ट्रिप एडभाइजरको सूची: ‘एकल’ पर्यटकको रोजाइमा काठमाडौं
०१ माघ २०८१
•
४ मिनेट पाठ
ट्रिप एडभाइजरको सूची: ‘एकल’ पर्यटकको रोजाइमा काठमाडौं
तस्बिर: दिपेश दर्शनधारी/नागरिक
विश्वभरका होटल र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साइट ‘ट्रिप एडभाइजर’ ले सन् २०२५ का उत्कृष्ट गन्तव्यको सूचीमा नेपालको काठमाडौंलाई समेटेको छ।




त्यस्तै पर्यटकले घुम्नै पर्ने सांस्कृतिक गन्तव्यमा पनि काठमाडौंलाई पारेको छ भने एकल (सोलो) पर्यटकको रोजाइको उत्कृष्ट गन्तव्यको सूँचीमा पनि काठमाडौं परेको छ।  

ट्रिप एडभाइजरका अनुसार अन्य पर्यटकीय मुलुकसँगै नेपाल पनि घुम्नै पर्ने उत्कृष्ट गन्तव्यमा समेटिएको छ। ट्रिप एडभाईजरका अनुसार यो पटक काठमाडौं तीनवटा फरक विधामा उत्कृष्ट गन्तव्य मुलुकभित्र परेको छ।

पहिलो पटक समेटिएको सोलो पर्यटकको लागि उत्कृष्ट दशभित्रको दोस्रो नम्बरमा काठमाडौं समेटिएको छ। सोलो पर्यटकका लागि पहिलो गन्तव्य दक्षिण कोरियाको सिओल रहेको छ। दोस्रो नम्बरमा नेपालको काठमाडौं परेको छ। तेस्रोमा पेरुको कुस्को सहर परेको छ।

चौथो नम्बरमा थाइल्याण्डको बैंकक, पाँचौमा जापानको ओशाका, छैटौँमा युएईको दुबई, सातौमा जापानकै क्योटो सहर छन्। त्यस्तै आठौं नम्बरमा थाइल्याण्डकै चियाङमाइ, नवौंमा आइस्ल्याण्डको रेकजाभिक र दसौँमा अस्ट्रेलियाको मेलबर्न परेको ट्रिप एडभाइजरले उल्लेख गरेको छ।  

ट्रिप एडभाईजरले आफ्नो २५ औं वर्षको अवसरमा यो पटक सोलो पटकको रोजाइमा परेका गन्तव्यको विधा थपेको छ। एक्लै यात्रा गर्ने पर्यटकले ती गन्तव्यलाई बढी रुचाएको ट्रिप एडभाइजरले उल्लेख गरेको छ।

दोस्रो नम्बरमा परेको काठमाडौंमा ऐतिहासिक र सांस्कृतिक धरोहर रहेको उल्लेख गरेको छ। नेपालको राजधानी समेत रहेको काठमाडौं उपत्यका ऐतिहासिक धरोहरले भरिएको छ। पुराना मन्दिर सहित पवित्र स्थल रहेका छन्। त्यसबाहेक विभिन्न कलाले पनि काठमाडौं सजिएको पनि उल्लेख छ।

त्यस्तै सांस्कृतिक गन्तव्यको रुपमा पनि काठमाडौंलाई ट्रिप एडभाईजरले सातौँ नम्बरमा राखेको छ। सांस्कृतिक गन्तव्यमा पहिलो नम्बरमा इन्डोनेसियाको बाली परेको छ।

दोस्रोमा भियतनामका हनोइ, तेस्रोमा बेलायतको लण्डन, चौथोमा मोरक्कोको मारकेख, पाचौंमा इटलीको रोम, छैटौँमा पेरुको कुस्को र सातौमा नेपालको काठमाडौं परेको छ। आठौँ नम्बरमा भने भारतको नयाँ दिल्ली, नवौंमा ग्रिसको क्रेट, दसौँमा क्याम्बोडियाको साइम रिप सहर परेका छन्। 

त्यसैगरि ट्रिप एडभाइजरको २५ वर्ष अवधिका २५ उत्कृष्ट गन्तव्यमध्ये २१ नम्बरमा काठमाडौं परेको छ। काठमाडौं उपत्यका सांस्कृतिक मठ मन्दिरले भरिभराउ रहेको पनि ट्रिप एडभाइजरले उल्लेख गरेको छ।

सबैप्रकारका बजेट पर्यटकका लागि मिल्नेगरि होटल, बार र रेस्टुरेन्ट पनि काठमाडौंमा रहेको उल्लेख गरिएको छ। विभिन्न पसलले हस्तकला र कार्पेटका सामाग्री बेच्ने पनि उल्लेख गरिएको छ।

बस, ट्याक्सी र साइकल चढेर सहर घुम्न सक्ने पनि उल्लेख गरिएको छ। हिँडडुलको क्रममा बाँदर, मन्दिर र पुराना मठमन्दिर देख्न पाइने पनि विवरणमा उल्लेख छ। ठमेल क्षेत्रमा पदयात्राका लागि आवश्यक सबै सामाग्री पाइने पनि उल्लेख छ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार ट्रिप एडभाइजरले हरेक वर्ष पर्यटकले घुम्नैपर्ने पर्यटकीय गन्तव्य चयन गर्ने क्रममा यो वर्ष नेपालको सङ्घीय राजधानी काठमाडौं तीनवटा फरक विधामा समेटिएको बताए।

‘लाखौं पर्यटकले दिएको प्रतिक्रियाको आधारमा ट्रिप एडभाइजरले हरेक वर्ष गन्तव्य र प्रडक्ट छनोट गर्छ। यो पटक नेपाल सोलो पर्यटक, सांस्कृतिक पर्यटकका लागि र उत्कृष्टको सूचीभित्र समेटिएको छ।

यसले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो साथ दिन्छ,’ उनले भने, ‘ट्रिप एडभाइजरले सबैभन्दा पर्यटकीय गन्तव्यबारे जानकारी र रिभ्यू गर्ने ठूलो निकाय मानिन्छ। यसको रिभ्यूलाई विश्वभरका पर्यटकले विश्वास गर्छन्। ट्रिप एडभाइजरले दिएको प्रतिक्रियाको आधारमा पर्यटक घुमघाममा निस्कन्छन्।’  

उनका अनुसार यो पटक ट्रिप एडभाइजरले दुई नयाँ विद्या थपेर सात पुर्‍याउँदा सोलो पर्यटकका लागि काठमाडौं दोस्रो नम्बरमा परेको छ।

उनका अनुसार नेपालमा अहिले पनि सोलो पर्यटक कति संख्यामा आउँछन् भन्ने यकिन तथ्याङ्क छैन। तर, अनुमानित संख्यामा नेपाल भित्रिएका विदेशीमध्ये करिब ९ प्रतिशत सोलो पर्यटक हुने रहेको छ। 

‘नौ प्रतिशत सोलो पर्यटक नेपाल आउने अनुमान छ, यो नराम्रो संख्या भन्न मिल्दैन,’ उनले भने, ‘विश्वको पर्यटनमा पनि २०२३ देखि २०३० सम्मको आङ्कलनमा सोलो पर्यटकको संख्या अहिलेको तुलनामा ९.१ प्रतिशत बढ्ने अनुमान छ। नेपालमा भित्रिनेको संख्या पनि नराम्रो होईन।’  

उनका अनुसार सोलो पर्यटक आफ्नै हिसाबले मनमौजी तरिकाले घुम्ने गर्छन्। ‘एक्लै हिँड्न रुचाउने भएकोले उनीहरु हत्तपत्ति समूहमा बस्न पनि चाँहदैनन,’ उनले भने, ‘आफ्नो रुचि भएको गन्तव्यमा जाने, खाने, पिउने उनीहरूको चाहना हुन्छ।’

उनका अनुसार आफूलाई रुचि लागेको ठाउँमा पुग्ने पनि उनीहरूको चाहना हुन्छ। सोलो पर्यटक बढी जसो अमेरिकन र युरोपियन हुने पनि उनले बताए।  

‘कतिपयलाई भिडभाड मन नपर्न पनि सक्छ। एक्लै यात्रा गर्न रुचाउने चलन बढिरहेको छ,’ उनले भने, ‘कतिपयलाई परिवार र साथीभाइले साथ नदिँदा एक्लै यात्रा गर्न बाध्यता पनि आइपर्छ। सबैको घुमघामको समय एकैपटक पर्छ भन्ने पनि होईन।’

नयाँ नयाँ गन्तव्य पहिचान गर्ने चाहना भएका पर्यटक एक्लै यात्रा गर्न रुचाउने लामिछानेले बताए। नयाँ अनुभव बटुल्ने, स्वतन्त्र रुपमा यात्रा गर्न पाइने भएकोले पनि एक्लै यात्रा गर्ने चाहना पछिल्लो समय विभिन्न मुलुकका पर्यटकमा बढ्दै गएको पनि लामिछानेको भनाई छ।  

लामिछानेले ट्रिप एडभाईजरको यो सूँचीमा समेटिँदा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताए। ‘लाखौं फलोअर्स रहेको साइटले नेपालको काठमाडौंलाई उत्कृष्ट गन्तव्यभित्र समेट्दा स्वतः पर्यटन प्रवर्द्धनमा सघाउ पुग्छ,’ उनले भने, ‘पर्यटकले विश्वास गरेकै आधारमा यो सूची तयार हुने हो। त्यसैले यसले अझ बढी प्रवर्द्धनमा सघाउँछ। आगामी दिनमा थप पर्यटक भित्र्याउन सहयोग पुग्छ।’
अर्को समाचार
घोडेपानी-पुनहिल : पर्यटकको रोजाइमा पर्दै
०८ वैशाख २०८१
•
२ मिनेट पाठ
घोडेपानी-पुनहिल : पर्यटकको रोजाइमा पर्दै
विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिल क्षेत्रको भ्रमण गरेका छन्।




विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ। चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ।

गत वर्ष २५ हजार दुई सय ७९ जना पर्यटक भित्रिएका र छ हजार  एक सय ६० जना घोडेपानी हँुदै अन्यत्र गएका घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताए। सबैभन्दा बढी चैत महिनामा पाँच हजार आठ सय ४९ जना पर्यटक घोडेपानी आएका छन्।

वैशाखमा चार हजार चार सय १४, जेठमा एक हजार दुई सय ८१, असारमा चार सय ४१, साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८ र कात्तिकमा चार हजार तीन सय ५७ जना पर्यटक आएका छन्।

कात्तिकमा चार हजार तीन सय ५७, मङ्सिरमा तीन हजार एक सय ९९, पुसमा एक हजार छ सय २७, माघमा एक हजार पाँच सय ७७ र फागुनमा दुई  हजार चार सय ७७ जना पर्यटक आएका थिए।

विसं २०७९ मा २६ हजार तीन सय एक जना पर्यटकले घोडेपानी घुमेका थिए। घोडेपानी टोल सुधार समितिका उपाध्यक्षसमेत रहेकी होटल व्यवसायी जुलीठकुरी पुनले कोरोनाअघिकै लयमा फर्कन नसके पनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताए।

‘अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ’, उनले भने, ‘आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ।’ कोरोनाअघि वार्षिक ६० देखि ७० हजार जना पर्यटक घोडेपानी आउने गरेका थिए।

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृंखलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्। घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्छन्।

पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाइ होटल तथा रेष्टुराँलाई ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ। पुनहिल प्रवेश गर्न हरेक नेपालीले ५० र विदेशीले एक सय ५० शुल्क तिर्नुपर्छ।

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ। सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पुनहिलको अर्को विशेषता हो। घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँस जङ्गल छ।

हिजोआज गुराँसले ढकमक्क भएको जङ्गलमा रमाउने पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए।

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन्। आन्तरिक पर्यटकको अभिलेख राख्ने गरिएको छैन।

म्याग्दीको पोखरेबगर– घार– शिख– चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधनमा पुग्न सकिन्छ। पोखरा–घोडेपानी बस सेवा पनि सञ्चालनमा छ।

–रासस
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस