हेमजामा आलु महोत्सव चैत २४ देखि बैशाख ३ गतेसम्म हुने
१७ चैत्र २०८१
•
२ मिनेट पाठ
हेमजामा आलु महोत्सव चैत २४ देखि बैशाख ३ गतेसम्म हुने
पोखरामा चैत चौथो सातादेखि आलु महोत्सव आयोजना हुने भएको छ । विष्णुपादुका क्लबको आयोजनामा पोखरा–२५ हेमजामा यही चैत २४ गतेदेखि बैशाख ३ गतेसम्म तेह्रौँ संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ आयोजना हुन लागेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।




महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक विष्णुपादुका क्लबले जनाएको छ । आलु महोत्सवमा ४० टनको आलुको पहाड बनाइने क्लबले बताएको छ । जसका लागि आलु संकलन गरी भण्डारण गरेर राखिएको क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

आलु गाउँको रुपमा परिचित हेमजामा महोत्सवको अवसरमा आलुकै पहाड बनाएर प्रदर्शन गर्न लागिएको उनको भनाई छ । आलुको पहाडबाट महोत्सवमा आउने ग्राहकले आफूलाई आवश्यक पर्ने आलु खरिद गरेर लैजान सक्ने श्रेष्ठले बताए । पछिल्लो समय आलु खरिद गर्नेसँगै दर्शकले आलुको पहाडमा सेल्फी खिच्ने क्रम ह्वात्तै बढेको छ । जसले आलु महोत्सवमा दर्शकलाई आकर्षित गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार यस वर्ष महोत्सवमा प्रतिकेजी आलुको मूल्य अधिकतम ४२ रुपैयाँ कायम हुनेछ । ‘यो अधिकतम मूल्य हो । यो भन्दा पनि कम हुनसक्छ ।’ पोखरामा अहिले आलुको मूल्य प्रतिकेजी ५० देखि ५५ रुपैयाँ कायम छ ।

आलु महोत्सवमा विभिन्न आलुका परिकारकोपनि दर्शकले स्वाद लिन पाउनेछन् । आलु पारखीका लागि करिब २५ थरिका परिकार बनाएर स्वाद चखाइने क्लबका महासचिव हिक्मत थापाले जानकारी दिए । यसका अलावा महोत्सवमा ताजा तरकारीको बृहत् प्रदर्शन, माटो, बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने महासचिव थापाले बताए ।

महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरणा प्रदान गर्नेलगायतका उद्देश्य रहेको क्लबले जनाएको छ ।

हेमजामा करिब ५९० हेक्टर जमिनमा आलु खेती हुने गरेको क्लबले जनाएको छ । हेमजाका २ हजार घरपरिवार कृषिमा आधारित रहेको र त्यसमध्ये १ हजार ५० कृषकले व्यवसायीक रुपमा आलु खेत गर्ने गरेको क्लबको दाबी छ । पोखरा महानगरपालिका वडा नम्बर–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले पछिल्लो समय व्यवसायीक रुपमा आलु खेती गर्ने कृषक बढेको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण पोखराका प्रमुख माधव लम्सालले महोत्सवमा आफूहरूको सहयोग रहने बताए । कार्यक्रममा कृषि ज्ञानकेन्द्र हेमजाका प्रमुख रामकृष्ण अर्याल, नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष माधव रेग्मी लगायतले पनि महोत्सवमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

आलु महोत्सव अवलोकनका लागि साधारण प्रवेशका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँको टिकट दर कायम गरिएको जनाइएको छ ।
अर्को समाचार
पोखराको हेमजामा ३५ टनको आलुको पहाड
२६ चैत्र २०७९
•
२ मिनेट पाठ
पोखराको हेमजामा ३५ टनको आलुको पहाड
पोखराको हेमजामा आलु महोत्सव सुरु भएको छ। विष्णुपादुका क्लबको आयोजनामा पोखरा–२५ हेमजामा ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ सुरु भएको हो। वैशाख ३ गतेसम्म चल्ने महोत्सवको आइतबार गण्डकी प्रदेशका कृषि मन्त्री बेदबहादुर गुरुङले उद्घाटन गरे।




उद्घाटन कार्यक्रममा बोल्दै कृषि मन्त्री गुरुङले आलु गाउँको रुपमा परिचित हेमजाले आफ्नो पहिचान जोगाई राख्न आलु उत्पादन बढाउँदै लैजानुपर्नेमा जोड दिए। उनले कृषि क्षेत्र र कृषि उत्पादन दुवै घट्दै गएकाले त्यसलाई घट्न नदिन सबै लाग्नुपर्ने बताए। ‘कृषि योग्य जमिनको उपयोगमा सबैले ध्यान दिऔँ। त्यसो भयो भने मात्र उत्पादन बढ्छ,’ उनले भने। उनले हेमजामा उत्पादित आलुको बजारीकरणसहित त्यसको ढुवानी र भण्डारण गर्नका लागि कोल्ड स्टोर निर्माणमा प्रदेश सरकारले सघाउने प्रतिबद्धता जनाए।

गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले हेमजाले आलु उत्पादनसँगै यसको भण्डारण र बजारीकरणमा ध्यान दिनुपर्ने बताए। कृषि मन्त्रालयका सचिव डा.सहदेव पौडेलले हेमजामा आलुको उत्पादन घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै कृषकलाई आलु उत्पादनप्रति आकर्षित गर्नका लागि सरकारको तर्फबाट कार्यक्रम ल्याउने आश्वासन दिए।

कृषि विकास निर्देशनालयका वासुदेव रेग्मी, पोखरा–२५ हेमजाका वडाध्यक्ष मोतीराज तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलगायतले आलुबाटै हेमजामा कृषि क्रान्ति सम्भव भए पनि यसका लागि राज्यले ध्यान नपुर्‍याउँदा सोचे जस्तो फाइदा स्थानीयले लिन नसकेको बताए।

महोत्सव उद्घाटन अघि सांस्कृतिक झाँकीसहितको प्रभात फेरी निकालिएको थियो। पोखरा–२५ हेमजा मिलन चोकबाट सुरु भएको प्रभात फेरी महोत्सव स्थलमा आएर उद्घाटन कार्यक्रममा परिणत भएको थियो।

महोत्सवको अवसरमा आलुको पहाड बनाइएको छ। आलु गाउँको रुपमा परिचित हेमजामा महोत्सवको अवसरमा ३५ टनको आलुको पहाड बनाएर प्रदर्शनीमा राखिएको छ। महोत्सवमा आउने ग्राहकले आलुको पहाडबाटै आफूलाई आवश्यक पर्ने आलु खरिद गरेर लैजा नसक्ने क्लबका अध्यक्ष सुविन श्रेष्ठले बताए।

आलु महोत्सवमा विभिन्न आलुका परिकारको पनि दर्शकले स्वाद लिन सक्नेछन्। आलु पारखीका लागि करिब २५ थरिका परिकार बनाएर स्वाद चखाइने क्लबका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

यसका अलावा महोत्सवमा ताजा तरकारीको बृहत् प्रदर्शन, माटो, बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम आयोजना गरिने महासचिव श्रेष्ठले जानकारी दिए।

महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार, हेमजालाई व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा प्रदान गर्ने लगायतका उद्देश्य रहेको क्लबले जनाएको छ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस