आर्थिक वर्षको ११ महिनामा उदयपुरका प्रदेश सरकार मातहतका कार्यालयहरूको पुँजीगत खर्च उत्साहजनक देखिएको छैन। साउनदेखि जेठ मसान्तसम्ममा जिल्लाका दर्जनभन्दा बढी प्रदेश मातहत कार्यालयको पुँजीगत खर्च झण्डै ६१ प्रतिशतमा सीमित छ।
चालु आर्थिक वर्ष ०८१/८२ का लागि प्रदेश सरकारले मातहतका १३ कार्यालयका लागि पुँजीगत बजेट १ अर्ब ६ करोड ४ लाख २३ हजार रुपैयाँ कायम गरेको छ। जसमा सबैभन्दा बढी पूर्वाधार विकास कार्यायल उदयपुरलाई प्राप्त ८२ करोड ९५ लाख बजेटमध्ये बितेको ११ महिनामा ५२ करोड ५९ लाख ७३ हजार ६ सय ४९ रुपैयाँ खर्च गरेको छ। जेठ महिनामा मात्र पूर्वाधार कार्यालयले १३ करोड ९१ लख ७५ हजार ६ सय ८१ रुपैयाँ खर्च गरेको छ।
दोस्रो ठूलो पुँजीगत बजेट जलस्रोत तथा सिँचाइ डिभिजन उदयपुरका लागि ११ करोड ७५ लाख रुपैयाँ कायम भएको छ। जसमध्ये हालसम्म ६ करोड ४७ लाख ३५ हजार ५ सय ३१ रुपैयाँ खर्च भएको छ। जेठ महिनामा मात्र सिँचाइ डिभिजनले २ करोड १४ लाख १४ हजार ३ सय ८४ रुपैयाँ खर्च गरेको डिभिजन कार्यालयका लेखा अधिकृत विजय गेलालले बताए।
तेस्रो आकारको ३ करोड ६९ लाख बजेट पाएको कार्यालय जिल्ला अस्पताल उदयपुरले जेठ मसान्तसम्म १ करोड ४२ लाख ८१ हजार ९ सय २६ खर्च गरिसकेको छ। अस्पतालले जेठमा मात्र २५ लाख १० हजार ५ सय ७८ रुपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा एकाई कार्यालयले जनाएको छ।
प्रदेश सरकारले उदयपुरका कार्यालयहरूमा करोड बढी बजेट ५ वटालाई मात्र दिएको छ। डिभिजन वन कार्यालय गाईघाट र डिभिजन कटारी (त्रिबेणी)ले क्रमशः चालु वर्षका लागि पुँजीगत बजेट २ करोड ५९ लाख ६९ हजार र २ करोड ६७ लाख बजेट पाएका छन्। जेठ महिनामा गाईघाट डिभिजनले १ करोड ५२ लाख ६ सय ६३ खर्च गरिसकेको छ त्रिबेणी डिभिजनले १ करोड ३८ लाख ५ हजार पुँजीगत बजेट खर्च गरेको लेखा एकाई कार्यालयका लेखापाल रोम मगरले बताएका छन्।
करोडभन्दा बढी पुँजीगत बजेट पाउनेहरुमा पूर्वाधार विकास कार्यालय, सिँचाई डिभिजन, डिभिजन वन त्रिबेणी र गाईघाट, जिल्ला अस्पतालबाहेक उदयपुरमा ८ वटा छन्। करोडभन्दा कम बजेट पाउनेमा सबैभन्दा धेरै घरेलु तथा साना उद्योग कार्यालयले ६४ लाख पाएको छ। जसमध्ये ११ महिनामा २७ लाख २७ हजार २ सय ६४ रुपैयाँ खर्च भएको छ। त्यस्तै ४४ लाख बजेट पाएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गएको ११ महिनामा ४३ लाख ९० हजार १ सय २१ रुपैयाँ खर्च गरेको छ।
३४ लाख १३ हजार पुँजीगत बजेट पाएको प्रदेश लेखा एकाई कार्यालयले हालसम्म ३१ लाख २१ हजार खर्च गरेको छ।
कृषि ज्ञान केन्द्र उदयपुरले १५ लाख पुँजीगत बजेट पाएकोमा हासम्म १२ लाख ७५ हजार ३८ रुपैयाँ खर्च गरेको छ भने २० लाख पाउने यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले ७ लाख ९८ हजार ४ सय ४७ रुपैयाँ खर्च गरेको छ। १२ लाख ५० हजार पाएको स्वास्थ्य कार्यालयको ११ महिनाको खर्च १ लाख ९९ हजार ५ सय ५८ रुपैयाँ भएको छ।
जम्मा ८ लाख पुँजीगत बजेट पाएको कटारी अस्पतालको खर्च ७ लाख ९१ हजार भएको छ भने सबभन्दा कम पुँजीगत बजेट पाउने भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र उदयपुरको ६ लाखमध्ये ५ लाख ९५ हजार ३८ रुपैयाँ खर्च गरेको एकाईका लेखापाल मगरले बताएका छन्। मगरका अनुसार प्रदेश कार्यालयहरुको पुँजीगत बजेट खर्च आर्थिक वर्ष बितेको ११ महिनामा ६०.९३ प्रतिशत पुगेको बताए।
कोष एकाई प्रमुख पेम्बा शेर्पाले पुँजीगत बजेट खर्च प्रतिशत कम भए पनि असार १५ भित्रमा धेरै योजनाहरुको भुक्तानी भएर फ्रिज नहुने सम्भावना रहेको बताए। पुँजीगत बजेट सबै विकास निर्माणको काम भएकाले काम भइरहे पनि भुक्तानी गर्न बाँकी रहेकाले थोरै खर्च देखिएको उनले बताए। ‘वर्षको अन्तिममा धमाधम कामको बील भुक्तानी हुने गर्छ,’ शेर्पाले भने, ‘त्यसैले बजेट बाँकी रहने, फ्रिज हुने सम्भावना कमै हुन्छ।’
चालुतर्फको बजेट भने कार्यालयहरूले ७१ प्रतिशत खर्च गरिसकेका छन्। चालु वर्षका लागि प्रदेश सरकारले १३ कार्यालयलाई ८१ करोड ५५ लाख ५४ हजार ४ सय ४८ रुपैयाँ यकिन गरेको छ। जसमध्ये हालसम्म ५८ करोड ५० लाख ७३ हजार ६ सय ६३ रुपैयाँ खर्च भइसकेको लेखापाल मगरले बताएका छन्। यो खर्च हिस्सा भनेको ७१.७३ प्रतिशत हुन आउने एकाई कार्यालयले जनाएको छ।