मुलुकको वैदेशिक व्यापारमा सुधार आएको छ। पछिल्ला महिनामा आयात, निर्यात व्यापारमा ह्वात्तै वृद्धि भएको छ। बजारमा उपभोग ठप्प भएर रोकिएको ब्यापार क्रमशः बढ्दै जाँदा गत वर्षको तुलनामा वैदेशिक व्यापार एक खर्ब ३१ अर्ब रूपैयाँले बढेको छ।
गत वर्षको तुलनामा निर्यात व्यापारमा साढे ४६ प्रतिशतले वृद्धि भएको छ भने आयात १०.९ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।
विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार कुल वैदेशिक व्यापारमा १३.३० प्रतिशतले सुधार आएको छ। चालु आवको सात महिनामा वैदेशिक व्यापार एक अर्ब ३१ अर्बले बढेको छ।
गत वर्षको माघ मसान्तसम्ममा नौ खर्ब ८४ अर्ब ७७ करोड रूपैयाँ बराबरको वस्तु व्यापार भएकोमा यस वर्षको सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड रूपैयाँको वस्तु व्यापार भएको छ। नेपालबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ। मुलुकभित्र इन्धनको स्रोत नभएकाले डिजेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास भारतबाट आयात हुन्छ। विद्युतीय सवारी साधनको प्रयोग बढे पनि पेट्रोलियम पदार्थ आयात पनि पहिलो स्थानमा छ। सात महिनाको अवधिमा एक खर्ब ५० अर्ब रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। भन्सार विभागका अनुसार ६६ अर्ब रूपैयाँको डिजेल, ३७ अर्ब रूपैयाँको पेट्रोल ३५ अर्ब रूपैयाँको ग्यास र ११ अर्ब रूपैयाँको हवाई इन्धन आयात भएको छ।
स्वदेशमा उत्पादन हुने वस्तुसमेत विदेशबाट आयात भइरहेको छ। सात महिनामा करिब दुई खर्ब रूपैयाँभन्दा बढीको कृषिजन्य वस्तु विदेशबाट आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। यो अवधिमा ६६ अर्ब २० करोड रूपैयाँबराबरको जनावर र वनस्पतिजन्य बोसो र तेल आयात भएको छ।
३६ अर्ब ३५ करोड रूपैयाँबराबरको खाद्यान्न आायत भएको छ । २५ अर्बको तरकारी, पाँच अर्ब ४८ करोड रूपैयाँको आलु, दुई अर्ब १३ करोडको प्याज, ६ अर्ब ८१ करोडको लसुन, तीन अर्ब ९७ करोडको दाल, १२ अर्ब ३२ करोडको फलफूल, १६ अर्ब ४२ करोडको कृषिजन्य औद्योगिक कच्चा पदार्थ, पाँच अर्ब ४९ करोडको चिया, कफी, दुई अर्ब ६१ करोडको चिनी तथा चिनीजन्य कन्फेक्सनरी आयात भएको विभागले जनाएको छ।
सात महिनामा मुलुकको व्यापार घाटा आठ खर्ब ६१ अर्ब ३८ करोड रूपैयाँ रहेको छ। सरकारले स्वदेशमा खपत हुने वस्तुको उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउँदै लैजाने बताउँदै आए पनि व्यापार घाटा ठूलो छ। करिब एक सयभन्दा बढी मुलुकसँग व्यापार घाटा छ। भौगोलिक सीमा जोडिएका छिमेकी मुलुक भारत र चीनसँग सबैभन्दा धेरै व्यापार घाटा रहेको छ।
सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापारमा उत्साह आउन सकेको छैन। स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवद्र्धनका लागि निजीक्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन भए पनि प्रभावकारी नहुँदा ठूलो व्यापार घाटा छ।
सबैभन्दा धेरै आयात निर्यात वीरगञ्ज नाकाबाट भएको छ। बीरगन्जबाट तीन खर्ब ३४ अर्ब ६२ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ भने ४० अर्ब ३४ करोड रूपैयाँको निर्यात भएको छ। वीरगन्जबाट कुल आयातको ३३.८५ प्रतिशत र निर्यातको ३१.७२ प्रतिशत रहेको छ। दोस्रो ठूलो कारोबार हुनेमा भैरहवा भन्सार कार्यालय रहेको छ। भैरहवा नाकाबाट एक खर्ब ४४ अर्ब ७४ करोडरूपैयाँ बराबरको आयात र नौ अर्ब ६५ करोड रूपैयाँको निर्यात भएको छ। त्यसैगरी, बिराटनगर भन्सारबाट एक खर्ब १२ अर्ब १७ करोड रूपैयाँ बराबरको आयात र ३० अर्ब ८३ करोड रूपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।