सरकारले ताप्लेजुङको तमोर करिडोर अन्तर्गत फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमको थिवा–ओलाङचुङगोला सडकखण्ड स्तरोन्नतिका लागि १ अर्ब ६ करोडको बजेट सुनिश्चित गरेको छ।
अर्थ मन्त्रालयले मूलघाट–दोभान–ओलाङचुङगोला सडक योजना कार्यालय ताप्लेजुङमार्फत कार्यान्वयन हुने गरी उक्त बजेटको स्रोत सहमति गरेको हो। यो सडकखण्डमा चालू वर्षका लागि ५७ करोड ६० लाख रकम हुने छ।
उक्त बजेट तमोर करिडोर थिवा (चेनेज १५१+५००) देखि ओलाङचुङगोला (चेनेज २९९४+०००)सडक खण्ड स्तरोन्नतिका लागि खर्च हुने बताइएको छ।