पर्यटकीय रोजाइको केन्द्र बन्दै मेरिङदेन झरना
०६ माघ २०८१
•
३ मिनेट पाठ
पर्यटकीय रोजाइको केन्द्र बन्दै मेरिङदेन झरना
नजिकमा रहेको सिप्लक खोला। अनि छाँगाबाट झरेको पानीबाट सिर्जित छाँगा खोला। यही बीचमा रहेको सुन्दर झरनाको नाम हो मेरिङदेन झरना। मेरिङदेन गाउँपालिकाको वडा नं १ थिङ्लाबुलाई मुख्य आवरणमा राखी मैवाखोला गाउँपालिकाको वडा नं ६ फाकुम्बा साम्तुङको सीमा क्षेत्रमा रहेको मेरिङदेन झरनाबाट माघ महिनाको पहिलो साता पनि अटुट र छङछङ पानी झरिरहेको छ।




वारिपट्टी थिङलाबु तथा छाँगाखोला र सिप्लक खोला पार गरेपछि पारीपट्टि पुगिने ठाउँ मैवाखोलाको साम्तुङ। झरनाको अवलोकनका लागि पुगेका पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य पानी नपरेको समय र सुख्खा महिना माघमा समेत झरनामा देखिएको पानीको मात्राले मेरिङदेन झरना सुन्दर र आर्कषक रहेको स्वःपुष्टी हुने बताउँछन्। ‘झरना त यस्तो पो त भन्ने नै अवस्था नै देखियो,’ फुङलिङबाट झरनाको अवलोकनका लागि पुगेका डिल्लीरमण पौडेलले यस्तो प्रतिक्रिया दिए।

मेरिङदेन झरनाको अर्को विशेषता पनि छ। एक काम दुई पन्थ भने झैं मेरिङदेन झरना दुईवटा झरनाको संगम बनेको छ। माथितिर एउटा र तलतिर अर्को। एउटै गन्तव्यबाट दुईवटा झरनाको अवलोकन हुने भएपछि मेरिङदेन झरना अहिले अवलोकनकर्ताहरूका लागि भने आर्कषणको केन्द्र बन्दै गएको छ।

मेरिङदेन गाउँपालिका वडा नं १ थिङलाबुका शिशिर लिम्बू झरना जाने पाहुनाहरूको साथमा लागेर धेरैपटक मेरिङदेन झरना पुगे। ‘पहिला त त्यति मान्छे आउँदैन थिए, अहिले त झरना हेर्न आउने मानिसहरू थुप्रै हुन्छन्,’ शिशिरले आफ्नै शैलीमा भने।

झरना स्थल पुग्न करिब दुई घण्टाको पैदल मार्ग प्रयोग गर्नुपर्छ। थिङलाबुको लेचुवा र मैवाखोलाको सामतुङ दुवैतर्फबाट झरना स्थल पुग्न सकिन्छ। पैदलमार्ग केही मर्मतसम्भार गर्नुपर्ने अवस्था भए पनि छोटो मार्ग भएकाले थिङलाबुको लेचुवाबाट अवलोकनकर्ताहरू ठूलो संख्यामा झरना हेर्न जाने गरेको थिङलाबु लेचुवाका गजेन्द्र एभेङ बताउँछन्। यो साल मात्र समूहमा निकै मानिसहरू मेरिङदेन झरना पुगिसकेको उनले जानकारी दिए।

झरना स्थल जानेहरू प्राय: लेचुवामा बास बसेर भोलिपल्ट बिहान अवलोकनका लागि जाने गरेको उनको भनाइ छ। झरनाको अवस्था र अवलोकनकर्ताहरूलाई झरनाप्रतिको आकर्षण बताउन लागिपरेका स्थानीय सूर्यमान ओख्राबु मेरिङदेन झरना अर्गानिक स्थल र मनोरमको केन्द्र रहेको जिकिर गरे। लेचुवातर्फबाट झरना स्थल लाग्दा देखिने प्राकृतिक बनावट, भेडीगोठ तथा बस्तुभाउ खर्क, स्थानीय गाउँले परिवेश त्यहाँका विशेषता रहेको ओख्राबुले बताए। 

एकडाँडो काटेर माथिबाट हेर्दा देखिने जोरढुङ्गा, लुम्बासुम्बा हिमाल, भीरमा मौरीको गोदाम स्थल झैं देखिने भीर मौरीको घार, बहुमूल्य वन्य जीवहरूको क्रिडा स्थलको बीचबाट पुगिने झरना स्थल साँच्चै आकर्षक र मनमोहक रहेको अनुभव बटुले पत्रकार आनन्द गौतमले बताए। उनी भन्छन्, ‘पूर्वाधार र घराबास केन्द्र व्यवस्थापन गर्न सके मेरिङदेन झरनाको भविष्य निकै सुन्दर छ।'

मेरिङदेन गाउँपालिका वडा नं १ थिङलाबुका वडाध्यक्ष सबिनकुमार चोङवाङ मेरिङदेन झरनालाई प्रमुख पर्यटकीय स्थल बनाउने कुरामा संघीय र प्रदेश सरकारले समेत सहयोग गर्ने विश्वास व्यक्त गर्छन्। ‘वडा र पालिकाको तर्फबाट गर्ने विषय हामी गर्छौं, तर यसको बृहत्तर विकासमा हाम्रो मात्र पर्यत्न पर्याप्त हुँदैन,' वडाध्यक्ष चोङवाङले भने, ‘यसको महत्व बुझेर संघीय र प्रदेश सरकारबाट समेत सहयोग प्राप्त भएमा मेरिङदेन झरना पर्यटकको रोजाइको केन्द्र बन्ने छ।’

मेरिङदेन झरनाका लागि पदमार्गको व्यवस्थापन गर्नु, व्यवस्थित होटल तथा घरबास केन्द्र (होमस्टे) व्यवस्थापन गर्नु, झरना आसपासमा पर्यटकका लागि चाहिने आवश्यक पूर्वाधार बनाउनु प्रमुख आवश्यकता रहेको वडाध्यक्ष चोङवाङको भनाइ छ। मेरिङदेन झरना पर्यटकका लागि रोजाइको केन्द्र बन्नेमा दुईमत नरहेको पर्यटकीय स्थलहरूको प्रचार र प्रवर्द्धनमा सक्रिय हेमराज निरौला बताउँछन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस