महेन्द्रनगर– उपहार दिने र लिने प्रचलन मावन समाजमा सदियौं देखि चल्दै आएको छ। कुनै विशेष अवसर होस् वा मित्र र आफ्ना प्रियजनलाई विदाई गर्दा। ‘मायाको चिनो’ स्वरुप केहि बस्तु उपहार दिने गरिन्छ। आधुनिक युगमा उपहारका विकल्प धेरै हुन सक्छन। त्यो पनि ठाँउ र परिवेश अनुसार फरक–फरक हुनु स्वाभाविक हो। त्यसमा पनि उपहार दिने र लिनेको उमेरमा पनि भर पर्छ। तर, सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको सन्दर्भमा भने ‘मायोको चिनो’ अर्थात उपहारका रुपमा स्थापित भएको छ, ‘विजयसालको अम्खरा’ ।
गत बर्ष महैन्द्रनगरमा कञ्चनपुर उद्योग बाणिज्य संघले आयोजना गरेको ‘सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ को उद्घाटन गर्न पुगेका तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्व पधानमन्त्री पुष्पकमल दाहाललाई कञ्चनपुरका जनताले मायाको चिनो विजयसालको अम्खरा दिएर विदाई गरे। पछिल्ला पटक कात्तिक दोस्रोसाता भएको महोत्सवका प्रमुख अतिथि उद्योग बाणिज्य महासंघका अध्यक्ष कुश कुमार जोशीले पनि कचनपुरको चिनो विजयसालको अम्खरा नै लगे। यहाँ आयोजना हुने प्रायः हरेक सभा र समारोहमा यतिबेला विजयसालको अम्खरा नै ‘मायाको चिनो’का रुपमा उपहार दिने प्रचलन स्थापित भएको छ। एक दशक यता कञ्चनपुरमा ‘विजयसालको अम्खरा’ उपहारको पहिलो रोजाई बन्न थालेको हो। दुर्लभ विजयसालबाट निर्मित अम्खरालाई उपहार दिने प्रचलनले निकै चर्चा समेत पाएको छ।
‘मायाको चिनो’ का रुपमा विजयसालका अम्खरा आदान प्रदान गर्न थालेपछि यसले महत्व समेत पाएको छ। अचेल बाहिरबाट यहाँ कुनै कार्यक्रममा आउने बढिजसो पाहुनालाई चिनोका रुपमा अम्खरा दिनु अनिवार्य झैं भएको छ। देशका प्रधानमन्त्री, मन्त्री वा अन्य विशिष्ट पाहुना। अतिथिलाई कञ्चनपुर आउँदा अम्खारा नै मायाको चिनोको रुपमा प्रदान गर्नु परम्परा झै भएको छ।
दुर्लभ विरुवाका रुपमा रहेको विजयसालबाट निर्मित अम्खरा जति दुर्लभ छ त्यति नै यसको उपयोगिता पनि रहेको छ। विशेष गरी तराईको कञ्चनपुर, कैलाली र कपिलबस्तु जिल्लामा मात्र विजयसाल पाइन्छ। समुद्र सतहदेखि एकहजार मिटरको उचाईमा चुरे श्रृंखलाको फेदमा भावर क्षेत्रमा विजयसालका रुख पाइन्छन्। तर घास दाउराको रुपमा प्रयोग हुँदै जाँदा यो मासिदै गएको छ। कञ्चनपुरका वासिन्दाका लागि विजयसाल मासिदै जानु चिन्ताको विषय पक्कै बनेको छ। दुर्लभ र लोपोन्मुख विजयसालको संरक्षणमा पर्याप्त ध्यान जान सकैको छैन्।
स्वास्थका लागि हितकर
चिनोका रुपमा दिइने विजयसालको भाँडोमा राखेको पानी पिउँदा मुख्यतया पेट सम्बन्धि विभिन्न रोगहरु निको हुने गर्छ।
औषधिको रुपमा समेत प्रयोग हुन थालेपछि यसको महत्व झन बढेको छ। विजयसालको बोक्रा, खोटो र कलिला पातहरुबाट निकालिएको रस विभिन्न रोगको उपचारका लागि औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सक बताउँछन्। विजयसालका भाँडामा राखिएको पानी पिउने गरेमा पेटका विभिन्न रोग, मधुमेह, कमलपित्त, उच्च रक्तचाप, पिसाब पोल्ने र हाडजोर्नी दुख्ने रोग निदान गर्न प्रयोग गरिन्छ। विजयसालका भाँडामा सधै पानी राख्दा माथिल्लो भाग निलो, बीचको भाग रातो र पिँधको भागको रङ्ग पहेलो देखिने गर्छ। यसलाई घर–घरमा सजावटको रुपमा पनि राख्न थालिएको छ।
अम्खराले विदेश घुमायो
सामान्य व्यवसायीका लागि विदेश जानु ‘दिवा सपना’ सरह हो। तर, कञ्चनपुरका एक सामान्य काष्ठ व्यवसायीको अकल्पिनिय विदेश घुम्ने सपना साकार भएको छ। त्यो पनि विजयसालका अम्खराका कारण। हो, भीमदत्त नगरपालिका–१ का काष्ठ व्यवसायी गणेश दत्त बोहराले विजयसालको भाँडाकुडा लगेर छिमेकी देश चीनको भ्रमण गरेका छन्। तीन बर्षअघि चीनमा आयोजित मेलामा आफूले विजयसालबाट निर्माण गरेका अम्खरा सहित सहभागिता जनाएका हुन्।
चीनको सिगात्सेमा आयोजित चाइना–तीब्बत नेपाल आर्थिक तथा व्यापार मेलामा बोहरा सहभागी भएर घर फर्किए। ‘म जस्ता सामान्य व्यवसायीले चीन जान पाउनु सपना झै लाग्छ’, बोहराले भने, ‘विजयसालकै कारण विदेश देख्न पाइयो।’ वाणिज्य तथा आपूर्ति मन्त्रालयलको प्रतिनिधी मण्डलसँग चीन पुगेर आएपछि विजयसालले विदेशमा समेत बजार पाएको बोहराले बताए।
‘मेला अवलोकन गर्न आउने चिनियाँ नागरिकले विजयसालका भाँडा निकै मन पराए’, बोहराले भने, ‘त्यहाँ भएको प्रदर्शनीको सहभागिताले विजयसालका भाँडाको माग बढेको छ।’
२०५७ सालमा भीमदत्त नगरपालिकाको भाँसीमा बोहराले मेरिट काष्ट उद्योग सञ्चालन गरि विजयसालका भाँडा निर्माणको थालनी गरेका हुन्। त्यसमा उनलाई साथ दिए मदनराज भट्टले। दुवैले मिलेर उद्योग चलाए। जुन अहिले सुदूरपश्चिमकै प्रतिष्ठा बन्न पुगेको छ। बोहराले प्रारम्भमा १५ हजार रुपैंया लगानी गरे।
भट्टले डडेल्धुराको जोगबुढावाट ऋण काढेर विजयसालका भाँडा आफैले बनाउन थाले। अहिले भट्टले थालेको कामलाई उनकै भाई मनिराज भट्टले निरन्तरता दिएका छन्। उनीहरुले पुराना व्यवसायी पतिराम चुनाराबाट भाँडा बनाउन सिकेका हुन्। ‘आय आर्जनका लागि यो व्यवसाय अपनायौं’, बोहराले विगत सुनाउँदै भने, ‘दाउरा घाँसमा प्रयोग हुने विजयसाल औषधिका रुपमा प्रयोग हुन थालेकाले औधी खुशी छु।’ दाउरा बालेर नै सिध्याउने गरेको विजयसालको बल्ल सदुपयोग हुन थालेको उनले बताए। ‘यसको व्यवसायिक खेती गरिनु जरुरी भएको बोहराले बताए। सिंहदरवार स्थित वैद्यखानाले प्रकाशन गरेको किताब पढेर विजयसालको वारेमा जानकारी पाएको बोहराले सुनाए।
उद्योगले विजयसालका गिलास, अम्खोरा, कप बनाउने कार्यलाई निरन्तरता दिएको छ। विजयसालकै भाँडाकुँडा उत्पादनका कारण बोहराले देशका विभिन्न ठाउँमा आयोजना गरिएका ५० भन्दा बढी प्रदर्शनी र महोत्सवमा कञ्चनपुरको प्रतिनिधित्व गरिसकेका छन्। ‘केही ठाउँमा आयोजकले निःशुल्क स्टल राख्ने सुविधा समेत दिए’, उनले भने। महेन्द्रनगरमा आयोजना गरिने महोत्सवमा प्रमुख आकर्षण बिजयसाल बन्ने गरेको छ। केही वर्षअघि स्थानीय बजारसम्म सीमित विजयसालले देशका अन्य बजारमा समेत पकड जमाएको छ। कैलाली, कञ्चनपुरमा मात्र नभई काठमाडौं, पोखरा, बुटवल, पाल्पा, चितवन, बिरगंज र झापासम्म विजयसालका भाँडाकुँडा विक्रि हुन थालेको बोहराले बताए।
केही वर्ष अघिसम्म ८० रुपैयाँमा पाइने अम्खरा अहिले चारसय रुपैयाँदेखि छ सय रुपैंयासम्ममा विक्री हुने गरेको छ। ‘आकार अनुसार मूल्य निर्धारण गरिएको छ’, उनका साझेदार व्यवसायी मनिराज भट्टले भने। दुई वर्षयता राष्ट्रिय व्यापारमा नै बढी जोड दिन थालिएको उनले बताए। विजयसालकै कारण देशका अन्य स्थानबाट निम्तो आउने गरेको छ। कञ्चनपुर र सुदूरपश्चिममा आयोजना हुने मेलामा मात्र नभई २०६० सालदेखि देशका अन्य भागमा लाग्ने मेला र पर्यटन महोत्सवमा पनि विजयसालको खोजी हुन थालेको छ। राजधानीमा आयोजना गरिने महोत्सवमा विजयसालले मुख्य स्थान पाउने गरेको छ। सहभागिता जनाउन कञ्चनपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघले समेत सहयोग पु-याउँदै आएको व्यवसायीहरु बताउँछन्।
विदेशमा समेत विजयसालका भाँडाकुँडाको माग बढ्न थालेको छ। मुख्यगरी छिमेकी मुलुक चीनमा विजयसालका भाँडाकुँडा बढी प्रयोग हुन थालेका छन्। यहाँ बाहेक कञ्चनपुरको झलारी, दैजी, सिसैया, भगतपुर, भाँसी लगायतका ठाउँमा विजयसालका भाँडाकुँडा उत्पादन हुने गर्छन। तर अरुले मेरिष्ट काष्ठ उद्योग जस्तो व्यावसायीकता दिएका छैनन्।
चुरे क्षेत्रमा पाइने विजयसाल मासिदै गएपछि यो व्यवसाय संकटमा पर्दै गएको उनिहरुको अनुभव छ। पर्याप्त रुपमा विजयसालको काड नपाउने गरेको उनिहरु बताउँछन्। सामुदायिक वन र राष्ट्रिय वनमा सुकेका र ढलेका रुख मुश्किलले पाइन्छन्। ‘वन र आरा मिलबाट खरिद गर्ने गछौं’, भट्टले भने। कच्चा पदार्थ पर्याप्त पाइँदैन। दर्ता गरिएको जग्गामा पात समेत टिप्न पाइन्न। काचो काठ प्रयोग गर्दा भाँडामा चिरा पर्ने गर्छ। विजयसालको महत्व बढ्दै जाँदा लोप हुने खतरा समेत बढ्दै छ। समयमै सम्बन्धित निकायबाट यसको संरक्षण र सम्वर्द्धन हुनु जरुरी छ। यसको महत्वबारे जनचेतनामूलक कार्यक्रममा ध्यान पु-याउने बोहराको भनाई छ।