केरामा देखिएको रोगले किसान चिन्तित
११ चैत्र २०७५
•
६ मिनेट पाठ
केरामा देखिएको रोगले किसान चिन्तित
केरामा देखिएको समस्या पहिचान गर्न परीक्षणका लागि नमूना संकलन गरिँदै। तस्बिर : नागरिक
चितवन - किसानले गरेको केराखेतीमा देखिएको रोगले किसान चिन्तित भएका छन्। केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खा पर्ने समस्या देखिएको छ। पछिल्लो तीन वर्षयता यो समस्याले केराखेती गर्ने किसानलाई सताएको छ। मालभोग जातका केराखेती गरेको बगैंचामा यस्तो समस्या देखिएको केरा जोन चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगाना बताउँछन्।




कुनै ठाउँमा पानामा, गुभो कुहिने भनेर चिनिने रोगको जस्तै लक्षण देखिएकाले परीक्षण गर्ने काम सुरु गरिएको उनले बताए। केरामा लागेको रोग पहिचान गर्न पूर्वी चितवन क्षेत्रबाट नमूना संकलन गरिएको उनले जानकारी दिए। केरामा लागेका रोग, किरा र माटोमा देखिएको समस्या के हो भनेर पहिचान गर्न परीक्षणका लागि आवश्यक नमूना संकलन गरिएको उनले बताए। ‘केराको बोट र माटोको नमूना संकलन गरिएको छ,’ उनले भने, ‘अनुसन्धानका लागि संकलित नमूना ललितपुर पठाएका छौं।’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय फलफूल विकास केन्द्र, बाली संरक्षण प्रयोगशाला, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केरा जोन चितवन र कृषि ज्ञान केन्द्र चितवनको टोलीले स्थलगत निरीक्षण गरेर शुक्रबार नमूना संकलन गरेको थियो। टोलीले कालिका, रत्ननगर र खैरहनी नगरपालिकाका विभिन्न स्थानबाट रोग, किरा र माटोको नमूना संकलन गरेको हो। संकलन गरिएको नमूना परीक्षणका लागि नार्कअन्तर्गतको बाली रोग विज्ञान महाशाखाको बाली संरक्षण प्रयोगशाला र माटो परीक्षण प्रयोगशाला ललितपुर पठाईएको ढुंगानाले जानकारी दिए।  

केराखेतीमा देखिएको समस्या मालभोग जातको केरामा मात्र देखिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख सुधिर श्रेष्ठ बताउँछन्। निरीक्षणका क्रममा मालभोग जातका केरामा गुभो कुहिने, ओइलाउने, माटोमा निमाटोडले क्षति पुयाएको पाइएको उनले बताए। मालभोग बाहेकका अरु जातमा यस्तो समस्या नदेखिएकाले विकल्पमा नयाँ जातको केरा प्रयोग गरी रोग अवरोधक बनाउनुपर्ने उनको भनाइ छ। यसबारे अनुसन्धान गर्नु आवश्यक रहेको उनी बताउँछन्।  

मालभोगमा पनि पहिलेदेखि केराखेती गरिएका पुराना बगैंचामा यो समस्या देखिएको केरा जोन चितवनका कृषि अधिकृत ढुंगाना बताउँछन्। रोगका कारण किसानको बगैंचामा २० देखि ५० प्रतिशतसम्म क्षति पुगेको छ। ढुसीका कारण वा के कारणले केराखेतीमा समस्या देखिएको हो भनेर परीक्षण पनि मात्र थाहा हुने उनले बताए। परीक्षणको नतिजा सातदेखि १० दिनभित्र प्राप्त हुने उनले बताए। केरा जोन चितवनमा जिल्लामा गरिएको एक हजार ३५ हेक्टर केराखेती सूचिकृत भएको उनले जानकारी दिए।

भरतपुर महानगरपालिकाको ठिमुरा, कालिका, खैरहनी र रत्ननगर नगरपालिका केराखेती गरिएका स्थान जोनमा सुचिकृत भएका छन्। समेटिएका नगरपालिकाका पनि सबै स्थानका केराखेती जोनमा सुचिकृत हुन नआएको उनले बताए। केराखेतीमा देखिएको समस्याले किसानहरुलाई चिन्तित बनाएको चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो बताउँछन्। तीन वर्ष अघिदेखि पुराना बगानमा देखिन थालेको रोगमा थाम फुट्ने, ओइलाउने, थाम काटेर हेर्दा रातो÷कालो देखिने रोग देखिएको उनले बताए। किरा वा ढुसीले के ले रोग लागेको हो भनेर अध्ययन गरेर किसानको समस्या समाधान गरिनुपर्ने उनको भनाइ छ।

‘यसका लागि एक–दुई ठाउँको मात्र नमूना संकलन गरेर हुँदैन,’ उनी भन्छन्, ‘पश्चिम चितवनमा पनि यस्तो रोग देखिएको छ, धेरै संख्यामा किसान प्रभावित भएका छन्।’ पूर्वी चितवनसँगै पश्चिम चितवनमा पर्ने भरतपुर महानगरपालिकाको जगतपुर, मेघौली, पार्वतीपुर, गुञ्जननगर, पहिटानीलागयत स्थानमा केराखेती गरिन्छ। चितवनमा करिब २७ सय हेक्टरमा केराखेती हुँदै आएको उनी बताउँछन्। ६ सय ३० किसान संघमा आबद्ध छन्। केराखेती गर्ने अधिकांश किसानले मालभोग जातका केराखेती गर्ने गरेका छन्। हरियो जातको केरा करिब पाँच सय हेक्टरमा लगाइएको छ। बाँकी सबै क्षेत्रफलमा मालभोग केरा नै किसानले लगाएको उनले बताए।
अर्को समाचार
केरामा नयाँखाले रोग
नागरिक
२४ पौष २०७२
•
३ मिनेट पाठ
केरामा नयाँखाले रोग
चितवन- रोगले केराको बोट सुक्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन्। पसाउन ठिक्क परेका मालभोग जातको केराको पात र बोट नै सुक्न थालेको छ। केराको बोट पहेँलो हुँदै जाने, भित्रको गुवो कुहिने, पसाउने प्रक्रिया पनि रोकिँदै, बोट सुक्दै जाने रोग देखिएको हो। 'यो खडेरीको समय हैन तर केराका बोट खडेरीले खाएझैँ सुक्न थालेको छ,' पश्चिम चितवनको मंगलपुरका किसान विष्णु भट्टराईले भने, 'के हो पत्ता लाउनै सकिएको छैन।' उनले आठ बिघामा ११ हजार बोट केरा लगाएका छन्।




६ बिघाभन्दा बढी क्षेत्रको केरा सुकेको उनले बताए। '११ वर्षदेखि केरा खेती गरिरहेको छु, यस्तो सबै बोट सुकेको मैले देखेको थिइन,' उनले भने। कृषि कार्यालयका विज्ञले पनि रोग पहिचान गर्न नसकेको उनले उल्लेख गरे। एक बिघाको ५० हजार जग्गा भाडा तिर्नेगरी उनले खेती बिस्तार गरेका हुन्। भाडाबाहेक अहिलेसम्म केरामा १२ लाख बढी लगानी गरिसक्दा फल्ने बेला रोगले हैरानी दिएको गुनासो गरे। राम्रो फलेको खण्डमा उनले आठ बिघाबाट ३० लाख रुपैयाँसम्म आम्दानी गर्न सक्थे। अहिले भारतीय नाकाबन्दीको असरले चितवनको केराको माग मुख्य सहरमा बढिरहेको थियो।

केरा सुक्दै गएकाले लगानी डुबेर ऋणमा परिने भो भन्ने अर्को चिन्ताले उनलाई सताउन थालेको छ। उनले पश्चिम चितवनको जगतपुरमा २१ बिघा र पदमपुरमा थप पाँच बिघामा केरा खेती गरिरहेका छन्। उनको जस्तै चितवनका किसानका बगानमा बोट सुक्ने समस्या बढ्दै गएको छ। चित्रसारीस्थित बूढीराप्ती खोलाको किनारमा किसानले लगाएका केरा पनि नपसाउँदै सुक्न थालेका छन्। पूर्वी चितवनका किसानको बारीमा रोपिएका केरा पनि पात सुक्दै जान थालेका छन्। 'हाम्रो पनि केरा सुकेका छन्, के भएको हो खै,' किसान राधा भट्ट भन्छिन्। पूर्वी रत्ननगर नगरपालिकासँगै जुटपानी, पदमपुर, चैनपुर, पश्चिम चितवनको जगतपुर र ठिमुरामा व्यावसायिक केरा खेती विस्तार भएका छन्। केरा व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष यज्ञ सुवेदी पनि नयाँ खालको रोग देखेर छक्क छन्। 'रोग पहिचान गर्न अनेक उपाय गरिरहेको छु,' उनले भने 'पत्ता पाउन सकेको छैन।' उनी पनि पूर्वी चितवनमा बढी केरा खेती गर्नेमा पर्छन्।

चितवनमा पछिल्लो पाँच वर्षमा केरा खेती गर्ने किसान दोब्बरले बढेका छन् भने खेती गर्ने क्षेत्रफल पनि दोब्बर भएको पाइएको छ। उत्पादन भने तेब्बर बढी वृद्धि भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस