ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा निर्माण भएको १२ मेगावाट क्षमताको सुपर काबेली खोला जलविद्युत आयोजनाको बिद्युत बिहीबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
हिलटन हाइड्रो इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित सिरिजङ्गा गाउँपालिका वडा नं ६,७ र ८ भएर बग्ने काबेलीखोलाबाट निकालिएको विद्युत् पाँचथरस्थित अमरपुर सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
‘परीक्षण उत्पादन सुरु गरिएको छ’आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले भने। उनका अनुसार उत्पादित विद्युतलाई १३२ केभी प्रसारण लाइनमार्फत पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं.१ अमरपुरस्थित दुबीचौरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा समाहित गरिएको छ । निर्माण कार्य पूरा गर्न २०८१ साल चैत १० गते सम्मको अवधि रहेकोमा आयोजनाले प्राप्त अवधि भन्दा एक महिना अगावै विद्युत् उत्पादन गरी परीक्षण प्रसारण थालेको छ । २०७९ साल पुस २५ गतेबाट विद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको थियो ।
निर्माण कार्य सुरु गरेको साढे २५ महिनामै विद्युत् आयोजना पूरा गरेको सुपर काबेली खोला जलविद्युत आयोजनाले जनाएको छ। आयोजनाको कुल लागत २ अर्ब १४ करोड ३८ लाख २१ हजार रुपैयाँ रहेको थियो । आयोजनाको कुल लागतमध्ये २५ प्रतिशत स्वः पुँजी रहेको थियो भने बाँकी ७५ प्रतिशत एनएमबी बैंक लिमिटेडको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सहितका बैंक लागत साझेदार थिए ।
आयोजनाको इन्टेक सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनमा रहेको छ भने विद्युतगृह(पावर हाउस) सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमास्थित ओथाममा रहेको छ । हेडवक्र्स,पाइपलाइन,टनेल,भर्टिकल साफ्ट,सर्ज साफ्ट,बाइपास टनेल लगायतका संरचना निर्माण गरिएको सुपर काबेली खोला जलविद्युत आयोजनाले जनाएको छ ।