लम्पी स्किनबाट गत वर्ष पौने खर्बको क्षति
०६ फागुन २०८१
•
३ मिनेट पाठ
लम्पी स्किनबाट गत वर्ष पौने खर्बको क्षति
पशुमा लाग्ने लम्पी स्किनबाट नेपालले गत वर्ष करिब पौने खर्ब रूपैयाँको क्षति व्यहोरिरहेको अवस्थामा सरकारले यो वर्ष क्षति हुन नदिन करिब १४ लाख डोज खोप किसानलाई निःशुल्क वितरण गर्ने भएको छ। समयमा उपचार नहुँदा गत वर्ष नेपाली किसानले ठूलो क्षति व्यहोर्नु परिरहेकाले यो वर्ष पशुलाई निःशुल्क खोप दिन लागिएको हो।




पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सरकारले तयारी गरिरहेको पशु सेवा विभागका प्रवक्ता डा. सुधिरकुमार सिंहले बताए। ‘यो वर्ष १४ लाख डोज खोप पशुलाई लगाउने योजना बनाएका छौं,’ सिंहले भने, ‘गत वर्ष जस्तो क्षति नहोस् भनेर सतर्क छौं।’ लम्पी स्किन सुरु भएको एक वर्ष पुग्नै लाग्दा रोग पुनः दोहोरिने सम्भावना भएकाले सरकारले यस्तो तयारी गरेको हो।

नेपाल पशु चिकित्सा परिषद्को रिपोर्ट अनुसार गत वर्ष लम्पी स्किनका कारण करिब ७६ अर्ब रूपैयाँको क्षति भएको थियो। पशुसेवा विभागका अनुसार गत वर्ष ६५ हजार चार सय पशुको लम्पी स्किनकै कारण मृत्यु भएको थियो। लम्पी स्किन संक्रमित हुने पशुको संख्या १५ लाख ३६ हजार पुगेको थियो। त्यसले किसानलाई करिब ७६ अर्ब रूपैयाँ क्षति भएको थियो।

रोग नलाग्ने खोप लगायो भने कम क्षति हुने नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीका अनुसार बजारमा विभिन्न प्रकारका औषधी रहेका छन् गत वर्ष फागुन, चैतमा लम्पी स्किनको प्रकोप फैलिएको थियो। चैतदेखि लामखुट्टे, झिँगालगायत बढ्ने हुँदा यो समयमा फैलिने जोखिम हुन्छ।

पशुमा लाग्ने लम्पी स्किन रोगबाट पशु संक्रमित भएपछि दुध उत्पादन तथा मासु उत्पादन घट्ने, प्रजननमा समस्या आउने, अतिरिक्त दाना खुवाउनुपर्ने, गाई, भैंसी तुहिने, बेतान्तर लगायतका समस्या सिर्जना हुने परिषद्का उपाध्यक्ष शाहीले बताए। यो रोगबारे पूर्व सतर्कता नअपनाए आर्थिक रूपमा किसानलाई ठूलो क्षति हुन्छ। मृत्यु मात्र नभएर संक्रमित हुँदा पनि किसानले क्षति व्यहोर्नु पर्छ। 

एउटा दुध दिने भैंसी लम्पी स्किनबाट संक्रमित हुँदा ४९ हजार एक सय ३५ रूपैयाँ नोक्सान हुने पशु चिकित्सक बताउँछन्। ७७ वटै जिल्लामा गत वर्ष संक्रमण भएको थियो । लामखुट्टे, झिँगा, किर्ना आदिको टोकाइबाट यो रोग एक पशुबाट अर्कोमा सर्छ। संक्रमित पशुको लसपसबाट पनि यो रोग एकअर्कामा सर्ने पशु चिकित्सक बताउँछन्। ज्वरो आए औषधि खुवाउन, गिर्खा फुटेको घाउमा मलम लगाउन र आराम गराउँदै रुचि अनुसारको दानापानी खुवाउन पशुचिकित्सकले सुझाव दिएका छन्।

लम्पी स्किन गाई/भैंसीमा भाइरसको कारण लाग्ने महामारी हो। पशु चिकित्सकका अनुसार पशुमा देखिएको यो एक प्रकारको भाइरस हो। यो सरुवा रोग हो। यो रोग भैंसीभन्दा पनि गाईगोरुमा बढी देखिन्छ। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दुध उत्पादन घट्ने, छालामा गोलो गिर्खा/गाँठाहरू देखिने, र्‍याल, सिँगान बग्ने, कचेरा लाग्ने, खुट्टा/जोर्नी सुन्निने जस्ता लक्षण देखिन्छन्। यस रोगले मुख्यतया बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दुध दिने दुधालु र गर्भिणी गाइभैंसीमा असर गर्छ।

लामखुट्टे, भुसुना, झिँगा, डाँस, किर्ना लगायतका टोक्ने किराले यो रोग सार्ने भएकाले गोठ सफा राख्न, गोठ वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ निःसंक्रमण गर्न मन्त्रालयले किसानलाई अनुरोध गर्दै आएको छ। संक्रमित पशुहरूलाई बथानबाट छुट्याइ राख्न, रोगी पशुहरूको ओसारपसार बन्द गर्न, बिरामी पशुको स्याहारसुसारमा विशेष ध्यान दिन पशुचिकित्सकको सुझाव छ। 

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो। केही समयसम्म त्यो अफ्रिकाको सब–सहारा क्षेत्रमा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एसियासम्म फैलियो। राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्लादेश, चीन र भारतमा लम्पी स्किन देखापरेको थियो। पशुसेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ साल साउनमा पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो। त्यसपछि विस्तारै फैलिँदै महामारीको रूप लिएर मुलुकभर फैलिएको थियो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस