कृषि ऐन जारी गर्न किसानको माग
१३ फागुन २०८१
•
२ मिनेट पाठ
कृषि ऐन जारी गर्न किसानको माग
कोशी प्रदेशका किसानहरूले कृषि ऐन जारी गर्न माग गरेका छन् । मंगलबार विराटनगरमा आयोजित राष्ट्रिय कृषक समूह महासंघ नेपाल प्रथम कोशी प्रदेश परिषद् भेलामा सहभागि किसानहरूले यस्तो माग गरेका हुन् ।




भेलामा झापा बाह्रदशी ५ का किसान प्रेम पौडेलले किसानलाई राज्यले सहयोग नगरेको गुनासो गरे । उनले किसानका समस्यालाई वेवास्था गरेकै कारण स्थानिय तहदेखि संघ सरकारलेसमेत कृषि ऐन निर्माण नगरेको गुनासो गरे । उनले भने ‘सरकार किसानका समस्या समाधान गर्न तत्परै देखिंदैन । किसानका समस्या समाधान गर्न सरकार तत्पर नभएकै कारण तीनै तहका सरकारले कृषि ऐन निर्माण गरेका छैनन् ।’ 

कृषि स्थानिय तहको एकल अधिकार क्षेत्र भित्र पर्ने भए पनि स्थानिय  तहहरूले ७ वर्ष वितिसके पनि अझै कृषि सम्बन्धी कानुन निर्माण नगरेको उनले बताए । यति मात्रै हैन विभिन्न प्राकृतिक प्रकोपका कारण बालिनाली नष्ट हुने गरेको र प्रदेश तथा संघ सरकारले क्षतिपूर्ति दिने घोषणा गरे पनि त्यस्तो क्षतिपूर्ति किसानले नपाउने गरेको पौडेलको गुनासो छ । उनले तीन वर्ष पहिले कार्तिक महिनामा आएको बाढीले धानबालीमा ठूलो क्षति पुर्‍याए पनि सरकारले घोषणा गरेको क्षतिपूर्ति अझैसम्म किसानले पाउन नसकेको बताए । 

पाँचथर फिदिमकी किसान दिलकुमारी घिमिरे(ओझा)ले किसान एकातिर सरकार अर्कोतिर लागेका कारण किसानका समस्या समाधान हुन नसकेको बताइन् । उनले कृषि ऐन निर्माण गरी किसानलाई दिने सुविधा,सौलियत र अनुदानको  कानुनी रुपमै व्यवस्था गर्न माग गरिन् । उनले किसानलाई कार्ड देखि पेन्सन सम्मको व्यवस्था गरी कृषि क्षेत्रमा युवा पुस्तालाई पनि आकर्षित गर्नुपर्ने धारणा राखिन् । 

इलाम चुलाचुलीका किसान गंगा चापागाईले कृषिलाई व्यवसायीकरण नगरेसम्म र अर्नौपचारिक क्षेत्रका रुपमा रहे सम्म किसानका समस्या समाधान नहुने बताए । उनले इलामको चुलाचुली क्षेत्रमा सिमलतरुलको खेति प्रयाप्त हुने गरेको बताए । किसानले सिमलतरुल प्रयाप्त उत्पादन गरे पनि सिमलतरुलले बजार नपाउँदा किसानले प्रतिकिलो २० रुपैयाँमै बेच्नु परिरहेको गुनासो उनको छ ।

ताप्लेजुङका किसान भीमबहादुर गुरुङले अलैंची विकास वोर्ड गठन गर्न माग गरे । उनले ताप्लेजुङलगायत कोशी प्रदेशका पहाडी जिल्लाहरूमा धेरै अलैंची उत्पादन हुने भए पनि नेपालमै अलैची प्रशोधन नहुने हुँदा भारतले आफ्नो लोगो राखेर अन्तराष्ट्रिय बजारमा बिक्रि गरिरहेको उनको गुनासो छ । उनले अलैंची नेपालमै प्रशोधन र नेपालकै लागो राखेर अन्तराष्ट्रिय बजारमा पु¥याउने व्यवस्था गर्न सरकारसँग माग गरे ।

इलामका किसान राम मगरले किसानका माग सम्बोधन गर्न केन्द्रीय मन्त्रीलाई समेत २७ बुंदे ज्ञापनपत्र बुझाएको बताए । उनले उत्पादन बढाउने, बजारीकरण र व्यवसायीकरण गर्न आबश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरे । कोशी प्रदेश परिषद्को भेलाले किसानहरूका माग र समाधानका विषयलाई समेटेर विराटनगर घोषणापत्रसमेत जारी गरेको प्रदेश अध्यक्ष कुसुम दाहालले बताइन् ।
अर्को समाचार
संयुक्त किसान सघर्ष समितिको चेतावनीः भूमि बैंक खारेज नगरे सरकारविरुद्ध आन्दोलन
०४ जेष्ठ २०८२
•
२ मिनेट पाठ
संयुक्त किसान सघर्ष समितिको चेतावनीः भूमि बैंक खारेज नगरे सरकारविरुद्ध आन्दोलन
६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरु आबद्ध संयुक्त किसान सघर्ष समितिले भूमि बैंक खारेज नगरे र सरकारी उद्योगहरुको निजीकरण भएमा सशक्त किसान आन्दोलनको गर्ने चेतावनी दिएको छ ।




आइतबार पत्रकार सम्मेलन गरी भूमि बैंक ग्रामिण क्षेत्रका किसानहरुको जमिन खोसेर विदेशी बहुराष्ट्रिय कम्पनि र स्वदेशी दलाल पुँजीपतिहरुलाई सुम्पने किसान विरोधी षड्यन्त्र भएको बताउँदै त्यसको खारेजी गर्नु पर्ने बताए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष तथा संविधानसभा सदस्य चित्रबहादुर श्रेष्ठले ओली सरकारले भूमि बैंक र उद्योगहरुको निजीकरण गरे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए । श्रेष्ठले भूमि नेपालीहरुको बाँच्ने आधार मात्र नभई संस्कृति र गौरवको विषय भएकोले भूमि बैंकको विरुद्ध सबै मिलेर संघर्ष गर्नुपर्ने बताए ।

अखिल नेपाल किसान महासंघ (अन्फा)का इन्चार्ज बलराम बास्कोटाले वर्तमान एमाले–काँग्रेसको दुईतिहाईको गठबन्धन सरकार किसान विरोधी भएको दाबी गरे । बास्कोटाले केपी ओलीले किसानलाई धेरै जिस्क्याएमा उनले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

अखिल नेपाल किसा महासंघ (अप्फा) अध्यक्ष भैरवराज रेग्मी किसानको गुम्न लागेको अधिकार रक्षाका लागि संसददेखि सडकसम्म आन्दोलन चर्काउनु पर्ने धारणा राखे । ओली सरकारले कमिसनका लागि जल, जमिन र खनिजमाथि विदेशी हस्तक्षेप गराउन लगेको दाबी गरे ।

क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङले केपी शर्मा ओली नामको मात्रै कम्युनिस्ट भएको र जनविरोधी तथा किसान विरोधी भएको दाबी गर्दै ओली सरकारले देशका सबै स्रोत र साधन विदेशीलाई सम्पन लागेकोले किसान संघर्ष जरुरी भएको बताए ।

अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदीले किसानहरु देशका जीवनदायिनी शक्ति भएकोले उनीहरुको हकहित र अधिकारको रक्षा गर्नु सबैको दायित्व भएको बताए ।

प्रतिनिधीसभा सदस्य रणेन्द्र बराईलीले वर्तमान ओली सरकारले भूमि बैंकमार्फत किसानको जमिन दलालहरुलाई ९९ वर्षसम्मको लागि दिने र वनलाईसमेत निजीकरण गरेर कमिसनको लागि गरेर पूजीपतिहरुलाई दिने षड्यन्त्र गरिरहेको आरोप लगाए । बरालीले त्यसलाई संसदबाट प्रतिरोध गरिने प्रतिबद्धता जनाए ।

प्रतिनिधिसभा सदस्य मिना तामाङले संसदमा कृषि र किसानको हितमा बोल्दा पनि सरकारले नसुनेको दुःखेसो व्यक्त गरिन् । आफ्नो अधिकारका लागि किसानहरुले पनि शिक्षकहरुले जस्तै सडक नतताउँदासम्म न्याय नहुने ठोकुवा गरिन् ।

अखिल नेपाल किसान महासंघका संयोजक बलदेव चौधरीले ओली सरकारले मुखले 'समृद्ध नेपाल, सुखी नेपाली' भन्ने तर, व्यवहारले 'गरिव नेपाल, दुःखी नेपाली' बनाउन खोजेको आरोप लगाए । चौधरीले भूमि बैंक किसान विरोधी भएको दाबी गरे ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव नहेन्द्र खड्काले भूमि बैंक नवउदारवादी नीति अन्तरगतको कार्यक्रम भएकोले यसले किसानहरुको जमिन खोसेर दलाल पुँजीपतिहरुलाई सुम्पने र किसानहरुलाई आत्महत्या गर्न बाध्य पार्ने भएकाले यसलाई खारेज गर्नुपर्ने माग राखे । 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस