असार १५ सम्म गण्डकी प्रदेशमा २८.२० प्रतिशत रोपाइँ भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २६ हजार ५६२ हेक्टरमा रोपाइँ भइसकेको छ। सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५, तनहुँमा १८, स्याङ्जामा १८ र गोरखामा १० प्रतिशत रोपाइँ भएको छ।
कम वर्षा र पानीका मूल नफुटेका कारण अपेक्षित रूपमा रोपाइँ हुन नसकेको निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलले बताए। ‘असार १५ सम्मको अवस्था हेर्दा गत वर्षको तुलनामा कम रोपाइँ भएको देखिन्छ,’ उनले भने, ‘बाह्रैमास सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ भइसकेको छ, आकाशे पानीमा निर्भर ठाउँमा वर्षा नहुँदा रोपाइँ ढिलो भइरहेको छ।’ वर्षाले साथ दिएमा असार अन्त्यसम्म अधिकांश क्षेत्रको रोपाइँ सकिने उनको भनाइ छ।
मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुन्छ। यस वर्ष ९४ हजार १८२ हेक्टरमा धानखेती हुने अनुमान छ। गत वर्ष ९६ हजार ५३ हेक्टर र आव २०७९/८० मा ९७ हजार ७६९ हेक्टरमा धानखेती भएको थियो।
यसले धानखेतीको क्षेत्रफल घट्दै गएको देखाउँछ। घरघडेरी र तीव्र सहरीकरणका कारण धानको उब्जाउ क्षेत्र नासिँदा क्षेत्रफल खुम्चिएको हो।
क्षेत्रफल घटे पनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन समयमै भए धानको उत्पादकत्व बढ्ने कृषि अर्थविज्ञ पौडेलले बताए। प्रदेशको कुल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झन्डै एक लाख हेक्टरमा धानखेती हुन्छ।
नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ। गोरखाको छेपेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङको धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानका पकेट क्षेत्र हुन्।
पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ।
गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ। रासस