भक्तपुरमा पर्यटक बढे
०६ माघ २०८१
•
२ मिनेट पाठ
भक्तपुरमा पर्यटक बढे
भक्तपुर घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ पुससम्म अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा चार प्रतिशतभन्दा बढीले पर्यटक आगमनमा वृद्धि भएको भक्तपुर नगरपालिकाले जनाएको छ।




नगरपालिकाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस २३ गतेसम्ममा सार्क मुलुकबाहेकका पर्यटक ६७ हजार नौ सय ६९ र सार्कमा सम्मिलित देश र चीनका पर्यटकहरू ५१ हजार चार सय २४ जना गरी जम्मा एक लाख १९ हजार तीन सय ९३ जना पर्यटक आगमन भएको थियो।

गत वर्षको सोही अवधिमा जम्मा एक लाख १४ हजार सात सय ९२ जनाले भ्रमण गरेका थिए। गत वर्षको तुलनामा उल्लिखित अवधिमा चार हजार ६ सय एक जनाले पर्यटक वृद्धि भएको हो। गत वर्षको तुलनामा यो वृद्धि ४.०१ प्रतिशत हो।

२०८१ पुस २३ गतेसम्ममा गैरसार्क राष्ट्रका पर्यटकबाट १२ करोड २३ लाख र सार्क र चीनका पर्यटकबाट दुई करोड ५७ लाख गरी जम्मा १४ करोड ८० लाख रूपैयाँ आम्दानी भएको नगरपालिकाले जनाएको छ।

आव २०८०/८१ को सोही अवधिमा गैरसार्क राष्ट्रका पर्यटकबाट १० करोड ७५ लाख र सार्क र चीनका पर्यटकहरूबाट दुई करोड ७५ लाख गरी जम्मा १३ करोड ५० लाख आम्दानी भएको थियो। यस अवधिमा एक करोड २९ लाख वृद्धि भएको नगरपालिकाको तथ्यांकले देखाएको छ।

भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटक (नेपालीबाहेक)सँग नगर प्रवेशमा प्रवेश शुल्क उठाउँदै आएको छ। नगर प्रवेश गर्ने झण्डै दुई दर्जन स्थानहरूमा काउन्टर राखेर नगरपालिकाले विदेशी पर्यटकहरूसँग प्रवेश शुल्क उठाउँदै आएको छ।

सार्क तथा चीनका (नेपाली) बाहेकसँग एकथरी र गैरसार्क राष्ट्रका पर्यटकसँग प्रति पर्यटक १० अमेरिकी डलर प्रवेश शुल्क उठाउँदै आएको छ। यही कारण नगरपालिकाले सार्क र चिनियाँ तथा गैरसार्क राष्ट्रका गरेर पर्यटक आगमनको संख्या वर्गीकरण गरेको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति भक्तपुर घुम्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भए पनि यो भरपर्दाे स्रोत नभएको बताउँछन्। यही कारण नगरपालिकाले आन्तरिक पर्यटकलाई आकर्षित गराउने योजना अगाडि सारिरहेको उनको भनाइ छ। यही क्रममा भक्तपुर महोत्सव २०८१ आयोजना गरिएको पनि उनले बताए। महोत्सव पुस ८ देखि माघ २ गतेसम्म पाँचदिन भएको थियो। सो समयमा दैनिक एकदेखि दुई लाख आन्तरिक पर्यटक भक्तपुर भित्रिएको अनुमान छ।
अर्को समाचार
भक्तपुरमा आउने पर्यटक बढे ,सबैभन्दा बढी भारतीय
१४ साउन २०८१
•
१ मिनेट पाठ
भक्तपुरमा आउने पर्यटक बढे ,सबैभन्दा बढी भारतीय
भक्तपुर घुम्न आउने पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा भक्तपुर आउने पर्यटकको सङ्ख्यामा झन्डै ७८ हजारले वृद्धि भएको हो।




भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा २ लाख ४५ हजार ५९३ जना पर्यटकले भक्तपुर भ्रमण गरेका छन्। आर्थिक वर्ष २०७९।८० मा भने यो संख्या १ लाख ६७ हजार ६५२ रहेको तथ्याङ्क छ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष ४६.४९ प्रतिशतले पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा १ लाख १६ हजार ४०१ जना  ९गैर सार्क० र १ लाख २९ हजार १९२ जना (सार्क राष्ट्र र चीनका)पर्यटक छन्।

पर्यटन शुल्कबाट भक्तपुर नगरपालिकाले २७ करोड ४५ लाखभन्दा बढी रुपैयाँ संकलन गर्‍यो । जसमा गैर सार्क पर्यटकबाट २० करोड ९९ लाख ७५ हजार ९५० भन्दा बढी तथा सार्क राष्ट्र र चीनका पर्यटकबाट ६ करोड ४५ लाख ९६ हजार रुपैयाँ पर्यटन शुल्क उठेको छ ।

गत आ.व.२०७९/८० मा भने १८ करोड ४० लाखभन्दा बढी पर्यटन शुल्क संकलन भएको थियो।

गत आर्थिक वर्ष भारतबाट मात्रै ८७ हजार ७९८ र चीनबाट ४० हजार ४०१ पर्यटकले भक्तपुरको भ्रमण गरेका छन् ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस