भरतपुर महानगरले बेच्यो साढे सात करोडमा फोहोर
१३ माघ २०८१
•
३ मिनेट पाठ
भरतपुर महानगरले बेच्यो साढे सात करोडमा फोहोर
भरतपुर महानगरपालिकाभित्र उत्सर्जन हुने फोहोरमैला संकलन र व्यवस्थापनका लागि महानगरले नयाँ ठेक्का लगाएको छ। एन के इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि ठेक्का दिइएको हो। फोहोरबाट आम्दानी गर्ने गरी महानगरले यसपटक ठेक्का लगाएको महानगरपालिकाका वातावरण महाशाखा प्रमुख तथा उपनिर्देशक बिस्सुराम कुँवरले जानकारी दिए। 




उनका अनुसार सो कम्पनीलाई महानगरपालिकाले ७ करोड ६१ लाख ९८ हजार दुई सय ३४ रूपैयाँमा ठेक्का लगाएको हो। महानगरपालिकालाई कम्पनीले १२ किस्तामा रकम भुक्तानी गर्ने छ।  ‘कम्पनीले दुई करोड एकानब्बे लाख बैंक ग्यारेन्टी गरेको छ। पहिलो किस्तावापत एक करोड २६ लाख रूपैयाँ बुझाएको छ’, महाशाखा प्रमुख कुँवरले भने, ‘पहिलोपटक महानगरपालिकाले फोहोरबाट आम्दानी गर्दै छ।’

यसअघि महानगरले तीन भागमा विभाजन गरेर फोहोरमैला संकलन गर्ने गरेको थियो। वातावरणीय सुन्दर नेपाल प्रालि, वेस्ट म्यानेजमेन्ट ग्रुप प्रालि र भरतपुर महानगर आफैँले फोहोर व्यवहार संकलन गरेका थिए। वातावरणीय सुन्दर नेपालले घरधनीबाट एकमुष्ट उठाएको सरसफाइ शुल्कको ४५ प्रतिशत रकम महानगरपालिकालाई उनीहरूले बुझाउँदै आएका थिए। वेस्ट म्यानेजमेन्ट ग्रुप प्रालिले भने २५ प्रतिशत रकम महानगरपालिकालाई बुझाउने गर्दथ्यो। अहिले एकमुष्ट ठेक्का दिइएको कुँवरले जानकारी दिए। यसरी गर्दा फोहोर व्यवस्थापन गर्न पहिलाभन्दा सहज हुने उनले बताए।

महानगरले फोहरमैला व्यवस्थापन सेवा शुल्कमा समेत केही परिमार्जन गरेको छ। महानरपालिकाको नगरसभाले हप्तामा ६ दिन फोहोर उठाएको प्रति फ्लाट एक सय ६० रूपैयाँ शुल्क निर्धारण गरेको वातावरण शाखाका प्रमुख सुरजराज पौडेलले जानाकारी दिए। हप्तामा तीन दिन फोहोर संकलन गरेको एक सय ३०, हप्तामा दुई दिन संकलन गरेको तामा एक दिन फोहोर संकलन गरेको ५० रूपैयाँ निर्धारण गरिएको छ। 

यस्तै हप्तामा ६ दिन फोहोर संकलन गर्ने होलसेल किराना पसलको चार सय, माछामासु पसलको दुई हजार सात सय सिजी महलको २५ हजार, ठुला होटलहरूको पाँच हजारदेखि सात हजार रूपैयाँ तोकिएको छ।  सबैभन्दा धेरै अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि शुल्क निर्धारण गरिएको छ। भरतपुरमा रहेका अस्पतालको मासिक १५ हजार रूपैयाँदेखि ५५ हजार रूपैयाँसम्म सेवा शुल्क तोकिएको पौडेलले जानकारी दिए। उनका अनुसार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजले मासिक ५५ हजार बुझाउनुपर्ने छ।

महानगरपालिकाले तोकेको स्थानमा फोहोर व्यवस्थापन गर्ने गरी सो कम्पनीले जिम्मा लिएको उनले बताए। अहिले भरतपुर महानगरले भरतपुर महानगरपालिका– २ स्थित जलदेवी सामुदायिक वन र भरतपुर– २४ मा रहेको धुर्वमा फोहोर फालिरहेको छ। ‘हामीलाई भरतपुर महानगरले अहिलेलाई आँपटारीमा रहेको जलदेवी सामुदायिक वनमा फोहोर फाल्न भनिएको छ। त्यहाँ १ देखि ५, ७ देखि १२ र २९ नम्बर वडाको फोहोर फाल्ने गरिएको छ’, एन के इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिका व्यवस्थापक केशव नेपालले भने, ‘६ र १३ देखि २८ नम्बर वडाको फोहोर भरतपुर– २४ को धुर्वमा फाल्ने गरिएको छ।’ 

टोल सुधारमा जाने रकम रोकिने
महानगरपालिकाको सम्झौतापछिको टोल सुधार समितिलाई जाने ३० प्रतिशत रकम रोकिने भएको छ। यसअघि घरधनीबाट एकमुष्ट उठाएको सरसफाइ शुल्कको २५ प्रतिशत रकम टोल सुधार समितिमा जाने गर्दथ्यो। ७० प्रतिशत रकम कम्पनी आफैंले राख्दै आएका थिए।  नेपालका अनुसार भरतपुर महानगरपालिकामा अहिले दैनिक ८० टन फोहोर उठ्ने गर्दछ। त्यसमध्ये ६० प्रतिशत कुहिने फोहोर रहेको र पुनः प्रयोग गर्न मिल्ने फोहोर पचास प्रतिशत रहेको उनले बताए। ‘बजार क्षेत्रबाट बढी कुहिने फोहोर आउने गर्दछ। त्यसलाई केही दिनमा कम्पोस्ट मल बनाउने योजनामा हामी छौं’, नेपालले भने ‘पुनः प्रयोग हुने फोहोर छानेर विभिन्न कम्पनीमा पठाउने गर्दछौं।’ 

संकलित फोहोरमध्येबाट पचास प्रतिशत फोहोर मात्र डम्पिङ गर्ने योजना रहेको उनले सुनाए। महानगरले यसअघि नारायणी किनारमा फोहोर फाल्दै आएको थियो। साउन महिनादेखि आँपटारीमा फोहोर फाल्न थालेको महाशाखा प्रमुख कुँवरले जानकारी दिए। उनका अनुसार त्यहाँ पाँच वर्षसम्म फोहोर फाल्न सकिने छ। अहिले फोहोर फालिएको ठाउँ सामुदायिक वन हो। त्यहाँ फोहोर लगेर तुरुन्तै माटोले पुर्ने गरिएको उनले बताए।
अर्को समाचार
गरिबीको दारुण चित्र
२७ जेष्ठ २०८२
•
३ मिनेट पाठ
गरिबीको दारुण चित्र
नेपालमा करिब १० लाख परिवार गरिबीबाट गुज्रिरहेका तथ्यांक सार्वजनिक भएको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले १२ वर्षअघिदेखि सुरु गरेको गरिबी पहिचान कार्यक्रमअन्तर्गत यस्तो वास्तविकता फेला परेको हो। यो तथ्यांकले अझै पनि नेपालका जनता कुनखालको सुविधा प्रयोग गर्न बाध्य छन् र उनीहरूको जीवनस्तर कति जटिल होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ।




अति गरिब, गरिब र सामान्य गरिब गरी तीन भागमा वर्गीकरण गरेर लिइएको तथ्यांकले यति धेरै परिवार गरिबको सूचीमा पर्न बाध्य भएका देखाएको हो। जसमध्ये मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी गरिब रहेका पाइएको छ भने मनाङमा सबैभन्दा कम गरिब रहेका भेटिएको छ। त्यसो त मनाङ पर्यटकीय र सबैभन्दा कम जनसंख्या भएको जिल्लासमेत भएकाले यहाँ गरिबहरू कम देखिएका हुन सक्छन्। 

सर्लाहीको गरिबीको तथ्यांकले सबै नेपालीलाई मुन्टो निहुराउनुपर्ने अवस्थामा पुर्‍याएको छ। यहाँका ५० हजार दुई सय ४८ परिवार गरिबीबीच बाँच्नुपर्ने यथार्थले तिनीहरूको जीवन कति कष्टदायी र असुविधाले भरिपूर्ण होला भन्ने जान्न कठिनाइ पर्दैन। यसैगरी सुदूरपश्चिमस्थित बाजुराको गरिबी तथ्यांक पनि डरलाग्दो छ। यहाँका १३ हजार आठ सय २५ परिवारमध्ये ६ हजार चार सय ९४ अति गरिब, चार हजार दुई सय ६२ मध्यम गरिब र तीन हजार ५९ परिवार सामान्य गरिब छन्। यसरी नै कर्णाली प्रदेशको कालीकोटका १२ हजार ६ सय ८४ परिवारमध्ये पाँच हजार नौ सय ८५ अति गरिब, तीन हजार नौ सय ५१ परिवार मध्यम गरिब तथा दुई हजार सात सय ४८ परिवार सामान्य गरिब छन्। यी केही जिल्लाले नै प्रमाणित गर्छन् कि नेपालीको जीवनचर्या कति कष्टमय र दारुणिक छ भन्ने।

जीविका गरिबीले असर पार्ने सबैभन्दा मुख्य पक्ष हो। जो आफ्नो जीविकाकै लागि हरदिन चिन्तित हुन्छ स्वाभाविकरूपमा उसले शिक्षामा ध्यान दिन पाउँदैन। जो अशिक्षित छ, ऊ हरकुराको जानकारी पाउनबाट वञ्चित हुन्छ। यसरी जानकारी र अधिकारबाटै वञ्चित हुनुपरेपछि अरू सुविधा पाउने कुरै भएन। यसबाहेक स्वास्थ्य सुविधामा पनि उसको पहुँच पुग्ने कुरै भएन। न उसको राजनीतिमा पहुँच हुन्छ न त सामाजिक, आर्थिक, सांस्कृतिक पक्षमै। यस्तो अवस्थाले उसको गरिबीलाई झन् झन् बढाउँछ र जीवनलाई दु:खको आहालमा धकेल्छ। यसर्थ पनि अहिले देखिएको गरिबीको तथ्यांक निकै डरलाग्दो छ भन्न सोच्नै पर्दैन।

पञ्चायतकालमा केन्द्रीकृत शासन व्यवस्थाका कारण विकास र स्रोतका प्रतिफल सबैतिर पुग्न नसकेको साँचो हो। त्यसैले मुलुकले क्रमश: लोकतन्त्र र गणतन्त्र माग गर्‍यो। यस्तो माग स्रोतको विकेन्द्रीकरणका लागि थियो जुन सबै क्षेत्र, भूगोल, वर्ग, समुदाय, वर्ण, लिंग, जात, समुदाय आदिको जीवन स्तरमा सुधार ल्याउने अपेक्षासँग जोडिएको थियो। तर लोकतन्त्र हुँदै मुलुक गणतन्त्रमा गइसकेपछि पनि विकासको प्रतिफल सबै ठाउँमा समानरूपमा पुग्न सकेको रहेनछ भन्ने माथिको तथ्यांकले देखाएको छ। खासमा यो तथ्यांक यही वास्तविकता महसुस गरेर अघि बढ्नका लागि गतिलो पाठसमेत बन्न सक्छ।

कुशासन र अपारदर्शिता तथा यिनैको जगमा मौलाएको भ्रष्टाचार गरिब परिवार बढ्नुको मुख्य कारण हो। शक्ति र पहुँचका आधारमा स्रोतलाई केही ठाउँविशेष, व्यक्तिविशेष, जिल्लाविशेष, सहर/गाउँ/टोलविशेष बनाइनुको नतिजा पनि हो यो अवस्था। जसले गणतन्त्र र संघीयताको मर्मलाई सोझै खिल्ली उडाइरहेका छन्। त्यसैले अहिले जुन तथ्यांक सार्वजनिक भएको छ, त्यसलाई आत्मसात गरेर अघि नबढ्ने हो भने धनी र गरिबबिचको खाडल अझै बढ्ने निश्चित छ। यो यथार्थ मनन गर्न जति ढिला भयो हामी गरिब उत्पादनका लागि उति नै ऊर्बर बन्दै जानेमा शंका छैन।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
यो पनि पढौँ
वर्षा, विनाश र पूर्वतयारी
वर्षा, विनाश र पूर्वतयारी
नागरिक नागरिक • · १९ जेष्ठ २०८२ · ३ मिनेट पाठ
अनुदानमा अनियमितता
नागरिक नागरिक • · १२ जेष्ठ २०८२ · ३ मिनेट पाठ
किसानमारा संस्थान
नागरिक नागरिक • · ३० वैशाख २०८२ · ३ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस