कला, संस्कृति जर्गेना गर्दै दैलेखमा महोत्सव सुरु भएको छ । लोकतान्त्रिक चोक पुरानो बजारबाट सुरु भएको झाँकी महोत्सव स्थल काँडाचौरमा पुगेको थियो । लाखे नाच, टाकटुके नाच, तरबार नाच, पञ्चेबाजा लगायत लोप हुन लागेका संस्कृतिहरूको प्रदर्शनी गरिएको थियो ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहको प्रमुख अतिथ्यतामा महोत्सवको उद्घाटन गरेका थिए ।
जिल्लामा उत्पादित कृषिजन्य वस्तुको बजारीकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि दैलेख सांस्कृतिक तथा पर्यटन महोत्सव–२०८१ को आयोजना गरिएको महोत्सव संयोजक भुपेन्द्र शाहीले बताए । चैत्र २६ गतेदेखि बैशाख ५ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सव अवधिभर जिल्लाका स्थानीय तहमा उत्पादन हुने कृषि वस्तुहरूको बजारीकरणका साथै स्थानीय कला संस्कृति झल्कने लहरेपैसरी नाच, ढाल तरबार नाच, देउडा तथा रत्यौली नाच, हुड्के नाच, मयुर नाच, टप्पा नाच, गर्रा नाच प्रदर्शनी एवं प्रवर्द्धन गरिने संयोजक शाहीले बताए ।
महोत्सव स्थलभित्र स्थानीय उत्पादन, कला, संस्कृति, पेसा–व्यवसाय र रैथाने परिकार प्रदर्शन तथा व्यापारिक प्रायोजनका लागि एक सय भन्दा बढी स्टल राखिने आयोजक संस्थाहरूले जनाएका छन् ।
रेडियो मातृभूभी एफ.एम. ९६.५ मेगाहर्ज दैलेख र स्वच्छ सहर निर्माण केन्द्र दैलेख मुख्य आयोजक रहेको दैलेख सांस्कृतिक तथा पर्यटन महोत्सवको सह आयोजकमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा दैलेख र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दैलेख रहेका छन् ।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...