मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
१३ चैत्र २०८१
•
३ मिनेट पाठ
मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
फाइल तस्बिर
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी-जोमसोम चौथो खण्डको मार्फा-जोमसोम आगामी वैशाखभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालयले बेनी-जोमसोम-कोरला सडक आयोजना र निर्माण कम्पनीसँग छलफल गरी मार्फा-जोमसोम खण्ड आगामी वैशाखभित्र कालोपत्र सम्पन्न गर्न निर्देशन दिएको हो।




कोवाङ–जोमसोम १७ किलोमिटर सडकअन्तर्गत १२ किमी कालोपत्र हुँदा मार्फा-जोमसोम चार किमी र थासाङ-१ टुकुचेमा एक किमी सडक नौ महिनादेखि कालोपत्र हुन सकेको छैन। प्रशासन कार्यालयमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जिल्लाका रुग्ण आयोजनाको विकास, निर्माणलाई यथाशीघ्र सम्पन्न गरी यात्रा सहज बनाउने विषयमा केन्द्रित रहँदै उक्त खण्डको कामलाई पहिलो प्राथमिकतामा राखेर पूर्वाधार तयार गर्न निर्माण कम्पनीलाई दिर्नेशन दिइएको जानकारी दिए।

बैठकमा मार्फा-जोमसोम सडकमा कालोपत्र नहुँदा पर्यटक तथा स्थानीय नागरिकलाई परेको समस्या, समाधानका उपायलगायत विषयमा छलफल भएको थियो। आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको बेनी-जोमसोम सडकको चौथो खण्डमा हालसम्म छ पटक म्याद थप भइसकेको छ।

निर्माण कम्पनीले कोवाङबाट मार्फासम्म कालोपत्र सम्पन्न भएको उल्लेख गर्दै जोमसोम क्षेत्रमा करिक २०० सय मिटर सडकमा आरसिसी सडक विस्तार गरिसकिएको जनाएको छ। निर्माण कम्पनीले चालु आवको सुरुदेखि हालसम्म मार्फा-जोमसोम खण्डको चार किमीमा आंशिक मात्र काम गरेर सडक अलपत्र पारेको छ।

आयोजनासँग पप्पु-गौरी-पार्वती र कोशी एण्ड न्योपाने जेभीले ठेक्का सम्झौता गरेका थिए। कोशी एण्ड न्यौपानेले कोवाङ-जोमसोम सडक कालोपत्र अघि बढाएको थियो। ठेक्का लागत रु ७० करोड रहेको कोवाङ-जोमसोम सडकको काममा ढिलासुस्ती भएपछि मुख्य निर्माण कम्पनी पप्पु-गौरी-पार्वती काममा फर्किएको थियो। काममा फर्किएको उक्त कम्पनीले पनि नौ महिनादेखि काम नगरी सडक अलपत्र पारेको थियो।

करिब ९० प्रतिशत भौतिक प्रगति भइसकेको कोवाङ-मार्फा खण्डमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि चालु वर्षको असोजदेखि ठेक्का लागतको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक जरिवाना लाग्ने गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रजिअ भुसालले बताए। जिल्लाका रुग्ण आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले कोवाङ-जामसोम वैशाखभित्र सम्पन्न गर्न अन्तिम पटक निर्देशन दिइएको जानकारी दिए।

प्रजिअ भुसालले अब पनि छलछामले काम नहुने भन्दै एक हप्ताभित्र काम सुरु नगरे निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरे। 'निर्माण कम्पनीले यही चैत २० गतेभित्र कालोपत्र गर्न आवश्यक जनशक्ति, उपकरणसहित कार्यस्थलमा खटिने प्रतिबद्धता जनाएको छ,' उनले भने, 'काम २१ चैतदेखि सुरु नगरेमा ठेक्का अन्त्य गर्नेगरी ‘अल्टिमेटम’ दिएका छौँ, प्रत्येक दिन कामको प्रगति विवरण बुझाउन आयोजनालाई निर्देशन दिएका छौँ।'

बेनी-जोमसोम-कोरला खण्डका आयोजना प्रमुख ध्रुव झाले मार्फाबाट जोमसोमसम्मको चार किमीमा वैशाखभित्र कालोपत्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले प्रतिबद्धता जनाएकाले कामले गति लिने विश्वास व्यक्त गरे। 'एक साताभित्र सडक कालोपत्रको काम धमाधम सुरु हुनेछ। हामीले जनशक्ति, आवश्यक सामग्री र उपकरण व्यवस्थापन गर्न निर्माण कम्पनीलाई ध्यानार्कषण गराइसकेका छौँ,' उनले भने, 'चैत २१ देखि काम सुरु हुन नसकेमा ठेक्का अन्त्य गरी कालोसूचीमा राख्ने तयारी गरेका छौँ।'

यसैबीच, कोवाङ-जोमसोम खण्डको निर्माण कम्पनी पप्पु-गौरी-पार्वतीका प्रमुख ठेकेदार रामकुमार थापाले उक्त खण्डमा आगामी वैशाखभित्र अस्फाल्ट कालोपत्र सक्नेगरी काम थाल्ने तयारी भइरहेको भन्दै प्रशासन र आयोजनासमक्ष प्रतिबद्धता जनाए। 'उक्त खण्डमा कालोपत्रका लागि सबग्रेड, सवबेस, बेस, प्राइम कोट र कालोपत्र गर्नेगरी काम अघि बढाएका छौँ, ढुक्क हुनुस् अब वैशाखभित्र कालोपत्र सकिन्छ,' उनले भने।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत मुस्ताङ खण्डको घाँसाबाट मुक्तिनाथ र कागबेनी क्षेत्रमा काम सकिँदा कोवाङ-मार्फा-जोमसोम खण्डको चार किमी सडक कालोपत्र नभएको भन्दै स्थानीयले आलोचना गर्दै आएका छन्। उक्त खण्ड कालोपत्र भएमा मुक्तिनाथ दर्शन गर्न आउने पर्यटक तथा स्थानीय नागरिकलाई आवागमनमा सहज हुनेछ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
८ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस