गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ। गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री डा. टकराज गुरुङले आज (आइतबार) प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्।
यो चालु आर्थिक वर्षको भन्दा करिब एक अर्ब कम हो। चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ। गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात ३९.५ प्रतिशत बजेट विनियोजन भएको छ।
त्यस्तै, पुँजीगततर्फ १९ अर्ब ९ करोड २४ लाख ३३ हजार अर्थात ५९.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कुल बजेटको ०.८ प्रतिशत बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. गुरुङले बताए।
बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ७३ करोड ८९ लाख हुने उल्लेख छ।
यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त हुने ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, समपूरक अनुदानतर्फ ६३ करोड ९७ लाख, रोयल्टी बाँडफाँडबाट प्राप्त हुने ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ ३ अर्ब ३५ करोड ६४ लाख, विशेष अनुदानतर्फ ४९ करोड ८६ लाख प्राप्त हुने जनाइएको छ।
त्यस्तै, आन्तरिक राजस्वबाट ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ। त्यस्तै, चालु आर्थिक वर्षबाट खर्च हुन नसकेको २ अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात रहने आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले अनुमान गरे। गण्डकी प्रदेश सरकारले १ अर्ब ७५ करोड घाटा बजेट ल्याएको छ। जुन आन्तरिक ऋणबाट पूर्ति गरिने उनले बताए।