मध्यपहाडी राजमार्ग : दुईदेखि तीन सय किलोमिटर छोट्याउने गृहकार्य, ८० प्रतिशत प्रगति
२८ जेष्ठ २०८२
•
३ मिनेट पाठ
मध्यपहाडी राजमार्ग : दुईदेखि तीन सय किलोमिटर छोट्याउने गृहकार्य, ८० प्रतिशत प्रगति
सडक विभागले पाँचथरको चियोभन्याङदेखि बैतडीको झुलाघाटसम्म १ हजार ८सय ७९ किलोमिटर लम्बाइ रहेको पुष्पलाल (मध्यपाहाडी) राजमार्गको रेखांकन परिवर्तन गरी २ देखि ३ सय किलोमिटरसम्म लम्बाइ छोट्याउने गृहकार्य अघि बढाएको छ । पुष्पलाल राजमार्गले नेपालको मध्यपहाडी क्षेत्रका ३० जिल्ला छुन्छ ।  




आर्थिक वर्ष २०८२-८३ को लागि वजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले भनेका थिए, ‘यात्राको समय, लागत, दूरी र दुर्घटना घटाउन पुष्पलाल मध्यपहाडी राजमार्गको विद्यमान  रेखाङ्कन परिमार्जन गरिनेछ ।’  

साथै वजेट भाषणमा उक्त राजमार्गलाई सुरूङ र भायाडक्ट प्रविधि सहितको डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्न पूर्व तयारी गरिनेछ । सरकारले आगामि आ.व. २०८२-८३ मा यस राजमार्गको लागि ३ अर्ब ९४ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ ।  

मध्यपाहाडी राजमार्गका आयोजना निर्देशनालयका प्रमुख तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रविन्द्रलाल दासले पुष्लाल राजमार्गको लम्बइ छोट्याउन आवश्यक प्रारम्भिक प्राविधिक अध्ययन प्रारम्भ भएको बताए । ‘२ सय देखि ३ सय कि.मि.सम्म लम्बाइ छोट्याउन सक्ने हाम्रो प्रारम्भिक अनुमान छ’ उनले भने । उनका अनुसार पाँचथर, रामेछाप, गोरखा, पर्वत, दैलेख लगायतका जिल्लामा यसको लम्बाइ छोट्याउन सक्ने गरी गृहकार्य सुरु भएको छ ।  

यस आयोजनाको निर्माण काम आर्थिक वर्ष २०६४-६५ देखि सुरु भएको थियो । सुरुमा यस आयोजना  आ.व. २०७९-८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पछि यस लक्ष्यमा संशोधन गरियो र आ.व. २०८४-८५ मा सम्पन्न गर्ने गरी लक्ष्य राखियो । यस लक्ष्य हासिल गर्न अब ३ वर्षभित्र आयोजनाको सबै काम पूरा गर्नु पर्ने छ ।

आयोजनाको निर्माण काम सुरु हुँदा यस आयोजनाको कुल लागत ३३ अर्ब ३६ करोड रुपैयाँ अनुमान गरिएको थियो । पछि यस आयोजनाको कुल लागत सम्शोधन गर्दै ८४ अर्ब ३३ करोड रुपैयाँ पुर्याइएको छ ।  

आयोजना प्रमुख दासका अनुसार  यस राजमार्गको कुल लम्बाइमध्ये हालसम्म आयोजनाबाटै १ हजार २५ कि.मि. सडकमा कालोपत्र गरिसकिएको छ । यसैगरी अन्य निकाय (विभिन्न ठाउँका सडक डिभिजनहरू)बाट ४ सय ६२ कि.मि.बाटोमा कालोपत्र गरिएको छ । यसै गरी यस राजमार्गमा पर्ने १ सय ३७ वटा पुलमध्ये हालसम्म १ सय ८ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् ।  

महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनमा चालु आ.व.मा वर्ष मध्यपाहाडी राजमार्गमा ५० किलोमिटर कालोपत्रे सडक र ४ पुल निर्माण कार्य सम्पन्न भएको जनाइएको छ । आयोजना निर्देशक दाषका अनुसार हालसम्म मध्यपहाडी राजमार्गको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ८४ प्रतिशत पूरा भएको छ ।  

महालेखाको रिपोर्ट अनुसार यस आयोजनाको लागि सुरुदेखि  हालसम्म  ६९ अर्ब १७ करोड खर्च भइसकेको छ । संशोधित कार्यातालिका अनुसार आयोजनाका काम पूरा गर्न महालेखाले सडक विभागको ध्यानाकर्षण गराएको छ ।  

महालेखाको वार्षिक प्रतिवेदनमा यसवर्षसम्म यस राजमार्ग अन्तर्गत खुर्कोट-सेलेघाट खण्डको ६ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार नभएको र तेहथुमको पञ्चमी-अओरा खण्ड, खोटाङको चचेवा-दिक्तेल खण्ड, ओखलढुंगाको जयरामघाट-घुर्मी खण्ड, बाग्लुङको मालढुङ्गा-बाग्लुङ खण्ड, अछाम र डोटीको साँफेबगर-सानागाउँ सिलगढी खण्डसमेत ११६ किलोमिटर सडक निर्माण कार्यको ठेका व्यवस्थापन गर्न बाँकी रहेको जनाइएको छ ।  

यसैगरी यस वर्षसम्म १४ पुलको विस्तृत परियोजना प्रतिवेदन (डपिआर) तयार हुन बाँकी रहेको छ । यसैगरी  १८ पुलको ठेका व्यवस्थापन हुन बाँकी रहेको छ । आयोजनाको कार्यतालिका अनुसार निर्माण सम्पन्न हुने गरी बाँकी काममा ठेक्का व्यवस्थापन गर्न महालेखाले आयोजना निर्देशनालयको ध्यानाकर्षण गराएको छ ।  

प्रतिवेदन अनुसार सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी यस सडकको केन्द्रदेखि दायाँबायाँ दुवैतिर बढीमा ३१ मिटर नबढाई सडक सीमा तोक्न सक्ने तथा दफा ३ (क)सडक सीमा नतोकिएको सडकको हकमा सडकको किनाराबाट दायाँबायाँ ६-६ मिटर सडक सीमा हुने उल्लेख छ ।  रिपोर्टमा भनिएको छ, ‘यस राजमार्ग अन्तर्गत सडकको ७-७ मिटरको क्यारियज वे सहित ११ मिटरको चौडाइमा निर्माण कार्य भइरहेकोमा हालसम्म सडकको राइट अफ वे निर्धारण भएको देखिएन । सडक मापदण्ड अनुसार राइट अफ वे निर्धारण गरी सडक निर्माण गर्नुपर्दछ ।’
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस