तीन वर्षमा दूधमा आत्मनिर्भर
३१ जेष्ठ २०७५
•
५ मिनेट पाठ
तीन वर्षमा दूधमा आत्मनिर्भर
पोखरा-  प्रदेश ४ लाई आगामी तीन वर्षभित्र दूधमा आत्मनिर्भर प्रदेश बनाउने योजना रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जनाएका छन् ।




उनले भने, ‘आगामी तीन वर्षमा सरकार दूधमा आत्मनिर्भर बन्ने र पाँच वर्षपछि दूध निर्यात गर्ने सरकारको योजना रहेको छ ।’ दूधसँगै मासु र अन्डामा पनि आत्मनिर्भर बन्ने योजना रहेको उनले बताए ।बुधबार प्रदेशसभा बैठकमा छलफल भएको ‘प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक’ माथिको छलफलमा बोल्दै मन्त्री थापाले प्रदेशलाई दूधको हबको रूपमा विकास गर्न चाहेको बताए ।

दूधको उत्पादन बढाउन सरकारले ‘घाँसमा आधारित दाना’ र ‘पशुमा आधारित प्राङ्गारिक कृषि’ मा जोड दिने नीति रहेको मन्त्री थापाले बताए । ‘घाँसको मात्रा बढाउँदा दूधको मात्रा पनि बढ्छ’ थापाले भने, ‘कृषिमा प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक प्रदेश बनाउने सरकारको नीतिलाई कार्यान्वयन गर्न सहज पनि हुन्छ, यो नीतिलाई हामीले विशेष जोड दिएका छौं ।’

यस्तै, रैथाने पशुको संरक्षण गरी उन्नत जातका पशुपालनलाई बढावा दिने योजना रहेको उनको भनाइ छ । उनले भने, ‘रैथाने जातको गाईले भन्दा होलिस्टन फ्रिजियन प्रजातिको गाईले दिनेको दूधको मात्रामा निकै अन्तर रहेको हुँदा उन्नत जातका गाई ल्याउने र दूधको उत्पादन बढाई सरकारको लक्ष्य कार्यान्वयन गर्नेछौं ।’

व्यावसायिक पशुपालन गर्ने कृषकलाई विभिन्न ऐन, नियम तथा विनियम बनाएर सहुलियतमा कृषि कर्जा तथा अनुदानको व्यवस्था गर्ने, वैज्ञानिक पशुलापनको व्यवस्थापन गर्ने योजना सरकारको रहेको उनले बताए । समृद्ध प्रदेशको लक्ष्य हासिल गर्न पनि प्रदेशलाई दूधको हबको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।यस्तै, उक्त विधेयकमाथिको छलफलमा बोल्ने प्रदेशसभा सदस्यले पनि यो विधेयक आवश्यक र महत्वपूर्ण रहेको जनाएका थिए।

छलफलमा बोल्ने नेकपाका प्रदेशसभा सदस्य प्रभा कोइरालाले प्रदेशलाई दूधको हबका रूपमा विकास गरी कुल गार्हस्थ उत्पादन बढाउन सकिने र रोजगारीको अवसरमा पनि वृद्धि हुने जनाइन् । यो ऐनले कृषि विचौलियाको अन्त्य हुने र किसानको उत्पादनले श्रमअनुसारको मूल्य पाउने उनको भनाइ थियो ।कांग्रेसका विष्णुप्रसाद लामिछानेले यो ऐनले प्रदेशको समृद्धिमा सहयोग गर्ने तथा कृषि र पशुपालनमा लागेका किसान लाभान्वित हुने जनाए । नेकपाका दिलमाया रोकामगरले कृषकलाई आफ्नो बजारीकरणमा सहजता पु¥याउने जनाइन् । राष्ट्रिय जनमोर्चाका पियारी थापाले ऐनमा नै स्थानीय तहमा दूध संकलन केन्द्र र उपकरणसहितको प्रशिक्षण केन्द्रको व्यवस्था गर्न सुझाव दिइन् ।

नयाँशक्ति पार्टी नेपालका हरिशरण आचार्यले किसानमैत्री ऐन बनाउनुपर्नेमा जोड दिए । कांग्रेसका डोबाटे विश्वकर्माले दुग्ध विकास बोर्डका कार्यकारी अध्यक्ष ९उपाध्यक्ष० र सदस्यको पदावधि समान हुनुपर्ने बताए । उक्त ऐनमा बोर्डका कार्यकारी अध्यक्षको कार्यकाल ४ वर्ष तथा सदस्यको पदावधि भने २ वर्ष मात्र कायम गरिएको छ । सँगै काम गर्नुपर्ने हुँदा सबै पदाधिकारीको कार्यकाल समान हुनुपर्ने उनले जनाए ।

छलफल र मन्त्रीको जवाफपछि यो विधेयकमाथि आगामी ७२ घन्टाभित्र आवश्यक संशोधनसहितको सुझाव संसद् सचिवालयमा पेस गर्न सकिनेछ । संशोधनको समय सकिएपछि यसलाई प्रदेशसभाकोे विषयगत विधायन समितिमा पठाइनेछ ।विधायन समितिले आवश्यक संशोधन र हेरफेर गर्नुपर्ने सुझावसहित प्रतिवेदन पुनः प्रदेशसभामा पेस गर्नुपर्ने नीतिगत व्यवस्था छ । प्रदेशसभाको बहुमतले पारित गरेपछि उक्त विधेयक १५ दिनभित्र प्रदेश प्रमुखले प्रमाणीकरण गर्नेछन् र विधेयक ऐन बन्नेछ ।
अर्को समाचार
भारतले दिएन, चीनबाट ल्याउन पहल
०६ कार्तिक २०७३
•
७ मिनेट पाठ
भारतले दिएन, चीनबाट ल्याउन पहल
काठमाडौं- भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि सरकारले चीनबाट ल्याउन पहल सुरु गरेको छ। यहाँ उन्नत नस्लका गाई नभएपछि भारतबाट ल्याएर व्यावसायिक गाईपालनलाई प्रोत्साहन गर्ने सरकारी योजना थियो। सरकारले तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने योजना बनाएको छ। किसानले पनि व्यावसायिक पशु फर्मका लागि नस्ल सुधार भएका गाईको माग गरेका छन्।




यस्ता गाई भारतबाट ल्याउने पहल सफल हुन नसकेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलास ढुंगेलले बताए। 'करिब चार हजार उन्नत गाईको माग छ,' ढुंगेलले भने, 'भारतबाट ल्याउन सफल नभएपछि चीनबाट ल्याउन पहल भइरहेको छ।' विभिन्न माध्यमबाट चिनियाँ अधिकारीसँग छलफल भइरहेको बोर्डले जनाएको छ। 'हाम्रा लागि अन्य मुलुकबाट गाई ल्याउन भौगोलिक रूपमा सम्भव छैन,' उनले भने। तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने योजना सार्थक बनाउन थोरै लगानीमा धेरै दूध दिने गाई आवश्यक रहेको ढुंगेलले बताए। 'यहाँका स्थानीय गाई पाल्न लागत धेरै लाग्छ तर उत्पादन थोरै छ,' उनले भने, 'त्यसैले विदेशबाट गाई ल्याउन पहल भइरहेको छ।' नेपालले भारतबाट मासुका लागि अर्बौं रुपैयाँका पशुपक्षी ल्याउने गरेको भए पनि कूटनीतिक पहल गरी नस्ल सुधारका लागि गाई ल्याउन सकेको छैन।

नेपालमा वार्षिक उत्पादन हुने १७ लाख २४ हजार मेटि्रक टन दूधमध्ये गाईको दूध पाँच लाख ५७ हजार मेटि्रक टन र भैंसीको दूध ११ लाख ६७ हजार मेटि्रक टन रहेको सरकारी तथ्यांकले देखाउँछ।

सरकारीमात्र नभएर निजी क्षेत्रले पनि चीनबाट ग्ााई ल्याउन पहल गरिरहेको पशुपक्षी मन्त्रालयले जनाएको छ। 'डेरी व्यवसायीले चीनबाट गाई खरिद गर्न परराष्ट्रसँग समन्वय गरिदिन आग्रह गरेका छ,' मन्त्रालयका प्रवक्ता श्याम पौडेलले भने, 'उन्नत जातका गाई यहाँ पर्याप्त नहुँदा कठिनाइ भएको हो।'

भारतले उन्नत जातका गाई नेपाल निर्यातमा रोक लगाएपछि विकल्प खोजिएको हो। भारतसँग सीमा जोडिएकाले त्यहाँबाट पशु ल्याउन सजिलो हुन्छ।

गत वर्ष भूकम्प पीडितलाई करिब दुई हजार गाई वितरण गर्ने कार्यक्रम भए पनि खरिद प्रक्रिया झन्झटिलो भएकैले बजेट खर्च हुन सकेको थिएन।  सीमा क्षेत्रका किसानले खुला सिमानाको फाइदा उठाउँदै चोरी निकासी गरेर केही गाई ल्याए पनि भारतले गाई निर्यात गर्न कानुनी रूपमा नै रोकेको छ।

विदेशमा थोरै घाँस खाएर धेरै दूध दिने गाई पाइन्छन्। व्यावसायिक फर्म सञ्चालन गर्ने किसानले यस्तै गाई माग गर्दै आएको पशु सेवा विभागले जनाएको छ। उन्नत गाईले थोरै घाँस र दाना खाने तर धेरै दूध दिने विभागका निर्देशक केशवप्रसाद प्रेमीले बताए। 'उन्नत गाईको दूध उत्पादन लागत कम हुन्छ,' प्रेमीले भने, 'सकेसम्म थोरै लगानीमा धेरै उत्पादन हुँदा फाइदा हुने भएकाले उन्नतको माग बढ्नु स्वाभाविक हो।' पाँच लिटर दूध दिने तर १० किलो घाँस खाने स्थानीय गाईभन्दा त्यति नै घाँस खाने र २० लिटर दूध दिने गाई किन्न खोज्नु स्वाभाविक भएको उनले बताए।

नेपालमा ७२ लाख ४१ हजार गाई पालिँदै आएको पशुपक्षी विभागले जनाएको छ। त्यसै गरी भैंसीको संख्या ५१ लाख ६७ हजार छ। भैंसीको तुलनामा गाईको संख्या बढी भए पनि अधिकांश गाई काठे (कम दूध दिने स्थानीय) छन्। गाईको तुलनामा भैंसीकै दूध धेरै उत्पादन हुन्छ। नेपालमा गोवध गर्न कानुनले रोक लगाएको छ। त्यसैले गाईको संख्या बढी भए पनि प्रतिफल कमजोर भएकाले सरकारले उन्नत जातको गाई पालनलाई प्रोत्साहन गर्दै आएको छ।

नेपालमा वार्षिक उत्पादन हुने १७ लाख २४ हजार मेटि्रक टन दूधमध्ये गाईको दूध पाँच लाख ५७ हजार मेटि्रक टन र भैंसीको दूध ११ लाख ६७ हजार मेटि्रक टन रहेको सरकारी तथ्यांकले देखाउँछ।

मुलुकमा दूधको माग बढेकाले गाइभैंसी पालनमा पनि आकर्षण बढेको छ। उपभोक्तालाई आवश्यकताअनुसार अझै दूध आपूर्ति हुन सकेको छैन। बजारमा दैनिक करिब ४८ लाख लिटर दूध माग भए पनि साढे ४६ लाख लिटरमात्र उत्पादन छ। अपुग माग धान्न भारतबाट धुलो दूध आयात हुने गरेको छ। विश्व खाद्य संगठन (डब्लुएफओ) का अनुसार नेपालमा प्रतिदिन एकजना व्यक्तिलाई दुई सय ५० ग्राम दूध आवश्यक पर्छ। प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध उपभोग गर्नुपर्ने भए पनि अहिले प्रतिव्यक्ति खपत ६४ लिटरमात्र छ। दूध उत्पादन बढाउने र बजार व्यवस्थित गर्ने काम प्राथमिकतामा राखेको पशुपक्षी मन्त्रालयले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस