अलैँचीको मूल्य घट्यो
०७ जेष्ठ २०८२
•
२ मिनेट पाठ
अलैँचीको मूल्य घट्यो
‘कालोसुन’ नामले परिचित अलैँचीको बजार फेरि खुल्न थालेको छ ।




बुधवार ताप्लेजुङमा सालाखाला अलैँची ८८ हजार प्रतिमन (४० किलोग्राम) को दरले कारोबार भइरहेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए ।

उनका अनुसार गोलसाई प्रजातिको गुणस्तरीय अलैँची भने ९०–९२ हजार प्रतिमनसम्ममा खरिद गर्न सकिन्छ । रेग्मीका अनुसार भारत र पाकिस्तानबिचको युद्ध अवधिभर भने अलैँचीको कारोबार प्राय ठप्प नै रहयो। ‘दुई देशको युद्धका कारण अलैँचीले तेस्रो बजार नपाउँदा कारोबार ठप्प भएको हुन सक्छ’ रेग्मीले भने । उनका अनुसार भारत र पाकिस्तानको युद्ध बिरामसँगै अलैँचीको बजार खुल्न थालेको छ ।

युद्धको समयमा बाह्य कारोबार ठप्प भएपनि आन्तरिक कारोबार हुँदाका अवस्थामा कहिदिन अलैँची ८४–८५ हजार प्रतिमनका दरले मात्र कारोबार भएको रेग्मीले बताए । अलैँचीको मूल्य भने साबिक भन्दा ओरालो लागेको छ । यसबर्ष अलैँचीको उच्च कारोबार भएको समयमा अलैँची प्रतिमन १ लाख १२ हजार रुपैयाँ प्रतिमन सम्ममा कारोबार भएको थियो । गोलसाई प्रजातिको अलैँची भने प्रतिमन १ लाख १५ हजार रुपैयाँ सम्ममा कारोबार भएको रेग्मीले जानकारी दिए ।‘भाउ त अचाक्ली नै आएको हो,तर अहिले घटेर पो समस्या भयो’मूल्य उतारचढावले अलैँचीको व्यावसायिक प्रक्रियामा पारेको असर बताउँदै रेग्मीले भने ।

यसबर्ष धेरै अवधिपछि अलैँचीको मूल्यले प्रतिमन १ लाख रुपैयाँ भन्दा माथि भाउ पाएको थियो । अलैँचीका लागि अब अन्तिम बिक्री सिजन हो । भदौ–असोजबाट अलैँचीको नयाँ उत्पादन बजारमा आउन थाल्छ । नेपालमा अलैँचीको आफ्नै समर्थन मूल्य छैन । अलैँचीको बजार नै तेस्रो मुलुकमा निर्भर रहँदा तेस्रो मुलुकका व्यवसायीले निर्धारण गरेको मूल्यका आधारमा नेपालमा अलैँचीको कारोबार हुने गरेको अलैँची व्यवसायीहरू बताउँछन् ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख बिमला पोख्रेल अलैँचीको प्याकेजिङ गरी मसलाको रुपमा नेपाल भित्रै प्रयोग गर्ने प्रणालीको विकास नगरेसम्म अलैँचीको बजारमा उत्पादककै मूल्य स्थापित हुन कठिन हुने बताउँछिन् ।‘सुकमेल किनेर प्रयोग गर्ने हामीले सुकमेल झैँ मसलाको रुपमा अब अलैँचीको उपयोग गर्ने हो भने मात्रै नेपाली उत्पादनले नेपाली बजार स्थापित गर्ने छ’पोख्रेलले भनिन् । नेपालमा उत्पादन हुने अलैँचीको ठूलो हिस्सा ताप्लेजुङले उत्पादन गर्छ।

एक तथ्याङ्क अनुसार नेपालमा उत्पादन हुने अलैँचीको कुल परिमाणमध्ये ताप्लेजुङ एक्लैले करिब ४७ प्रतिशत उत्पादन हिस्सा ओगटेको छ । विश्व बजारमा अलैँची उत्पादनमा ५२ प्रतिशत हिस्सा ओगटेको नेपाल अलैँची बजारका लागि भने सधैँ भारतमा भर पर्नुपर्ने अवस्थाका कारण अलैँचीको मूल्यमा नियमित उतार–चढाव देखिने अलैँची जोन ताप्लेजुङका अध्यक्ष वालमणि बराल बताउँछन् । नेपालबाट निर्यात हुने कृषि वस्तुमध्ये अलैँची सबैभन्दा बढी निकासी हुँदै आएको तथ्याङ्कले देखाउँछ । 
अर्को समाचार
अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो
१२ कार्तिक २०८१
•
२ मिनेट पाठ
अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो
सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ।




यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ९० हजार पुगेको छ। झण्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो।

अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले हाल अलैँचीको मूल्य प्रतिमन रु ९० हजार रहेको जानकारी दिए। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो। उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए। गत वर्ष रु ६०/६५ हजार कारोबार भएको थियो।

अलैँची उत्पादनमा गिरावट भएका कारण पनि मूल्य वृद्धि भएको व्यवसायी श्रेष्ठले बताए। ग्रेडिङ राम्रो भएको अलँैची ९० हजार र ग्रेडिङ नभएको नर्मल अलैँची रु ८७ हजार कारोबार भइरहेको व्यवसायीको भनाइ छ।

पछिल्लो समय भारत, पाकिस्तानलगायतको देशमा अलैँची निर्यात हुन थालेपछि मूल्यसमेत बढेको छ। जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सिजनको सुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घले जनाएको छ। मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चिनले अध्ययन सुरु गरेको व्यवसायी बताउँछन्।

अन्ठान्नब्बे प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ। अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन्। सङ्खुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ।

अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेको कृषकको गुनासो छ। यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ।

अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ। पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ। नेपालमा उत्पादित अलैँचीको बजार भारत हो।

जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष यामको सुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घले जनाएको छ। मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन सुरु गरेको व्यवसायी बताउँछन्।

सङ्खुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँचीखेती गरिँदै आएको छ। जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टन अलैँची उत्पादन भएको थियो। यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ। रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस