एक हजार नेपाली कामदार आजदेखि इजरायल जाँदै
०६ फागुन २०८१
•
४ मिनेट पाठ
एक हजार नेपाली कामदार आजदेखि इजरायल जाँदै
सुरक्षा, परिश्रम र सेवा–सुविधाका हिसाबले आकर्षक मानिने इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) मा एक हजार जना नेपाली पहिलो समूहका रूपमा छिट्टै इजरायल प्रस्थान गर्ने भएका छन्। जसमा मंगलबार (फागुन ६ गते) बाट १३ जना नेपाली कामदार केयरगिभरका रूपमा इजरायल जाने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।




इजरायल जाने पहिलो एक सय कामदारको भिसा प्रक्रिया पूरा भइसकेको र बाँकी कामदारको प्रक्रिया पनि क्रमशः अगाडि बढिरहेको नेपालस्थित इजरायली दूतावासले जानकार गराएको हो। जसमा १३ जना नेपाली कामदार मंगलबार जान लागेका छन्। गत अगस्तमा इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा आप्रवासन प्राधिकरण कार्यालयमा आयोजित एक लाइभ लटरी प्रक्रियामार्फत एक हजार १५६ महिला र ९५६ पुरुषसहित कुल दुई हजार ११२ जना चयन गरिएका थिए। बाँकी रहेका एक हजार ११२ जना कामदारको भिसा प्रक्रिया अगाडि बढाइएको हो। यी कामदारहरू इजरायलका दीर्घकालीन हेरचाह (ज्येष्ठ नागरिक गृह तथा वृद्ध हेरचाह) केन्द्रमा काम गर्नेछन्। 

यो प्रक्रिया नेपाल र इजरायल सरकारबीच सन् २०२० मा हस्ताक्षर भएको ‘जिटुजी’ सम्झौताअनुसार अगाडि बढाइएको दूतावासले जनाएको हो। नेपाल र इजरायलबिचको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो। यसमा निजी क्षेत्रको संलग्नता छैन। वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार पहिलो चरणमा एक हजार जना पठाएपछि दोस्रो चरणमा बाँकी रहेकालाई लगिनेछ। 

‘भोलिबाटै पहिलो चरणका एक हजार जना नेपाली श्रमिकमध्ये १३ जना इजरायल जाने भएका छन्,’ उनले नागरिकसँग भने, ‘इजरायलले जति बेला ज–जसको भिसा पठाउँछ, त्यति बेला नै नेपाली श्रमिक पालैपालो इजरायल जानेछन्। एक हजार जना नेपाली श्रमिक सबैको छिट्टै भिसा आउनेछ।’ दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेहरू सुरक्षित रहेकाले नेपाली श्रमिक रोक्नुको अर्थ नभएको सुवेदीले बताए। ‘इजरायलमा नेपाली श्रमिकलाई धेरै राम्रो छ,’ उनले भने, ‘विभिन्न देशबाट विना स्वीकृत काम गर्न कामदार नेपाल आउने गरेका छन्। तर, इजरायलमा जिटुजीमार्फत नै श्रमिक जाँदा कुनै पनि जटिल असर हुँदैन। इजरायलमा बेलाबखत लडाइँ भए पनि हाम्रा श्रमिकहरू घरभित्र तथा स्याहार केन्द्रभित्र रहेर काम गर्ने हुँदा धेरै सुरक्षित छन्।’

नेपालले वर्षौंदेखि इजरायलमा केयरगिभरका रूपमा कामदार पठाउँदै आएको छ। प्रायः नेपाली त्यहाँका ज्येष्ठ नागरिकको स्याहारका लागि जाने गरेका छन्। युद्धका कारण अवरोध हुनुअघि कोभिड महामारीका बेला पनि त्यस्ता कामदार पठाउने प्रक्रिया रोकिएको थियो। भाषा तथा दक्षतालगायत परीक्षण पूरा गरेका नेपाली कामदारलाई सरकारले इजरायल जान अनुमति दिएको छ।

‘इजरायलमा कार्यरत श्रमिक र स्थानीय नागरिकले पाउने सेवासुविधामा कुनै विभेद छैन,’ सुवेदीले नागरिकसँग भने, ‘दुई देशबिच सरकारी संयन्त्रमार्फत गरिने भर्ना प्रक्रिया दुवै देशका लागि फाइदाजनक छ।’ इजरायल सरकारी सूचनामा जनाइएअनुसार इजरायल जाने कामदारले त्यहाँको नियमानुसार साताको ६ दिन कुल ४२ घण्टा काम गर्नुपर्ने हुन्छ। त्यसबाहेक अतिरिक्त समय काम गर्दा इजरायलको सरकारी नियमानुसार उनीहरूले थप पारिश्रमिक पाउने व्यवस्था छ। साथै सुरुमा एक वर्षको करारमा जाने कामदारले त्यो अवधि थप गर्न सक्छन् र अधिकतम पाँच वर्षसम्म काम गर्न पाउने सूचनामा उल्लेख गरिएको छ। नेपाली कामदारले मासिक तलब नेपाली मुद्रामा दुई लाख रूपैयाँ हाराहारीमा र केहीले काम गरेको समयावधि बढी भएकाले त्योभन्दा बढी पाउने गरेका छन्। इजरायल नेपालीका लागि आकर्षक गन्तव्य मुलुक हो।

तर सुरक्षित र पारिश्रमिक तथा सेवा–सुविधाका हिसाबले आकर्षक मानिने इजरायलमा अपेक्षाअनुसार नेपाली श्रमिक जान पाएका छैनन्। विभागका सूचना अधिकारी सुवेदीका अनुसार ९० प्रतिशत नेपाली जोखिमपूर्ण तथा न्यून पारिश्रमिक पाउने खाडी तथा मलेसियालगायत मुलुक पुग्छन्। इजरायलले गत असोजमा गोलाप्रथाबाट श्रमिकको नाम छनोट गरेको थियो। योग्यता पुगेका तीन हजार ४६१ जनामध्ये गोलाप्रथाबाट दुई हजार ११२ जना छानिएका थिए। तर, इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाहबीचको लडाइँले तनाव बढेपछि कामदार पठाउने प्रक्रिया स्थगित भएको थियो। इजरायल र हिजबुल्लाहबिच युद्धविराम भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयको सहमतिमा भर्ना प्रक्रिया अगाडि बढाएको थियो। 

इजरायल पुगेका अधिकांश नेपाली श्रमिक आफू सुरक्षित रहेको बताउँदै आएका छन्। पछिल्लो समय विदेशी श्रमिक ल्याउने जिम्मेवारी पाएको इजरायलको जनसंख्या अध्यागमन तथा सीमा प्राधिकरण (पिवा) ले नेपालले लामो समयसम्म श्रमिक भर्ना रोक्ने भए विकल्प हेर्ने बताउन थालेको थियो। पिवाले कृषि क्षेत्रका लागि भने भारत र श्रीलंकाबाट श्रमिक लगिरहेको छ। केयरगिभरमा भने नेपालीलाई नै प्राथमिकता दिँदै आएको पनि विभागका अधिकृतले जानकारी दिए।
अर्को समाचार
प्यालेस्टिनी राज्यलाई मान्यता दिने म्याक्रोनको घोषणाको इजरायलद्वारा निन्दा
०९ साउन २०८२
•
१ मिनेट पाठ
प्यालेस्टिनी राज्यलाई मान्यता दिने म्याक्रोनको घोषणाको इजरायलद्वारा निन्दा
फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने म्याक्रोनको  घोषणाको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले निन्दा गरेको छ। ‘यस्तो कदमले आतङ्कवादलाई पुरस्कृत गर्छ र गाजा जस्तै अर्को इरानी प्रतिनिधि सिर्जना गर्ने जोखिम बढाउँछ,’नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमा भनेको छ,’ यस्तो अवस्थामा प्यालेस्टिनी राज्य इजरायललाई ध्वस्त पार्ने एउटा अर्को  माध्यम हुने छ।’ 




त्यस्तै इजरायली रक्षामन्त्री इजरायल काट्जले यो कदमलाई ‘अपमानजनक र आतंकवादप्रति आत्मसमर्पण’ भनेका छन्।‘ हामी हाम्रो सुरक्षालाई हानि पुर्याउने, हाम्रो अस्तित्वलाई खतरामा पार्ने र इजरायलको भूमिमा हाम्रो ऐतिहासिक अधिकारलाई कमजोर पार्ने प्यालेस्टिनी अस्तित्वको स्थापना हुन दिने छैनौँ,’ उनले भने।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभामा घोषणा गर्दै फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने बताएका छन्। ‘मध्यपूर्वमा न्यायपूर्ण र दीर्घकालीन शान्तिप्रति आफ्नो ऐतिहासिक प्रतिबद्धतामा दृढ रहँदै, मैले निर्णय गरेको छु कि फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछ,’  म्याक्रोनले सामाजिक सञ्जाल एक्स  मा लेखेका छन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस