सूचना प्रविधि क्षेत्रमा जाग्यो उत्साह
२० माघ २०८१
•
४ मिनेट पाठ
सूचना प्रविधि क्षेत्रमा जाग्यो उत्साह
सूचना प्रविधिको विकासले ल्याएको अवसर उपयोग गरेर सूचना प्रविधि (आइटी) निर्यात गर्न निजी क्षेत्र उत्साहित देखिएको छ। सरकारले सूचना प्रविधिलाई प्रोत्साहन गर्ने गरी कानुनी आधार तयार गरेपछि निजी क्षेत्रले आइटीबाट खर्बौं आम्दानी गर्न सकिने बताएको छ।




इन्टरनेटको पहुँच, प्रविधिको विकाससँगै नेपालमा आइटी क्षेत्रमा अवसर बढ्दै गएको छ। हरेक क्षेत्रमा डिजिटलाइजेसन हुँदै गएपछि स्वदेशमा मात्र प्रयोग गर्ने नभएर अर्बौं रुपैयाँको आइटी सेवा विदेश निर्यात हुन थालेको अवस्थामा सरकारले आवश्यक वातावरण बनाउँदै लगेको छ।

अध्यादेशमार्फत सरकारले आइटी क्षेत्रलाई प्रोत्साहित गर्ने नीतिले उत्साहित बनाएको नेपाल उद्योग परिसंघ आइटी काउन्सिलका अध्यक्ष अजितविक्रम शाहले बताए। नेपालबाट वार्षिक करिब एक अर्ब डलरको आइटी सेवा निर्यात भइरहेको अवस्थामा अब सरकारी लक्ष्य पूरा गर्न थप टेवा पुग्ने शाहले बताए।

‘आइटी सेवा प्रवाहका लागि विदेशमा पनि शाखा कार्यालय खोल्न सकिने कानुनी व्यवस्था भएको छ,’ शाहले भने, ‘नेपालबाट सूचना प्रविधिको विदेशमा मार्केटिङ र निर्यातमा ठुलो टेवा पुग्छ।’

सरकारी लक्ष्य पूरा गर्न सघाउ पुग्ने शाहले बताए। नेपाली कम्पनीले विदेशमा आइटीको मार्केटिङ गरेर काम गर्न सहज हुने उनले बताए।

आइटी अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको छ। पर्यटन क्षेत्रलाई पनि आइटीले उछिनिसकेको छ। नेपालको आइटी क्षेत्रमा धेरै अवसर बढेको इनोभेटिभ नेपाल (आइएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले बताए।

‘नेपालले आइटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिन्छ,’ नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा बुढाथोकीले भनेका थिए। ‘आइटीका उद्यमीहरूले अब विद्यार्थीलाई आइटी पढाउन उत्प्रेरित गर्नुपर्छ,’ उनले भने, ‘अब हरेक आइटी कलेजहरूमा कोटा  नछुट्याई सहजै आइटी पढ्न सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ।’

सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडिएस) ले गरेको एक अध्ययनमा करिब ६८ अर्ब रूपैयाँको औपचारिक रूपमा निर्यात भएको देखिए पनि अनौपचारिकसहित अहिले दोब्बर बढेको यो क्षेत्रका सरोकारवाला बताउँछन्।

आइटी सेवाअन्तर्गत कम्युटर, इन्टरनेट प्रयोग गरेर हुने सूचना प्रविधिसँग सम्बन्धित सेवा बुझिन्छ। कम्युटर तथा इन्टरनेटसँग सम्बन्धित भएर हार्डवेयर, सफ्टवेयर निर्माण, ग्राफिक डिजाइनिङ, एनिमेसन, टेलिमेडिसिन सेवा, अनलाइन मार्केटिङलगायत काम आइटी सेवामा पर्छन्।

विभिन्न कम्पनीले संस्थागत तथा व्यक्तिगत रूपमा पनि यो सेवा निर्यात गर्दै आएका छन्। विश्वबजारमा अहिलेको सबैभन्दा धेरै माग भएको क्षेत्र सूचना प्रविधि हो। सबै काम इन्टरनेटको सहायतामा अनलाइनमार्फत हुन थालेपछि यसको माग ह्वात्तै बढेको हो। कोभिडपछि धेरैले अनलाइनबाट काम गर्न थालेपछि आइटीको अवसर बढेको हो। कतिपयले नेपालमै बसेर अमेरिका, भारत, चीन, अस्ट्रेलिया, क्यानडा, युरोपमा आइटीको सेवा दिँदै आएका छन्।

आइटीमा सिप भएका युवाले नेपालमा बसेर लाखौं रूपैयाँ आम्दानी गर्न सक्ने यस क्षेत्रका जानकार बताउँछन्। सूचना प्रविधिमा अवसर देखेर सरकारले चालु आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणा गरेको छ। सरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा १० वर्षमा ३० खर्ब रूपैयाँको निर्यात र १५ लाखलाई रोजगारी दिने लक्ष्य राखेको छ।

यसरी हेर्दा वार्षिक तीन खर्ब रूपैयाँको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य देखिन्छ। ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौं उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालन गर्ने घोषणा पनि सरकारले गरेको छ।

नेपालमा आइटी क्षेत्रबाटै रोजगार सुनिश्चित गर्न सकिने आधार सिर्जना गर्न सरकार सक्रिय रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने दाबी गरे। ‘आइटी क्षेत्र बलियो बनाउन पूर्वाधार निर्माण र नीतिगत काम मन्त्रालयले गरिरहेको छ,’ चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा मन्त्री गुरुङले भने, ‘डिजिटल नेपाल अभियानलाई जोड दिइ अर्थतन्त्रमा ५ प्रतिशत योगदान पुर्‍याउने सरकारको दीर्घकालीन लक्ष्य छ।’

यसै वर्षभित्र नेसनल पार्क, आइटी पार्कलगायत आइटी क्षेत्रको पूर्वाधार निर्माण गरिनेछ। सरकारले ल्याएको अध्ययादेशले व्यवसायीमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्ने मन्त्री गुरुङको दाबी छ।

कम्तीमा प्रत्येक प्रदेश समेटिने गरी १० वटा सूचना प्रविधि पार्क बनाउने सरकारी योजना छ। डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र इनोभेसनको प्रवद्र्धन, रोजगारीको सिर्जना, डिजिटल सुशासनका लागि सरकारले काम गर्न सुरुआत गरेको छ।

सन् २०२२ मा सन् २०२१ को भन्दा सूचना प्रविधि सेवा निर्यात ६४.२ प्रतिशतले वृद्धि भएको थियो। विश्व बजारमा हेरक वर्ष आइटीको माग बढ्दै गएको छ। एक अध्ययनअनुसार नेपालबाट एक सय ६ कम्पनीले औपचारिक रूपमा आइटी सेवा निर्यात गरिरहेको देखाएको थियो। नेपालमा करिब ८० हजार जनाले आइटी क्षेत्रमा काम गर्दै आएका छन्।  
अर्को समाचार
सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’ कायमै, आफ्नो पीडा कसलाई सुनाउनु!
२७ असोज २०८१
•
४ मिनेट पाठ
सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’ कायमै, आफ्नो पीडा कसलाई सुनाउनु!
म्याग्दीको बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन्।




गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पुर्‍याउन डाँडा उक्लिहाल्छन्। सदरमुकामसँगै जोडिएकाले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन। गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियो लगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याईनभ्याई छ।

उनी विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउन कटुवाल कराउँछन्। यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउने जिम्मा उनकै छ। म्याग्दीका ६ वटै स्थानीय तहका प्रायः सबै गाउँमा अझै पनि कटुवाल प्रथा कायमै छ। सञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीरण गर्दै लैजानेतर्फ भने कसैको पनि ध्यान पुग्न नसकेको पत्रकार हरिकृष्ण गौतमको भनाइ छ।

यसरी परम्परागत प्रथा जोगाउन महत्त्वपूर्ण भूमिका खेले पनि उनीहरूको पारिश्रमिक भने न्यून छ। बगरफाँटमा एक सय ९७ घरधुरी छन्। तीमध्ये बसाइँसराइका कारण कैयौं घर खाली छन्, कतिपय घरमा गाउँ बाहिरबाट आएका मानिस भाडामा बसेका छन्। बसोबास गर्नेहरूबाट विकले वर्षभरको ज्याला प्रतिघर दुई पाथी अन्न मात्र पाउँछन्। यसले जीविका धान्न मुस्किल भइरहेको उनको गुनासो छ।

“बाबुबाजेले गर्दै आएको पेसा धान्नका लागि अरू काममा ध्यानै दिइएन। यसैलाई निरन्तरता दिन आफ्नो सम्पूर्ण समय खर्चियो। गाउँमा अन्य पेसा र विकल्प पनि भएनन् तर कटुवाल कराउने काम गरेर जीवन धान्न सकिएन”, विकले भने।

कटुवाल दिलबहादुर दमाईको पनि यस्तै गुनासो छ। २० वर्षदेखि कटुवालको काम गर्दै आएका उनले दैनिकजसो बस्ती नजिकैको डाँडामा आफ्नो कर्नाल फुक्दै चिच्याएर थरीथरीका सूचना सुनाउँछन्। दसैँको बेला त झन् व्यस्तता बढ्छ। दसैँमा गाउँघरमा बाटो सफाइ गर्नेदेखि मदिरा सेवन नगर्न, कोतघरको पूजा, वडा कार्यालयबाट आउने सूचनाहरू बस्तीसम्म पुर्‍याउन दिलबहादुरलाई भ्याईनभ्याई हुन्छ।

“सुन हो गाउँले हो, दसैँको बेलामा आफ्नो बाटोघाटो सरसफाइ गरेर बस्नुहोस्।

कसैले रक्सी नखानुहोला, नबेच्नुहोला, रक्सी खाएर होहल्ला नगर्नुहोला।”

एकाबिहानै यस्तायस्तै सूचना बोकेर अग्लो डाँडामा गएर कराउनु उनको काम हो। सामाजिक सुरक्षाभत्ता, पूजाआजा, विभिन्न भेला, कार्यक्रम तथा बैठक, सुखदुःखका कुरा घरघरमा पुर्‍याउन थालेको पनि उनकाे दुई दशक बितिसकेको छ। उनले ज्यालामजदुरीसँगै कटुवाल पेशालाई निरन्तरता दिँदै आएको बताए। “सूचना हुँदा भोकै घरबाट निस्किन्छु, पूरै गाउँ डुलेर सूचना भन्दा भन्दै जहाँ पाइन्छ त्यही खान्छु” दिलबहादुरले भने,“केही सूचना नभएको दिन जे पाउँछ त्यही ज्याला मजदुरीमा काम गर्छु।”

आफ्नो पीडा कसलाई सुनाउनु!

गाउँलेलाई सूचना र खबर सुनाउने दमाईले आफ्नो पीडा सुनाउने ठाउँ भने कतै नपाएको बताए। “पीडाको पहाडले मलाई थिचेको छ। एक मात्रै छोराको उपचारको क्रममा मृत्युपछि अपाङ्गता भएकी श्रीमती र दुई नातिलाई बिहानबेलुकी ‘हातमुख जोड्ने’ खर्च जुटाउनेदेखि आफ्नो नियमित जिम्मेवारी पूरा गर्नैपर्छ। छोराको उपचारमा लागेको ऋण अहिलेसम्म तिर्न सकेको छैन। कहिलेकाहीं त पेटभरि खाने अन्न पनि हुँदैन”, दिलबहादुरले दुःखेसो पोखे,“एक्लो कमाइले श्रीमती, दुई नातिलाई पेटभरि खान समेत पुग्दैन। कटुवाल कराएबापत समुदायस्तरबाट आउने खाद्यान्न नपुगेपछि सहयोग माग्दै हिड्ने गरेको छु।”

उनले गाउँलेका सूचना दिने कर्ममा लागेको मान्छेले आफ्नै सूचना सुनाउने ठाउँ नपाउँदा खिन्न हुने गरेको सुनाए। “एउटा नातिको आँखामा समस्या छ, उपचारका लागि पैसा छैन। अरूले जस्तै राम्रो लाउने र मिठो खाने चाहना राख्छन् तर आफ्नो कमाइले पुग्दैन”, दिलबहादुरले भने।

कटुवाल पेसाले परिवारको गुजारा जसोतसो चले पनि नातिको शिक्षादीक्षा, उपचारमा सहयोगको खोजीमा रहेको उनको भनाइ छ।

उनीलगायत लामो समयदेखि कटुवालको काम गर्दै आएका यहाँका सबैजसोलाई आजभोलि अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ। आफ्नो कामबापत आउने अन्नबालीको सट्टा पैसा दिएमा छोराको उपचारमा लागेको ऋण तिर्ने र नातिको उपचार गर्न सहज हुने दिलबहादुर बताउँछन्।

बेनी नगरपालिका-९ का वडा अध्यक्ष चक्र केसी दिलबहादुरको इमानदारी र सूचना प्रवाह गर्ने भूमिकाको तारिफ गर्छन्। “उहाँलाई सूचना प्रवाहमा सहज बनाउने छौं। वडाबाट सक्ने सहयोग गरिएको छ, अझै पनि थप प्रोत्साहन गछौँ”,  वडाध्यक्ष केसीले भने।

कटुवालको सहजताका लागि हाते माइकको व्यवस्था गर्नसमेत माग गरिएको छ। “बेनीसहित सबै गाउँपालिकामा अझै कटुवाल प्रथा कायम नै छ। त्यसैले सूचना प्रवाहमा सहजता ल्याउन प्रविधि सहयोग र यस काममा लागेका हामीहरूको जीविकोपार्जनलाई ध्यानमा राखेर आवश्यक काम गर्न हाम्रो आग्रह छ”, कटुवाल विकले भने।  
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस