महिला उद्यमीले अब ट्रेडमार्क र लोगो पाउने
१९ फागुन २०८१
•
२ मिनेट पाठ
महिला उद्यमीले अब ट्रेडमार्क र लोगो पाउने
महिला उद्यमी महासंघ नेपालमा आवद्ध सदस्यहरुले अब पहिचानका लागि लोगो पाउने भएका छन् । देशैभर रहेका ५ हजार ५ सय दर्ता सदस्यलाई महासंघले म उद्यमी नामको लोगो र ट्रेडमार्क उपलब्ध गराउने भएको अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन् ।




सोमबार सिंहदरबारमा एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उक्त लोगो अध्यक्ष ज्ञवाली नेतृत्वको महासंघ प्रतिनिधिलाई हस्तान्तरण गरे । महासंघले उक्त लोगो चैतको १४ देखि १८ गतेसम्म काठमाडौंमा हुने आठौं अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेलामा काठमाडौंका सदस्यहरुबाट वितिरण सुरु गर्ने तयारी गरेको अध्यक्ष ज्ञवालीले जानकारी दिइन् । लोगो वितरण भएपछि देशैभर महासंघ आवद्ध महिला उद्यमीहरुको पहिचान हुने र उनीहरुको उत्पादनलाई प्रवर्द्धन र बजारिकरण गर्न सहज हुने ज्ञवालीको दाबी छ ।

सिंहदरबारमा लोगो हस्तान्तरण गर्दै मन्त्री भण्डारीले नेपालमा रहेका महिला उद्यमीहरुले उल्लेख्य काम गरिरहेको भन्दै प्रशंसा गरे । उत्पादित आफ्नो सामग्री स्थापित गराउन उद्यमीले संघर्ष गरिरहेको चर्चा गर्दै मन्त्री भण्डारीले महिला उद्यमीहरुले गरिरहेको काम जटिल र संघर्षपूर्ण रहेको उल्लेख गरे । 

सो अवसरमा महासंघ अध्यक्ष ज्ञवालीले आफ्नो उत्पादनलाई औपचारिक पहिचान दिलाउने ट्रेडमार्क र लोगो हस्तान्तरण कार्यक्रमले आत्मनिर्भरता र उद्यमशीलताको यो यात्रालाई थप उचाइमा पुयाउने विश्वास व्यक्त गरिन् । उनले भनिन्, 'यो ट्रेडमार्क र लोगो केवल एउटा चिन्ह मात्र होइन, यो महिला उद्यमीहरूको परिश्रम, सपना र समर्पणको प्रतीक हो। यसले हाम्रो उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न मद्दत गर्नेछ, जसले नेपालकै आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।'

महिला उद्यमीहरुलाई प्राप्त अवसरको सदुपयोग गर्न आग्रह गर्दै अध्यक्ष ज्ञवालीले नेपाललाई महिला उद्यमशीलतामा अगाडि बढाउने अभियानलाई थप सशक्त बनाउन आवश्यक रहेको उल्लेख गरिन् ।

ज्ञवालीले भनिन्, 'यो हाम्रो लागि अवसरको ढोका खुल्ने महत्त्वपूर्ण क्षण हो। अब हामी सबै मिलेर यस अवसरलाई उपयोग गरौं, गुणस्तरमा ध्यान दिऔं, बजार विस्तार गरौं ।' 

महिला उद्यमीहरूको उत्पादनलाई औपचारिक पहिचान दिलाउने ट्रेडमार्क र लोगो प्रिज्मा एडभर्टाइजिङका सिईओ रञ्जित आचार्यले बनाइदिएका हुन् । 

लोगो हस्तान्तरण कार्यक्रममा महासंघ उपाध्यक्षद्वय बसन्ती प्रधान र सुनिता वैद्य श्रेष्ठ तथा सचिव सुमित्रा पलाञ्चोकीको पनि उपस्थिति थियो ।

यसैबीच महासंघ टोलीले सोमबार नै कृषि मन्त्री र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई पनि भेटेर महासंघको आसन्न मेला सफल बनाउने सम्बन्धमा सुझाव मागेको थियो ।  
अर्को समाचार
थिम्पु पुगेर एफवीन अध्यक्ष ज्ञवालीले भनिन् : महिला सशक्तीकरणका लागि क्षेत्रीय ऐक्यबद्धता आवश्यक
२६ वैशाख २०८२
•
२ मिनेट पाठ
थिम्पु पुगेर एफवीन अध्यक्ष ज्ञवालीले भनिन् : महिला सशक्तीकरणका लागि क्षेत्रीय ऐक्यबद्धता आवश्यक
भुटानको थिम्पुमा सम्पन्न "ग्रामीण दक्षिण एशियामा महिलाको आर्थिक सशक्तीकरण : दिगो मार्गहरू" विषयक दक्षिण एशियाली महिला सम्मेलनमा नेपालले महिला नेतृत्वमा आधारित उद्यमशीलता र दिगो पर्यटनमा हासिल प्रगतिहरू प्रस्तुत गरेको छ। 




भुटानकी रानी आमाले उद्घाटन गरेको तीन दिने सम्मेलनमा नीति निर्माणकर्ता, जमीनीस्तरका अगुवा तथा विकास साझेदारहरू एकै ठाउँमा भेला भई महिलाको आर्थिक सशक्तीकरण, जलवायु परिवर्तनको असर, सीमा-पार चुनौतीहरू तथा दिगो व्यवसाय र पर्यटनका नमूनाहरूमा छलफल भएको थियो । 

सम्मेलनको “ग्रामीण पर्यटनका अवयव: सफल कथाहरू” नामक सत्रमा नेपाल महिला उद्यमी महासंघ (FWEAN) की अध्यक्ष शोभा ज्ञवालीले नेपालको ग्रामीण महिलालाई परम्परागत सीप, सहकारी व्यवसाय र महिला-नेतृत्वमा आधारित पर्यटनमार्फत सशक्त बनाउने यात्राबारे जानकारी गराएकी थिइन् । 

अध्यक्ष ज्ञवालीले भनिन्, “सिन्धुपाल्चोकमा भूकम्पपछिका हस्तक्षेपहरूमा महिलालाई परम्परागत बुनाइमा तालिम दिइयो र बजारसम्म जोडियो। पहिले आर्थिक प्रणालीबाट टाढा र विस्थापित यी महिला आज ढाका कपडा, हस्तनिर्मित गहना र जडीबुटीजन्य उत्पादन निर्यात गर्दैछन्।”

ज्ञवालीले पोखरा, पाल्पा, इलाम र मुस्ताङमा सञ्चालित महिला-नेतृत्वमा आधारित होमस्टेहरूबारे पनि चर्चा गर्दै भनिन्, “पर्यटकहरू हिमाल हेर्न आउँछन्, तर सशक्त महिलाले सिर्जना गरेका कथाहरू र हस्तकलाका लागि उनीहरु यहाँ बस्न चाहन्छन्।”

उनले २०२४ डिसेम्बरमा मेलबर्नमा आयोजना गरिएको Made in Nepal Expo को सफलताबारे पनि जानकारी दिएकी थिइन्। मेलबर्नका मेयरले उद्घाटन गरेको उक्त दुईदिने प्रदर्शनीले नेपाली महिलाको उत्पादनलाई प्रवर्द्धन गर्‍यो र अन्तर्राष्ट्रिय ध्यान तानेको उनको भनाइ थियो । 

अध्यक्ष ज्ञवालीले पूर्वाधारको अभाव, वित्तीय पहुँचको कमी र लैंगिकमैत्री नीतिको अभावले महिला उद्यमीहरुमा चुनौती भने कायम रहेको चर्चा गरेकी थिइन् । उनले ग्रामीण महिलाका लागि धितोबिनाका ऋण, बजार पहुँच, सीप विकास र डिजिटल सशक्तीकरणको आवश्यकता रहेको बताइन्।

ज्ञवालीले जलवायु परिवर्तन र महिला सशक्तीकरणका साझा चुनौतीहरू समाधान गर्न क्षेत्रीय ऐक्यबद्धताको खाँचो औल्याएकी थिइन् । "साँचो विकास भनेको प्रत्येक महिला र गाउँलाई सम्मान र अवसर दिने प्रक्रिया हो," उनले भनिन्।

उक्त सत्र टारायणा फाउन्डेसनका चिमी पाडेन वाङ्दीको संयोजनमा सम्पन्न भएको थियो। अन्य वक्ताहरूमा अनी चेजय वाङ्मो, छेरेङ छोकी, सम्साय लेप्चा र शिल्पा शर्मा रहेका थिए।

सम्मेलनको अन्त्यमा सहभागी सबैले समावेशी आर्थिक मोडेलहरूलाई सुदृढ पार्ने र जलवायु-उत्तरदायी तथा लिङ्ग-केन्द्रित विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस