दिइन्। ‘ठ्याक्कै मिति निर्धारण भएको छैन,तर आउँदो जुन ५ तारेखमा बेलायतमा समेत हिरक महोत्सवको कार्यक्रम हुने गरी प्रस्ताव गरिएको छ’उनले भनिन्। हिरक महोत्सवको कार्यक्रमका लागि ७२ लाख ६१ हजार रुपैयाँको अनुमानित लागत प्रस्ताव गरिएको छ।

कञ्चनजंघा हिमालसहित कञ्चनजंघा संरक्षण क्षेत्र भित्र रहेका पर्यटकीय सम्पदाहरूको प्रचार–प्रसार र प्रवर्द्धनलाई मुख्य आधार मानेर कार्यक्रम अघि सारिएको संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । कञ्चनजंघा हिमाल,कञ्चनजंघा हिमाल आरोहणको महत्त्व र विशेषता झल्काउन पनि उक्त कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने आयोजकको बुझाई छ । आरोहण गरेका व्यक्तिहरूका अनुभव समेत आदान–प्रदान हुने कार्यक्रम त्यसैका लागि राखिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।

कार्यक्रममा फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तथा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्व सदस्य सचिव छेतेन वालुङ शेर्पाले ताप्लेजुङको उत्तरी क्षेत्र पर्यापर्यटनको बलियो सम्भावना बोकेको क्षेत्र भएकोले बाह्यसँगै आन्तरिक पर्यटनलाई समेत ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिए। उनले फक्ताङलुङ गाउँपालिका र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्बिचमा कुनै मतभेद नरहेको दाबी गरे । पालिका र परिषद्बिच विभिन्न कार्यक्रमहरूका सवालमा बेलाबखत मतभेद रहेको कुरा आउने गरेकोमा वडाध्यक्ष शेर्पाले त्यसको खण्डन गर्दै दुबै निकाय आ–आफ्नो कानुनी आधारमा चल्दा समस्या नहुने तर्क गरेका हुन्। सन् १९५५ मे २५ तारेखका दिन कञ्चनजंघाको पहिलो पटक सफल आरोहण भएको थियो। बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले कञ्चनजंघाको पहिलो पटक सफल आरोहण गरेको मानिन्छ। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस