माथिल्लो तमोर आयोजना सञ्चालनका क्रममा सर्वपक्षीय भेलाबाट ७ बुँदे सहमति
२६ फागुन २०८१
•
३ मिनेट पाठ
माथिल्लो तमोर आयोजना सञ्चालनका क्रममा सर्वपक्षीय भेलाबाट ७ बुँदे सहमति
स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको नेपालकै सबैभन्दा ठूलो २८५ मेगावाट क्षमताको माथिल्लो तमोर आयोजना सञ्चालनका सन्दर्भमा सर्वपक्षीय भेलाबाट ७ बुँदे सहमति बनेको छ।




आयोजनाको मुख्य प्रभाव क्षेत्र मानिएको फक्ताङलुङ गाउँपालिकाको समन्वयमा भएको सर्वदलीय र सर्वपक्षीय छलफलले ७ बुँदे सहमति जुटाएको गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति०ले जानकारी दिए। फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको वडा नं १० का जनप्रतिनिधिसहित स्थानीय राजनीतिक दल र सरोकारवालको छलफलले चैत २ गते फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिममा आयोजना सरोकार समिति गठन गर्ने निर्णग गरेको छ।

पालिका अध्यक्ष लिम्बूद्वारा जारी विज्ञप्ति अनुसार आयोजना प्रभावित क्षेत्रका खानेपानी मुहानको संरक्षणको दायित्व जलविद्युत् आयोजनालाई दिइएको छ। खानेपानीको मुहान संरक्षण गर्नुपर्ने अवस्थामा सामाजिक उत्तरदायित्वको रकम बाहेकबाट जलवद्यिुत् आयोजनाले दायित्व लिने छ।

चैत र वैशाख महिनामा खानेपानीको मुहान मापन गरी सम्बन्धित वडा कार्यालय र गाउँपालिकामा प्रतिवेदन दिइने छ भने अनावृष्टि बाहेक पानीको मात्रा कम भइ खानेपानी तथा सिँचाइमा समस्या आए आयोजनाको तर्फबाट खानेपानी र सिँचाइको व्यवस्थापनको जिम्मेवारी लिने सहमति बनेको छ। आयोजनाका लागि निर्माण हुने ८ हजार ३ सय ७० मिटर लामो सुरुङ मार्ग निर्माणका क्रममा आयोजनाले टिबिएम मेसिन प्रयोग गर्ने तथा ब्लास्टिङ गर्नुपर्ने क्षेत्रका अधिकाँश घर तथा जग्गाहरू आयोजनाबाट खरिद भइसकेको बस्तीमा क्षति कम हुने सम्भावना औंल्याउँदै भूकम्पबाट यसअघि चर्किएका बाहेक ब्लास्टिङको प्रभावका कारण घरहरू चर्किएमा वा क्षति भएमा त्यसको क्षतिपूर्ति आयोजनाले व्यहोर्ने सहमति बनेको छ।

सहमति अनुसार स्थानीय जनताको जीवनस्तर उकास्न आयोजनाको आवश्यकता अनुसार योग्यता, सीप, क्षमता र दक्षताका आधारमा आयोजनाको नीति, नियम र मापदण्ड तथा स्थानीय सरकार र सम्बन्धित वडाको सिफारिसका आधारमा रोजगारी प्रदान गर्ने गरिने छ। यस्तै स्थानीयहरूले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई विशेष प्राथमिकता दिने तथा स्थानीय उत्पादनले भरथेग गर्न सक्ने अवस्थासम्म आयोजनाका लागि स्थानीय उत्पादननै प्रयोग गर्ने सहमति बनेको छ।

आयोजनाको प्रभाव क्षेत्रमा रहेका धार्मिक तथा साँस्कृतिक संरचनाको संरक्षण गरेर मात्र आयोजनाको काम अघि बढाइने सहमति समेत भएको छ। चैत २ गते गठन हुने सरोकार समितिले गर्ने निर्णयहरू कार्यान्वयनमा आयोजना प्रतिबद्ध रहने र सो अनुसार आयोजनाले सरकारबाट आयोजना सम्पन्न गर्न प्राप्त मिति अनुसार २०८५ साल जेठ १९ गतेभित्र आयोजना पूरा गर्न आयोजनाका सम्पूर्ण संरचना तथा कार्यहरूमा सबैले सहयोग गर्ने सहमति बनेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिए।

२८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनाले सामुदायिक उत्तरदायित्व कार्यक्रमका लागि ३२ करोड रुपैयाँ खर्च हुने छ। तमोर इनर्जी प्रालि मुख्य प्रवर्द्धक रहेको आयोजना ताप्लेजुङ भएर बग्ने तमोर नदीको पानी उपयोग गरेर बनाइने छ। यो आयोजना ‘अर्ध जलाशययुक्त’हुने प्रवर्द्धक तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले जानकारी दिए। उनले सामुदायिक उत्तरदायित्व कार्यक्रमको आधा हिस्सा शिक्षा क्षेत्रमा खर्च गर्नेगरी प्रस्ताव पनि गरिसकेका छन्।

ढुङ्गानाका अनुसार सो आयोजनाका लागि कुल ५५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७० प्रतिशत र स्वपुँजी ३० प्रतिशत रहने छ। बैंक तथा वित्तीय संस्थाहरूमार्फत ३८ अर्ब ६० करोड रुपैयाँ र स्वपुँजीमार्फत १६ अर्ब ५५ करोड लगानी जुटाउने तयारी गरिएको छ। उक्त आयोजनाको वित्तीय व्यवस्थापन अन्तर्गत कर्जा सुविधा व्यवस्थापनको अगुवाइ एभरेष्ट बैंकले गर्ने भएको छ। कृषि विकास बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआइडिसिएल० को सहायक भूमिका रहने भएको छ।

राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक र गरिमा बैंक समेत लगानी साझेदार वित्तीय संस्था रहने छन्। आयोजना निर्माणको क्रममा २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएको छ। आयोजनाको विद्युत गृह (पावर हाउस) भूमिगत हुनेछ। आयोजना संयोजक सम्झना क्षेत्रीले सुरुङमार्गसहितका संरचना निर्माणमा वातावरणमैत्री हुने गरी नेपालमै पहिलोपटक टिबिएम मेसिनको प्रयोग गर्न लागिएको जानकारी दिइन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस