निर्माणाधीन ‘राप्ती खानेपानी आयोजना’ले अझै पूर्णता पाएको छैन। नेपालगन्जबासीको तिर्खा मेट्ने उद्देश्यले निर्माण सुरु गरिएको यो ठूलो आयोजना हो तर विभिन्न विवाद, ठेकेदारको ढिलासुस्ती लगायतका कारण आयोजनाको कामले पूर्णता पाउन सकेको छैन।
तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा उक्त आयोजना स्वीकृत भएर काम अगाडि बढाइएको थियो। गर्मीयामको समयमा हरेक वर्ष नेपालगन्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थालेपछि आर्थिक वर्ष २०७४÷७५ बाट आयोजना निर्माणको काम अगाडि बढाइएको थियो।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजना निर्माण कार्य सुरु गरेको थियो।
कुल ३३ करोड रूपैयाँको लागतमा सम्पन्न हुने भनिएको उक्त आयोजनाका लागि सुरुका वर्षमा नेपालगन्ज उपमहानगरपालिकाको असहयोग र संस्थानको आन्तरिक ढिला सुस्तीले गर्दा काम अलपत्र परेको थियो। आयोजनाअन्तर्गत राप्ती नदीदेखी नेपालगन्जसम्म ‘डिआई’ पाइप बिछ्याई सकिएको छ।
नेपाल खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ डिआई पाइप बिछ्याउनमा सुरुका वर्षमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयको असहयोग भएका कारण काम अगाडि बढ्न सकेन। उपमहानगरपालिकाले सडक क्षेत्रमा पाइप बिछ्याउँदै धेरै क्षति हुने अनुमानका आधारमा स्वीकृति दिएन। अहिले भने राप्ती नदी किनारको जग्गा विवादका कारण काम अगाडि बढ्न नसकेको संस्था नेपालगन्जका प्रमुख श्रेष्ठले सुनाए। ‘पानीको मुहान भएको स्थान राप्ती नदीको छेउमा करिब १९ कट्ठा जग्गा अधिग्रहण गर्नुपर्नेछ, त्यो काम अहिलेसम्म अगाडि बढ्न नसक्दा आयोजनाको काम नै रोकिएको छ,’ उनले नागरिकसँग भने। आयोजनाको अहिलेसम्म पहिलो चरणको काम सकिए पनि दोस्रो चरणको काम अगाडि बढाउने क्रममा जग्गाको विवाद उत्पन्न भएको बताए।
पानीको मुहान क्षेत्रमा व्यक्तिको जग्गा परेपछि जग्गा धनीले अदालतमा मुद्दा हालेको र १९ कट्ठा जति जग्गा किन्नुपर्ने अवस्था देखिएको उनले सुनाए। प्रमुख श्रेष्ठले थपे, ‘नदीले काटेको जग्गा हो, हामीले नदीमा परेको जग्गामा आफ्नो हिसाबले संरचना बनाइहाल्यौं, अहिले जग्गा धनीले दाबी गरेर मुआब्जा मागिरहेका छन्।’
आयोजनाका लागि पाइप बिछ्याउने काम भने सकिएको संस्थानले जनाएको छ। कुल १६.८ किलोमिटर बराबरको क्षेत्रमा ‘डिआई’ पाइप बिछ्याउनुपर्ने सुरुको एस्टिमेट भए पनि फुलटेक्रादेखि बागेश्वरी पानी ट्यांकसम्मको दुई हजार नौ सय मिटर क्षेत्रमा पाइप बिछ्याउने काम भने स्थगित गरिएको छ।
श्रेष्ठले थपे, ‘यो क्षेत्रमा सडकको पिच भत्काएर पाइप बिछ्याउनुपर्ने भएपछि हामीलाई नेपालगन्ज उपमहानगरपालिकाले अनुमति नै दिएन, अहिले आएर हामीले त्यो क्षेत्रमा पाइप नबिछ्याएर विकल्पको रूपमा पुरैना खानेपानी आयोजनासम्म जोडेका छौं।’
एकातिर उपमहानगरपालिकाले पिच बाटो खनेर पाइप बिछ्याउन अनुमति नदिएको र अर्कोतिर भत्केको पिच पुनः कालोपत्रे गर्नलाई करिब तीन करोड रूपैयाँ लागत लाग्ने देखिएपछि विकल्प खोजिएको श्रेष्ठले प्रष्ट्याए। प्रमुख श्रेष्ठका अनुसार राप्ती खानेपानी आयोजनाका डिआई पाइप कारकाँदोस्थित खानेपानी ट्यांकीसम्म भने गतवर्ष नै पु¥याइसकिएको छ।
राप्तीबाट ल्याएको पानीलाई बागेश्वरी, कारकाँदो र आलानगरस्थित संस्थानको ओभरहेड ट्यांकबाट वितरण गर्ने यसअघि संस्थानको योजना थियो। अब बागेश्वरीमा नल्याएर कारकाँदो, आलानगर र पुरैनास्थित ओभरहेड ट्यांकबाट उपभोक्तालाई पानी वितरण गर्ने संस्थानको योजना छ।
खानेपानी आयोजनाको काम अहिलेसम्म करिब ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको संस्थानले जनाएको छ। पाइप लाइनका लागि कम्दीस्थित डुडुवा खोलामा ‘ट्रष्ट ब्रिज’ निर्माण गरिएको छ।
आयोजनाका लागि विद्युतीकरणको काम भने सम्पन्न भइसकेको छ। पानी शुद्धीकरण गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ पनि बनाउनुपर्ने काम पनि बाँकी रहेको प्रमुख श्रेष्ठले सुनाए। हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग हाल नेपालगन्ज क्षेत्रमा करिब ५ हजार उपभोक्ता आवद्ध रहेका छन्।