५० पाइलट माग्दा २६ को मात्र आवेदन
११ चैत्र २०७५
•
४ मिनेट पाठ
५० पाइलट माग्दा २६ को मात्र आवेदन
काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना माग गरेकोमा २६ जनाको मात्रै आवेदन परेको छ।

निगमले क्याप्टेन, जुनियर क्याप्टेन, सिनियर को–पाइलट र जुनियर को–पाइलटमा फागुन १० गते विज्ञापन खुलाएको थियो। आवेदनको अन्तिम मितिसम्ममा मागको ५२ प्रतिशत मात्रै आवेदन परेको निगमले जानकारी दिएको छ। निगममा भन्दा निजी एअरलाइन्स कम्पनीमा राम्रो सुविधा पाइने भएकाले आवेदन कम परेको हुन सक्ने अनुमान गरिएको छ। निगम सहप्रवक्ता नवराज कोइरालाका अनुसार निगमले १३ जना सिनियर क्याप्टेन माग गरेको थियो। यो पदमा मागको तुलनामा अत्यन्तै कम संख्याले मात्रै आवेदन दिएका छन्। माग १३ जना गरिए पनि आवेदन एकजनाले मात्रै दिएको कोइरालाले जनाकारी दिए। त्यसैगरी, १५ जना जुनियर क्याप्टेन माग गरेकामा तीनजनाको मात्रै आवेदन परेको छ। नौजना सिनियर को–पाइलट माग गरेकामा ६ जनाको मात्रै आवेदन परेको छ। जुनियर को–पाइलट पदको लागि भने निगमको माग संख्याभन्दा बढी आवेदन परेको छ। १३ जना जुनियर को–पाइलट माग गरेकोमा १६ जनाले आवेदन दिएका छन्।

निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने १४ थान जहाज छन्। निगमका अनुसार ती जहाज उडाउन सिनियर क्याप्टेन, जुनियर क्याप्टेन, सिनियर को–पाइलट र जुनियर को–पाइलट गरेर एक सय ४३ पाइलट आवश्यक हुन्छ। अहिले निगमसँग ८५ जना मात्रै पाइलट छन्। ‘अपुगमध्ये ५० जना पाइलट थप्न लागेका थियौंं,’ सहप्रवक्ता कोइरालाले भने, ‘सोही अनुसार विज्ञापन आह्वान गरे पनि प्राप्त आवेदन परेन।’ फागुन १० गतेबाट २१ दिनको म्याद दिएर दरखास्त आह्वान गरिएको थियो।

अब प्रक्रिया पूरा गरेर नियुक्त गरिनेछ। लोकसेवा आयोगले परीक्षा लिएपछि सक्षम व्यक्ति नियुक्त हुनेछ। रिक्त पदको लागि अर्कोपटक पात्रो अनुसार पुनः विज्ञापन गरिनेछ। अति नै आवश्यक भएको खण्डमा करारमा लिने निगमको योजना छ। निगमले पाइलटसँगै अन्य पदमा पनि दरखास्त आह्वान गरेको थियो। निगमले पाइटलसहित सिनियर क्याप्टेनदेखि ग्राउन्ड इक्विप्मेन्ट अपरेटरसम्मका पदमा एक सय ७४ कर्मचारी माग गरेको थियो। पाइलटमा पर्याप्तत आवेदन नपरे पनि कर्मचारीमा भने आवश्यकभन्दा कैयौं गुणा बढी आवेदन परेको छ।

निगमले सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना कर्मचारी माग गरेको थियो। उक्त पदका लागि १० हजार नौ सय ५० जनाको आवेदन परेको छ। त्यसैगरी, सहायकमा १८ जना माग गरिएकोमा ६ हजार दुई सय १५ जनाको आवेदन परेको छ। अधिकृत १० जना माग गरेकामा २९ सय ५० जनाको आवेदन परेको छ। निगमले पेन्टर माग गरेको थियो। निगमले दुईजना पेन्टर माग गरेकोमा दुईजना मात्रैको आवेदन परेको छ। अन्य पदका लागि आवश्यकभन्दा कम वा बढी आवेदन परे पनि पेन्टरको लागि भने माग संख्या बराबर आवेदन परेको हो।

निगममा सबै गरेर एक सय ७४ जनाको माग गरेकोमा जम्मा २५ हजार आठ सय सातजनाको आवेदन परेको छ। परेका आवेदनमध्येबाट तोकिएको योग्यता पुगेकालाई लोकसेवा आयोगले परीक्षा लिनेछ। त्यसपछि नियुक्तिका बाँकी प्रक्रिया अघि बढ्नेछ।
अर्को समाचार
पाइलटले ध्वजावाहकलाई पत्याएनन्
२७ भदौ २०६७
•
६ मिनेट पाठ
पाइलटले ध्वजावाहकलाई पत्याएनन्
सुशील भट्टराई, काठमाडौं, भदौ २८ - केही वर्षअघिसम्म राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा जहाज उडाउनु अरू पेसाभन्दा सान, मान र दामका हिसाबले आकर्षकमानिन्थ्यो। अहिले ठ्याक्कै उल्टो भएको छ। एक महिनाअघि निगमले दुई दर्जन पाइलट (क्याप्टेन) माग्दा एउटै आवेदन परेन। नयाँ पाइलट भर्ना प्रयासमा निगम व्यवस्थापन दोस्रोपल्ट असफल भएको हो। केही महिनाअघि यति नै संख्यामा पाइलट माग्दा पनि कसैले चासो देखाएन।
ध्वजावाहक जहाज उडाउन नेपाली पाइलट किन आकर्षित नभएका होलान्? यसको जवाफ निगमका अधिकारीहरूसँगै छ- 'पहिलो कारण, निगममा जहाज उडाउने पाइलटको तलब निजी कम्पनीको एक छेउ पनि छैन। दोस्रो कारण, पर्याप्त ग्यारेन्टी आवर नभएर भत्ता आकर्षक नहुनु हो।'

निगमको कार्यशैली निजी कम्पनीको दाँजोमा भिन्न रहेको, सरकारी संस्थामा काम गर्नुको 'इज्जत' बेग्लै हुने र ध्वजावाहकका जहाज उडाउँदा गर्व अनुभूति हुने मान्यता टुट्दै गएको त्यहाँ कार्यरत पाइलटहरू बताउँछन्।

'हामीलाई बजार मूल्यअनुसार सेवासुविधा छैन, पर्याप्त जहाज नहुँदा ग्यारेन्टी आवर पाउन मुस्किल छ,' निगमका पाइलटहरूको संगठन नेपाल एयरलाइन्स पाइलट्स एसोसिएसन (नापा) का महासचिव क्याप्टेन शुभराज श्रेष्ठले आइतबार नागरिकसँग भने, 'व्यवस्थापनले नयाँ पाइलट लिन सकेको छैन, यहाँबाट छाडिरहेकालाई रोक्न पनि सकेको छैन।'

एक महिनाअघि निगम व्यवस्थापनले आन्तरिक उडान गर्न आठौं तहका लागि २० जना जुनियर क्याप्टेनका लागि सूचना जारी गरेको थयो। सबै पाइलट अनुभवी मागिएको थियो। यस्ता पाइलटले नेतृत्व गरेर सिधै टि्वनअटर जहाज उडाउन पाउँथे।

'पहिलोपल्ट एकजनाको आवेदन नपरेपछि यसपालि पक्कै पर्छ भन्ने आशा थियो,' निगमका नायबमहाप्रबन्धक राजुबहादुर केसीले भने, 'दुई/चारजनाले फारम लगे, तर बुझाउन ल्याएनन्। अब अर्को निर्णय नभएसम्म दर्खास्त मागिँदैन।'

निगममा आन्तरिकतर्फ ११ र अन्तर्राष्ट्रिय उडान गर्न २९ पाइलट छन्। आन्तरिक उडानमा पाइलट अभाव भएपछि नयाँ लिन लागिएको हो।

'अहिले साना जहाज उडाउने भए पनि भविष्यमा अन्तर्राष्ट्रिय सेक्टरमा ठूला जहाज उडाउन पाइन्छ,' सम्बद्ध एक अधिकारीले भने, 'ठूला जहाज थपिएपछि यी पाइलटले भविष्यमा युरोप, अमेरिका, जापानजस्ता देशमा जहाज उडाउन पाउँथे। तर, नयाँ जहाज किन्ने विषय अलमलमा परेपछि पाइलटले चासो नदिनु स्वाभाविक हो।'

नापाका अध्यक्ष क्याप्टेन वाइके भट्टराईले अतिकम तलब भत्ता भएका कारण निगमका जहाज उडाउन व्यावसायिक पाइलटले चासो नदेखाएको बताए। निजी कम्पनीले आन्तरिक उडान गर्ने पाइलटलाई मासिक ३ लाख ५० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गरेको उनले बताए।

निगममा मासिक ७५ घन्टा उडाउन पाए १ लाख रुपैयाँ हात पर्ने उनको भनाइ छ। आन्तरिक उडान भत्ता प्रतिघन्टा १ हजार ९ सय रुपैयाँ रहेको उनले जानकारी दिए। 'तलब भत्ता कम हुने छँदैछ,' उनले भने, 'त्यसमाथि पर्याप्त जहाज छैन, अनि जहाज उडाउन नपाएपछि खालि हात बस्नुपर्ने अवस्था छ।'

व्यवस्थापन अधिकारीहरूका अनुसार निगमका पाइलटले पनि मासिक १ सय घन्टा उडाए भने तलब, भत्ता र अन्य सुविधासहित डेढ लाखसम्म हात पार्छन्। तलब करिब २५ हजारजति हुन्छ। २०४६
सालसम्म निगममा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्न १ सय २० पाइलट थिए। अहिले यो आधाभन्दा कममा झरेको श्रेष्ठले बताए।

निगमसँग हाल आन्तरिक उडानका लागि सातवटा टि्वनअटर जहाजमध्ये तीनमात्र सञ्चालनमा छन्। आउने दसैंभित्र थप एउटा जहाज सञ्चालनमा ल्याउने व्यवस्थापनको तयारी छ। उसले देशका २३ सेक्टरमा उडान गरिरहेको छ भने दाङ, सुर्खेत र धनगढी उडान बन्द गरेको छ।

दसैंबाट पाइलट आन्दोलन
निगमका पाइलटहरूले सेवा सुविधा बढाउनुपर्नेलगायत माग राखी आइतबार कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारलाई पत्र बुझाएका छन्। 'माग पूरा नभए दसैंबाट जहाज उडाउँदैनौं,' नापाका महासचिव क्याप्टेन श्रेष्ठले भने।

नापाले बुझाएको पत्रमा एउटै पाइलटले राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्न नपाउने, अन्तर्राष्ट्रियतर्फ करारमा क्याप्टेन लिन नपाउने, भाडामा जहाज ल्याउन नपाउने लगायत माग छन्। निगमले नयाँ जहाज किन्ने भने पनि उडाउने पाइलट नभएको श्रेष्ठले दाबी गरे। सम्बद्ध अधिकारीले भने यसबारे व्यवस्थापनले सबै मिलाउने बताएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस