पहिलो चरणमा दुई किलोमिटर कालोपत्रे गरिने
१५ फागुन २०७५
•
६ मिनेट पाठ
पहिलो चरणमा दुई किलोमिटर कालोपत्रे गरिने
सडक फराकिलो बनाउन चार लेनमा विस्तार गर्न लागिएको भरतपुरको बाइपास सडक।  तस्बिर : सविता/नागरिक
चितवन – लेनको भरतपुरको आँपटारीदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको बाइपास सडक विस्तारको काम सुरु गरिएको छ। उक्त सडकखण्डलाई चार बनाउन विस्तारको काम सुरु गरिएको हो। पूर्व–पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डलाई जोड्ने बाइपास सडकको लम्बाई ४.४९ किमि रहेको छ। सडक विस्तारको काम २०७३ को पुसबाट सुरु भए पनि अहिलेसम्म आधा काम पनि सकिएको छैन। 

१५ महिनामा काम सक्नेगरी ०७३ को पुसमा सडक विस्तार गर्न सम्झौता गरिएको थियो। दुई लेनमा विस्तार गर्ने भनेर ठेक्का लगाइएको सडकको डिजाइन परिवर्तन भएका कारण निर्माणमा ढिलाइ भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर नारायणप्रसाद लामिछानेले बताए। त्यसपछि ६ महिना म्याद थप भएको थियो। अहिले आउने असार मसान्तसम्म सक्नेगरी काम भइरहेको उनले बताए। 

‘लागत अनुमान गरेर ठेक्का लगाएको पनि लामो समय भयो,’ उनी भन्छन्, ‘दुई लेनमा विस्तार गर्न ठेक्का सम्झौता गरिसकेपछि डिजाइन परिवर्तन हुँदा ढिलाइ भएको हो।’ १३ करोड ४५ लाख ८२ हजार सात सय ९१ रुपैयाँको बजेटमा काम सक्नेगरी निर्माण सम्झौता गरिएको छ। डिजाइन भेरियसनपछि अहिले चार लेनमा सडक विस्तारको काम थालिएको इन्जिनियर लामिछानेले बताए। सडक विस्तार गर्न विद्युतकाे पोल सार्नुपर्ने र रुखसमेत काट्नुपर्ने भएकाले थप ढिलाइ भएको उनले बताए। 

सडकखण्डमा रहेको बिजुलीका तीन सय पोल र नेपाल टेलिकमका ८८ पोल सार्ने काम अहिले जारी छ। यस्तै, सडकखण्डमा परेका ९६ रूख काट्ने काम पनि भइरहेको छ। सडकखण्डमा परेका रुख काट्न आठ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। विद्युतका पोल हटाउन दुई करोड २० लाख ९५ हजार रुपैयाँ लाग्ने भनेर विद्युत् प्राधिकरणले बजेट माग गरेकामा पहिलो चरणमा ४० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको उनले जानकारी दिए।

सम्झौता गरिएको रकमबाट पूरै लम्बाइमा चार लेनको सडक नबन्ने भएकाले आधाजसो सडक पहिलो चरणमा निर्माण सम्पन्न गर्ने गरी काम थालिएको उनी बताउँछन्। सडकखण्डको दुई किनारमा रहने नालीसहित २४ मिटर चौडाइ हुने गरी सडक फराकिलो बनाउन लागिएको छ। सडकको बीचमा १.५ मिटरको मिडियन (खाली भाग) हुनेछ। मिडियनको दुईतर्फ सात मिटर चौडाइका दुई–दुई लेनको सडक बन्नेछ। 

दुई लेनको सडकमा मिडियन राखिँदैन। सडक विस्तार दुई लेनमा मात्र गर्दा फेरि चार लेनको बनाउन सडक भत्काउनुपर्ने र दोहोरो खर्च नहोस् भनेर डिजाइन परिवर्तन गरेर मात्र काम थालिएको उनले बताए। इन्जिनियर लामिछानेका अनुसार पहिलो चरणमा केन्द्रीय बस टर्मिनल चोकबाट आँपटारीतर्फ मिडियनसहितको चार लेनको सडक बन्नेछ। ‘विनियोजित रकमले जति पुग्छ त्यतिसम्म निर्माण गर्ने भनेर काम अघि बढाइएको छ,’ उनले भने, ‘यो रकमले करिब दुई किमि सडक तयार हुनेछ।’ 

सडकखण्डको बाँकी भाग विस्तार गर्न अध्ययन गरेर बजेट माग गर्ने तयारी गरिएको उनी बताउँछन्। पहिलेको भन्दा थप बजेट आवश्यक पर्नेबारे केही महिनाअघि सडक विभागलाई जानकारी गराइसकिएको उनले बताए। अध्ययनपछि भने लागत अनुमान गरेर आवश्यक बजेट माग गरिनेछ। सडकको २४ मिटर चौडाइमध्ये पहिलो चरणमा १५.५ मिटर चौडाइको सडक बन्नेछ। सडकको दुईतर्फ गरी बाँकी रहने ८.५ मिटर चौडाइको सोल्डर निर्माणको काम पनि थप माग गरिने बजेटबाटै हुने उनले बताए। 

सडकखण्ड विस्तारको काम अहिलेसम्म ३० प्रतिशत सकिएको छ। विस्तारको काम सुरु भए पनि सडकखण्डमा ढल निकासको व्यवस्थापन गर्न चुनौती रहेको इन्जिनियर लामिछाने बताउँछन्। महानगरपालिकासँग ढल व्यवस्थापनबारे छलफल गरे पनि समस्या समाधानको काम सुरु हुन नसकेको उनले बताए। ढलको पाइप कता बिछ्याउने, कताबाट लैजाने भन्ने छुट्याएर ढल व्यवस्थापन भए सहरी क्षेत्रमा पर्ने सडक सफा र व्यवस्थित हुने उनको भनाइ छ। सडक विस्तारको काम गरिसकेपछि ढल व्यवस्थापन थप झन्झटिलो हुने उनी बताउँछन्।
अर्को समाचार
दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने
१६ चैत्र २०७८
•
१ मिनेट पाठ
दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने
भोजपुरलाई तराईसँग जोड्ने दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ। करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने छ।

कालोपत्रे गर्न ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) आयोजनाले वातावरणीय परीक्षणको सार्वजनिक सुनुवाइ गरेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए। गाउँपालिकाले अन्य प्रक्रिया पूरा गरिसकेको उनको भनाइ छ।

अध्यक्ष राईले भने, 'भोजपुरवासीको चासोको रुपमा रहेको उत्तर दक्षिण जोड्ने यो सकडको काम चाँडै सुरु हुँदैछ। २२ किलोमिटर सडक कालोपत्रेपछि अन्य क्षेत्रको पनि काम अघि बढ्छ।' ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले सडक निर्माणको काम थालेको हो। एक सय २५ किलोमिटर लामो दिंला भोजपुर घोडेटार चुहार हुँदै सुनसरीको चतरा सडकको स्तरोन्नति र कालोपत्रेको काम सुरु भएको छ।

एशियाली विकास बैंक (एडिबी)को लगानीमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)ले निर्माण थाल्ने छ। भोजपुर र उदयपुरलाई जोड्न दूधकोसी नदीमा पुल बनिरहेको छ। चुहारको पुल निर्माण सम्पन्न भएसँगै भोजपुर सदरमुकामबाट ९० किलोमिटरको दूरी पार गरेपछि सुनसरीको चतरा पुगिनेछ। भोजपुर सदरमुकामबाट पूर्व हुँदै जाने हो भने ९२ किलोमिटरको दुरी पार गरेपछि धनकुटाको हिले पुगिन्छ। दिंलाबाट चतरा पुग्न १२५ किलोमिटरको यात्रा तय गर्नुपर्ने छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस