‘चिक्स होलिडे’ गर्दै कुखुरापालक किसान
२६ मंसिर २०७५
•
७ मिनेट पाठ
‘चिक्स होलिडे’ गर्दै कुखुरापालक किसान
भरतपुरमा कुखुरापालक किसानले आयोजना गरेको चिक्स होलिडे घोषणा कार्यक्रममा उपस्थित। तस्बिर : सविता/नागरिक
चितवन – लागत मूल्य नपाउँदा कुखुरापालक किसानले आन्दोलन सुरु गरेका छन्। बिचौलियाका कारण किसान घाटामा गएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन्। उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग किसानले राखेका छन्। किसानका माग सम्बोधन नभए पुस १ गतेदेखि ‘चिक्स होलिडे’ गर्ने नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले जानकारी दिए।

संघले यसअघि गएको कात्तिक १८ गते लागत अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने माग राखेर भरतपुरमा विरोध र्याली गरेको थियो। विरोध कार्यक्रमपछि पनि केही नहुँदा किसानले दोस्रो चरणमा ‘चिक्स होलिडे’ आयोजना गर्ने घोषणा गरेको उनले बताए। गुणस्तरहीन दाना, औषधि एवं चल्ला बिक्री वितरणमा रोक लगाउनुपर्ने, बिचौलियाको बिगबिगीलाई हटाउन नीति बनाइनुपर्ने, दाना, चल्ला, औषधिको अनियन्त्रित मूल्यवृद्धिलाई नियन्त्रण गरिनुपर्ने लगायत माग संघले राखेको छ।

बिचौलियालाई मात्र प्रोत्साहन भएको पेसाका समस्या राज्यले नसुने चरणबद्ध आन्दोलनमा किसान आएको उनी बताउँछन्। अहिले देशका ६४ जिल्लाका किसानले ब्रोइलर कुखुरापालन गरेका छन्। अहिले प्रतिकिलो उत्पादन लागत एक सय ७५ रुपैयाँ पर्छ। कुखुराको तौल औसतमा दुईदेखि साढे दुई किलोसम्म हुन्छ। किसानले एक किलोमा ४० रुपैयाँसम्म घाटा खाइरहेका छन्। किसानको खोरबाट उठाउँदा एक सय ४० र घरमा पुर्याउँदा एक सय ८० रुपैयाँ किलोमा बेच्ने गर्छन्।

८० रुपैयाँमा चल्ला किनेका किसान घाटा खाएर एक सय ४० रुपैयाँभन्दा कममा कुखुरा बेच्न बाध्य भन्दै चिक्स होलिडेको घोषणा गरिएको उनी बताउँछन्। अहिले एक सय ३० देखि एक सय ४० रुपैयाँ किलोमा कुखुरा बेच्न किसान बाध्य रहेको उनले बताए। संघका पूर्वअध्यक्ष प्रकाशबाबु खनाल आफ्नै पुँजी लगानी गरेर स्वरोजगार भई आत्मनिर्भर बन्न अपनाएको पेसाबाट विस्थापित हुने अवस्थामा किसान पुगेको बताउँछन्।

लागत मूल्य नघटाई आम्दानी गर्ने पेसामा कुखुरापालक किसानलाई सहयोग नमिलेको उनले बताए। ‘यो पेसा बिचौलियाको हातमा परेको छ,’ उनी भन्छन्, ‘राज्यबाट किसानलाई सहयोग हुने क्रियाकलपा हुन सकेन।’ किसानलाई ह्याचरी, दाना, सप्लायर्स र औषधि व्यवसायीबाटै सहयोग नमिलेको उनी बताउँछन्। घाटामा जाँदा किसानले ऋणको भारी बोकेर पेसा छाड्नुपर्ने अवस्था आएको छ। किसानले एक सय ४० रुपैयाँ किलोमा बेचेको कुखुरा उपभोक्ताले तीन सय रुपैयाँ किलोमा उपभोग गर्नुपर्ने बजारको अनुगमन गरिनुपर्ने उनको भनाइ छ। 

संघको जिल्ला कार्यसमिति बाराका अध्यक्ष गोविन्द पौडेल कुखुरापालनको क्षेत्रमा बिचौलिया धनी हुने र गरिखाने किसान अभाव र अफ्ठ्यारोमा रहेको बताउँछन्। मासुमा आत्मनिर्भर बनाउने कार्यक्रम घोषणा गरिए पनि कुखुरापालक किसानका लागि राज्यको तर्फबाट केही नभएको उनको भनाइ छ। खुला सीमाका कारण भारतबाट अवैध रुपमा आयात हुने कुखुराजन्य उत्पादनले किसानलाई घाटा बनाउने काम भएको उनले बताए।

‘तालिम, सेमिनार, उपकरण र जनशक्ति उत्पादनका लागि राज्यबाट केही भएको छैन,’ उनी भन्छन्, ‘किसानले कतिमा बेच्ने, उपभोक्ताले कतिमा किन्ने, बिचौलियाले मार्जिन कति लिने भन्ने सबैमा मनपरी छ।’ चल्ला, दाना दिने र उत्पादन उठाउनेलाई फाइदा हुने किसानमारा पेसा बनिसकेको उनी बताउँछन्। कुखुरापालनसँग जोडिएका ठूला व्यवसायीले नै यस्तै काम गरिआएको समेत उनको आरोप छ।

किसानलाई दिने चल्ला र दानाको गुणस्तरमा पनि समस्या रहेकाले यसबारे अध्ययन गरिनुपर्ने केन्द्रीय अध्यक्ष पौडेल बताउँछन्। किसानलाई दक्ष प्राविधिकको सुविधा दिएर पनि सरकारले सहयोग गर्नुपर्ने किसान बताउँछन्। मूल्य कम हुनुुको प्रमुख कारण मूल्य निर्धारण गर्ने निकाय नहुनु सप्लायर्सहरुले मूल्य तोकेर उत्पादन उठाउने गर्नु रहेको उनले बताए। ‘काठमाडौंमा रहेका ठूला कोल्ड स्टोरले एक पटकमा लाखौं कुखुरा स्टोर गरेर राख्ने गर्छन्,’ उनी भन्छन्, ‘कोल्ड स्टोर खाली हुँदा कुखुरा उठाउन मूल्य घटाउँछन्। कम मूल्यमा कुखुरा उठाएर कोल्ड स्टोरमा राख्ने र बढी मूल्यमा बिक्री गर्ने खेल हुने गरेको छ।’

ठूला कोलस्टोरलाई निगरानी गर्नुपर्ने उनले बताए। किसानको पनि सहभागिता रहने गरी मूल्य निर्धारण संयन्त्र बनाएर किसानले भोग्दै आएको समस्या समाधान गर्नुपर्ने उनी बताउँछन्। जाडो सिजन भनेको मासु खपत हुने समय हो। यो सिजनमा दैनिक नौ लाख ५० हजार किलोसम्म कुखुराको मासु खपत हुन्छ। अरु समयमा आठ लाख ५० हजार किलोसम्म मासु खपत हुने गरेको छ। ‘चिक्स होलिडे’ गर्दा करिब डेढ महिनापछि बजारमा कुखुराको मासुको अभाव हुने उनले बताए।
अर्को समाचार
कुखुरापालक किसानको आन्दोलन स्थगित
२३ पौष २०७५
•
४ मिनेट पाठ
कुखुरापालक किसानको आन्दोलन स्थगित
माडी नगरपालिका–९ को सुकुम्बासी बस्ती कुसुम खोलामा गरिएको कुखुरापालन। तस्बिर:सविता/नागरिक
चितवन - उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग राखेर पुस १ गतेबाट कुखुरापालक किसानले गरेको चिक्स होलिडे स्थगित गरेका छन्। लागत अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने लगायत माग राखेर किसान आन्दोलन गर्दै आएका छन्। किसानको आन्दोलनको सुनुवाइ नभएको भन्दै पुस एक गतेदेखि कुखुराका चल्ला नकिन्न चिक्स होलिडे गरेका थिए।

राष्ट्रिय किसान आयोग र पोल्ट्री व्यवसायीको छाता संगठन नेपाल कुखुरा व्यवसायी मञ्चको केन्द्रिय समितिसँग किसानका समस्या समाधान गर्न भएको छलफल र बैठकपछि आन्दोलन तत्काललाई स्थगित गरिएको नेपाल कुखुरापालक किसान संघ केन्द्रीय समितिका अध्यक्ष झनकप्रसाद पौडेलले जानकारी दिए। राष्ट्रिय किसान आयोगले कुखुरापालन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय अनुगमन समिति र राष्ट्रिय स्तरमा मूल्य निर्धारण गर्ने प्रक्रिया अघि बढाउने निष्कर्ष छलफलबाट आएको उनले बताए।

आयोगले किसानका समस्या अध्ययन गरेर तयार पार्ने प्रतिवेदन कृषि मन्त्रालयलाई पेश गर्ने समझदारी पनि भएको उनी बताउँछन्। ‘आयोगले पोल्टी सेक्टरका सबैसँग समन्वय गरेर केही महिनाभित्र प्रतिवेदन पेस गर्नेछ,’ उनले भने, ‘मूल्य निर्धारण र अनुगमन समिति निर्माणलाई छलफलका रुपमा आयोग अघि बढाउनेछ।’ एक साताअघि आयोगको उपस्थितिमा ह्याचरी उद्योग, दाना उद्योग र किसानबीच छलफल गरिएको थियो।

कुखुरा तथा मासुको मूल्य निर्धारण, दानाको अधिकतम खुद्रा तथा गेट मूल्य र चल्लाको मूल्य निर्धारणका विषयमा पनि सहमति प्रक्रिया अघि बढेको किसान संघका अध्यक्ष पौडेल बताउँछन्। किसानले घाटा खाएर उत्पादन बेच्नु परेको समस्या समाधानका लागि कुखुरा व्यवसायी मञ्चको सक्रियतामा ह्याचरी, दाना, किसान, बजार व्यवस्थापनमा रहेका संघहरुको सहकार्यमा कुखुरा र मासुको दर तोक्न छलफल गरेर प्रकाशित गरिनेछ।

‘आवश्यक परेको समयमा मूल्य निर्धारण गर्न सामूहिक बैठक गरिने छ,’ उनी भन्छन्, ‘सामुहिक छलफलले निर्धारण गरेको मूल्य बजार व्यवस्थापनले प्रकाशित गर्ने र कार्यान्वयन भए–नभएको सबै संघले अनुगन गरिनेछ।’ हरेक उद्योगले उत्पादनको एमआरपी राख्नुपर्ने प्रावधान भएपनि कुखुरापालनमा त्यसको पालना नभइराखेको उनले बताए। एमआरपी राखिए तोकिएकै मूल्यमा उत्पादनहरु किसानको खोरमा पुग्नेछ। देशभर नै उत्पादनहरुको मूल्य एउटै हुन्छ।

ह्याचरी र दाना उद्योगले नै कमिशन र ढुवानी दिए पनि किसानसँग बढी रकम लिईरहेको अध्यक्ष पौडेल बताउँछन्। उद्योगले दिने मूल्यको तुलनामा दानामा एक बोराको छ सय रुपैयाँसम्म र चल्लामा पाँचदेखि ३० रुपैयाँसम्म बढी नाफा सप्लायर्सले लिने गरेको पाइएको उनले बताए।

संघले दानाको एमआरपी राख्नुपर्ने माग राखेपनि तत्काललाई गेट मूल्य राखेर बजारमा ल्याउने सहमति भएको उनले जानकारी दिए। तोकिएको गेट मूल्यमा ढुवानी भाडा जोडेर किसानलाई दिइनेछ। मूल्य तोकेर बजारमा ल्याउन सहज वातावरण बनोस् भनेर किसान संघले गर्दै आएको आन्दोलन स्थगित गरिएको उनी बताउँछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस