अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष : नर्थ र साउथ दुबैतर्फ छुट्टाछुट्टै हिरक महोत्सव मनाईने
१२ जेष्ठ २०८२
•
४ मिनेट पाठ
अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष : नर्थ र साउथ दुबैतर्फ छुट्टाछुट्टै हिरक महोत्सव मनाईने
अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण हिमालको दुबै क्षेत्रतर्फ छुट्टाछुट्टै हिरक महोत्सव मनाईने भएको छ । फ्रान्सेली पर्वतारोही मौरिस हार्जोग नेतृत्वको टोलीले सन १९५० जुन ३ तारिखका दिन ८ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । ८ हजारभन्दा माथिको हिमालमा पाईला परेको सोहि दिनको सम्झनामा अन्नपूर्ण हिमालको उत्तरी र दक्षिणी मोहडामा दुबैतर्फ छुट्टाछुट्र्ट हिरक महोत्सव मनाउने तयारी गरिएको हो । अन्नपूर्ण हिमालको उत्तरी क्षेत्रलाई नर्थ अन्नपूर्ण र दक्षिणी क्षेत्रलाई साउथ अन्नपूर्ण भन्ने गरिएको छ ।  




उत्तरतर्फ नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकी र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा नर्थ अन्नपूर्णको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा तथा दक्षिणतर्फ अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा हिरक महोत्सव हुने पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।  

नर्थ अन्नपूर्णको आधार शिविरमै यहि जेठ १७ गतेदेखि १९ गतेसम्म हिरक महोत्सवको अवसरमा ३ दिन पदयात्रा गरिने जनाइएको छ । पदयात्रामा फ्रान्स, वेलायत, अमेरिका, जापान, ईजराईललगायतका राजदूतसहित नेपालका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । 'हामीले १२ देशका राजदूतहरुलाई निमन्त्रण दिएका छौं,उनले भने, 'केहि देशका राजदूतहरुले आउने वचन दिईसक्नु भएको छ । केहिको प्रत्यूत्तर आउन बाँकी छ ।’  

हिरक महोत्सव र पदयात्रामा सहभागि हुन अन्नपूर्ण हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो पर्वतरोही मौरिस हार्जोगका छोरा माथियास इम्यानूयल म्याक्सिमिलियन हार्जोगसहित उनका परिवारका १४ सदस्यीय टोली नेपाल आइपुगेको आचार्यले जानकारी दिए । पदयात्रामा पर्यटन वोर्डको प्रतिनिधिसहित पर्यटन व्यवसायी, पत्रकारलगायतपनि सहभागि हुने उनको भनाई छ ।  

हिरक महोत्सवको अवसर पारेर अन्नपूर्ण हिमालको आधार शिविर नारच्याङमा प्रथम आरोही मौरिस हर्जोग तथा उनीसँगै हिमाल आरोहण टोलीका सदस्यहरु लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले जानकारी दिए । त्यस्तै, आधार शिविरमा निर्माण भएको खुला संग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई नामांकरण गरिएको मौरिस हर्जोग पदमार्गकोसमेत उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । दुबै कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने उनले जानकारी दिए ।  

यसैबीच, हीरक महोत्सवको अवसरमा ३० किलोमिटर लामो म्याराथन दौडपनि हुने भएको छ । हिरक महोत्सवको अवसरमा मे ३ तारिख अर्थात यहि जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट नारच्याङ गाउँसम्म म्याराथन दौड प्रतियोगिता गर्न लागिएको अन्नपूर्ण गाउँपालिका (म्याग्दी)का अध्यक्ष भारतकुमार पुनले बताए । प्रतियोगितामा ६० जना भन्दा बढीले सहभागिता जनाउने उनको दाबी छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले जानकारी दिए ।  

त्यस्तै, साउन अन्नपूर्णतर्फ कास्कीको पर्यटकीय गन्तव्य घान्द्रुकमा हिरक महोत्सवसहित अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा अन्नपूर्ण म्याराथनको पाँचौं श्रृङ्खला यहि जेठ २० गते हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथन प्रतियोगिता संयोजक ललित गुरुङले जानकारी दिए ।  

अन्नपूर्ण हिमाल पदयात्रा मार्गको पूर्वाधार निर्माण प्रयोजनार्थ महिला÷पुरुष दुबै विधामा प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक गुरुङले बताए । सबै मौसमका लागि पर्यटन भन्ने नाराका साथ समुन्द्री सतहको ४ हजार १ सय ३० मिटर उचाई भएको अन्नपूर्ण आधार शिविरबाट शुरु हुने म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन हुनेगरी रुट  निर्धारण गरिएको उनले जानकारी दिए ।

अल्टिमेट एडभेञ्चर नेपालको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको पुरुष तथा महिला दुबै तर्फको स्पर्धामा प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ७५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।  

त्यस्तै, प्रतियोगितामा यसपटक अन्नपूर्ण गाउँपालिका भित्रको स्थायी ठेगाना भएका सहभागीमध्ये प्रथम हुने धावक र गण्डकी प्रदेशका धावकमध्ये प्रथम हुनेले पनि विशेष पुरस्कार पाउने अध्यक्ष गुरुङले जानकारी दिए । महिलातर्फ लगातार तीनपटक म्याराथनमा सहभागिता जनाउने धावकलाई प्रोत्साहन स्वरूप विशेष पुरस्कार दिइने उनले बताए ।  

प्रतियोगितामा सहभागि अन्र्तराष्ट्रिय धावकहरुमध्ये महिला र पुरुष दुवै समूहमा विदेशी सहभागीमध्ये प्रथम हुनेलाईपनि विशेष पुरस्कार प्रदान गरिने समितिले जनाएको छ । यसैगरी, ७५ औं अन्नपूर्ण आरोहण दिवसको अवसरमा म्याराथनमा ७५ औं स्थान हासिल गर्ने धावकलाई ।।।डायमण्ड जुब्ली अवार्ड’ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।  

म्याराथनमा सहभागिताका लागि १० विदेशीसहित ६० धावकहरुले नाम दर्ता गरिसकेको जनाइएको छ । नाम दर्ताका लागि ७ हजार शुल्क तोकिएको उनले जानकारी दिए ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस