ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीमा स्थापना भएको पर्यटन प्रहरी हेल्प डेस्कले गत साउन पहिलो सातादेखि फागुन अन्तिम सातासम्ममा १ लाख २५ हजार बढी दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेको अभिलेख राखेको छ।
गत साउन १० गते काफ्लेपाटीमा पर्यटन प्रहरी हेल्प डेस्क स्थापना भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार साउन १० गतेदेखि फागुन मसान्तसम्ममा कुल १ लाख २५ हजार ४ सय ५५ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन्। मन्दिरको दर्शन गर्नेमा ६६ हजार १ सय २५ जना महिला र ५९ हजार ३ सय ३० जना पुरुष रहेको पर्यटन प्रहरी हेल्प डेस्क काफ्लेपाटीले जनाएको छ।
पर्यटन प्रहरी हेल्पडेस्क स्थपना भएयता हेल्पडेस्कमार्फत ४६ जना बिरामी दर्शनार्थीलाई औषधि वितरण तथा उद्धार र व्यवस्थापनमा सहयोग गरिएका छ। दर्शन गर्न आएकामध्ये ४६ जनामा टाउको दुख्ने, वान्ता हुने, पखाला चल्ने, ज्वरो आउने र ग्याष्ट्रिक सम्बन्धी समस्या देखिएकोले हेल्पडेस्कमार्फत बिरामीलाई औषधि वितरण तथा उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
विभिन्न समयमा भएका बन्द हड्तालका क्रममा निश्चित गन्तव्यसम्म जान नसकेका यात्रुलाई जिल्लास्थित अन्य सुरक्षा निकायसँग समन्वय गरी हेल्पडेस्मार्फत स्कर्टिङको प्रबन्ध गरिएको समेत प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। हेल्पडेस्कमार्फत पाथीभरा मन्दिरको दर्शनका लागि आएका दर्शनार्थीले हराएका विभिन्न मालवस्तु फेला पारी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको समेत जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत कात्तिक १ गते धादिङका सानु भण्डारीको सामसुङ मोबाइल १ थान, मंसिर ८ गते ओखलढुङ्गा बस्ने रस्मिता भण्डारीको ब्याग तथा नगद १ हजार ५ सय २० रुपैयाँका साथ लत्ताकपडा र मंसिर १३ गते मोरङ बस्ने उमा बस्नेतको ब्याग, ब्यागभित्र रहेको नगद ६ हजार र चाँदीसहितका गरगहना प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ।
यस्तै झापा बस्ने मिना रसाइलीका नाबालक छोरा तथा तेह्रथुम बस्ने सक्षम श्रेष्ठ अचानक हराएकोमा प्रहरीले फेला पारी आफन्तलाई बुझाएको जनाएको छ।