वर्षाले सात राजमार्ग अवरुद्ध, १० प्रभावित
२२ असार २०८२
•
४ मिनेट पाठ
वर्षाले सात राजमार्ग अवरुद्ध, १० प्रभावित
केही दिन यता देशभरि सक्रियभइरहेको मनसुनले ठाउँठाउँमा सडक यातायात पूर्ण रूपमै अबरुद्ध गराएको छ भने केही ठाउँमा राष्ट्रिय राजमार्ग नै प्रभावित भएका छन्।




नेपाल पुलिसले शनिबार साँझ ६ बजे निकालेको रिपोर्टमा उल्लेख गरिए अनुसार हाल देशभरि १० वटा राजमार्ग प्रभावित भएका छन् भने सात वटा राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएका छन्।

रिपोर्ट अनुसार गत जेठ ६ गते संखुवासभा भोटखोला गाउँ पालिका, ४ स्थित बरुणखोलामा आएको बाढीले ह्युम पाइप बगाएपछि खाँदबारीदेखि थुमसुर पुग्ने कोसी राजमार्ग पूर्णरूपमा अवरोध भएको छ। वर्षायामभरि उक्त राजमार्ग नियमित चल्न नसक्ने जनाइएको छ।

यसैगरी रुकुम पश्चिम, आठबिसकोट नपा ६ रिजिगार खोलामा जाजरकोट डोल्पा– भेरी करिडोर सडक खण्ड अवरोध भएको छ। गत असार ९ गते रिजिगार खोलामा पानीको वहाब बढेपछि जाजरकोट– डोल्पा– भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ। पानीको वहाब घटेमा मात्र उक्त सडक सञ्चालन हुने भएको छ।

वर्षाले ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ पनि प्रभावित भएको छ। गत असार १० गतेदेखि अर्को सूचना नआउँदासम्म उक्त राजमार्गमा बेलुका ७ बजेदेखि बिहान ६ः०० बजेसम्मका लागि सम्पूर्ण सवारी साधन आवतजावतमा रोक लगाइएको छ।

यसैगरी काठमाडौं फर्पिङ–कुलेखानी सडक खण्ड पनि प्रभावित भएको छ। उक्त खण्डको फर्पिङबाट हात्तिगौंडासम्म सडक निर्माण गर्न गत असार १२ गतेदेखि असार २५ गतेसम्मको लागि उक्त राजमार्ग बन्द हुने भएको छ। उक्त राजमार्गमा चल्ने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

वर्षाले हुम्ला सर्केगाड गापा १ बाख्रेस्थित कर्णाली करिडोर पनि अबरोध गरेको छ। शुक्रबार हुम्ला सर्केगाड गापा १ बारने स्थित कर्णाली करिडोरमा माथिबाट आएको सुक्खा पहिरोले बाटो पूर्ण रूपमा अबरुद्ध भएको रिपोर्टमा जनाइएको छ।

यसैगरी रोल्पा परिवर्तन गापा ५ ग्रामजिमस्थित शहीद राजमार्ग अबरोध भएको छ। शुक्रबार रोल्पा परिवर्तन गापा ५ ग्रामजिमस्थित घोराही रुकुम शहीद राजमार्गमा माथिबाट पहिरो आई बाटो पूर्ण रूपमा अबरोध भएको थियो।

वर्षाले नवलपरासी पूर्व विनयी त्रिवेणी गापा २ विश्वकर्मा मन्दिर नजिक पूर्व पश्चिम राजमार्ग प्रभावित गरेको छ।

यसैगरी काभ्रे बनेपा ४ उग्रचण्डी ग्यास प्रालि अगाडि बनेपा-नाला- भक्तपुर सडकखण्डमा अबरोध भएको छ। शनिबार बिहान पाँच बजेतिर काभ्रेको बनेपा नपा ४ उग्रचण्डी ग्यास प्रालि अगाडि बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाताखोला माथि रहेको पक्की पुल भास्सिएर बाटो पूर्ण रूपमा अबरोध भएको हो।

यसैगरी जाजरकोट छेडागार्ड ३ दखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्ग अबरोध भएको पुलिसको रिपोर्टमा जनाइएको छ। शनिबार बिहान करिब सवा आठ बजेतिर जाजरकोट छेडागार्ड ३ दखेरीभिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्गमा माथिबाट पहिरो आई बाटो पूर्ण रूपमा अबरोध भएको बताइएको छ।

सडक विभागका प्रवक्ता प्रभात झाले अबरुद्ध भएका राजमार्ग सकेसम्म चाँडो खुलाउन प्रयास भइरहेको बताए। ‘हामीले औसतमा अबरुद्ध भएको सडक चार घण्टामै खुलाउन प्रयास गरिरहेका छौं’ झाले भने, ‘तर कुनै ठाउँमा ठूलो पहिरो आएको रहेछ भने चार घण्टा भन्दा पनि बढी समय लाग्ने गरेको पाइएको छ ।’ अबरुद्ध भएको सडक चाँडोभन्दा चाँडो खुलाउन आवश्यक जनशक्ति, डोजर तथा अन्य मेसिन तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

सवारी साधन राती नचल्ने

काठमाडौंबाट पूर्वी क्षेत्रलाई जोडेको विपी राजमार्गमा अझै एक महिना सवारीसाधन नचल्ने भएको छ। हाल देशमा मनसुन सक्रिय भएकाले बर्सातका कारण विपद्को घटना हुन नदिन भन्दै शनिबार देखि आगामी साउन १८ गतेसम्मका लागि बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाडौं जाने आउने दुबैतर्फका सार्वजानिक तथा निजी सवारी साधनलाई आवागमनमा रोक लगाइएका बताइएको छ।

यसअघि १५ दिन विपी राजमार्गमा राती सवारी चलाउन रोक लगाएको थियो। अब अरू थप एक महिना रोक लगाइएको छ। सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले वर्षा याममा विपी रार्जमार्ग यात्रा सुरक्षित बनाउन आफूहरूले दिनरात प्रयास गरिरहेको बताए। ‘हामी दिनरात खटिएका छौं।

खास गरी वर्षायाममा रोसी खोलाले सडक अबरुद्ध नगरोस् भन्ने हाम्रो प्रयास छ। सामान्य अवस्थामा रोसी खोलाको कारण सडक अबरुद्ध हुन नदिन प्रयास गरिरहेका छौं’, योगेशले भने, ‘तर पोहोर असोज ११ र १२ गतेको जस्तै वर्षा आयो भने यस्तै हुन्छ भन्न सकिँदैन।’

सडक डिभिजन भक्तपुरले विपी राजमार्ग स्थायी रूपमा पुनर्निमाण गर्न प्रक्रिया अघि बढाएको छ।  
अर्को समाचार
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध
२२ साउन २०८३
•
२ मिनेट पाठ
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध
वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।




नेपाल प्रहरीले आज बिहान ५ः० बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो,  सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएका जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

लामासाँघु–रामेछाप सडकखण्डको दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

यसैगरी, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रुकुम पश्चिमको रिजेगार्ड खोलास्थित भेरी करिडोर तथा मुस्ताङको थासाङ गाउँपालिका–४ कैकु खोलास्थित बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।

म्याग्दीमा रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे क्षेत्रमा सडक बगाउँदा बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा यातायात अवरुद्ध भएको छ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ लेखस्थित मदन भण्डारी सडकखण्डमा सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस