ताप्लेजुङको काबेली खोलाबाट उत्पादित ३४ मेगावाट विद्युत् करिब डेढ महिना भित्रमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।
काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा उत्पादित २१.९३ मेगावाट क्षमताको काबेली —३ क्यासकेट जलविद्युत आयोजना र हिलटन हाइड्रो इनर्जी लिमिटेडद्वारा उत्पादित १२ मेगावाट क्षमताको जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो।
आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले बाँकी कार्यमा कुनै अवरोध नआए अब बढीमा डेढ महिना भित्रमा दुबै आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने अवस्था आएको जानकारी दिए।
‘निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, बाँकी कार्यमा समेत अवरोध नआए अब विद्युत्को व्यवसायिक उत्पादनका लागि प्रकृया आरम्भ हुने छ’उनले भने । ढुङ्गानाका अनुसार हिलटन हाइड्रो इनर्जीद्वारा उत्पादित विद्युत्को व्यवसायिक उत्पादनका लागि करिब महिना दिन र काबेली —३ क्यासकेट जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युतका लागि करिब डेढ महिना लाग्न सक्ने छ।