२५ करोड लगानीमा फनपार्क
२८ चैत्र २०७५
•
४ मिनेट पाठ
२५ करोड लगानीमा फनपार्क
भरतपुरमा निर्माण गरिएको जेम्स वल्र्ड फनपार्क।
चितवन - भरतपुर महानगरपालिका–४ लंकुको अद्वैत चोकमा जेम्स वल्र्ड फनपार्क निर्माण गरिएको छ। २५ करोड रुपैयाँ लागतमा तयार गरिएको फनपार्क वैशाख १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको फनपार्कका अध्यक्ष महेश तिवारी बताउँछन्। तीन बिघा क्षेत्रफलमा रहेको फनपार्कमा एकैपटकमा चार हजार पाँच सय मानिसले मनोरञ्जन लिन सक्ने उनले बताए।

फनपार्कमा एक वर्षभन्दा बढी समय लगाएर पूर्वाधार तयार गरिएको छ। फनपार्कमा उपलब्ध मनोरञ्जनात्मक खेलको पनि केही महिनादेखि परीक्षण भइरहेको उनले बताए। स्थायी संरचना बनाइएकाले फनपार्कमा राखिएका खेल सुरक्षित रहेको दाबी उनको छ। फनपार्कमा छुट्टाछुट्टै चारवटा जोन छन्। किड्स, डाइनोसोर, ड्राई र वाटर जोन निर्माण गरिएका छन्। किड्स जोनमा स्कुटर राइड, ट्युब स्लाइड, माउन्टेन क्लाइम्बिङलगायत खेल छन्। ड्राई जोनमा फ्लाइङ चियर, मोन्सटर राइड, बम्पर कार, फेमिली कारलगायत खेल छन्। वाटर जोनमा साहसिक खेलको रुपमा वाटर स्लाइड निर्माण गरिएको छ। एक सय ६५ फिट लामो टनेलमा वाटर स्लाइड गर्न रमाइलो र आनन्द अनुभूति हुने फनपार्कका प्रबन्ध निर्देशक ईश्वर विकल सापकोटा बताउँछन्। रेडिएसन इफेक्टसहितको टनेल बनाइएकाले टनेलमा अँध्यारो नहुने उनले बताए।

फनपार्कमा छुट्टाछुट्टै किड्स, डाइनोसोर, ड्राई र वाटर गरी चारवटा जोन निर्माण गरिएका छन्।

‘ट्युबमा बसेर ४३ फिटको हाइटबाट स्लाइड गर्दै तल आइपुगिन्छ,’ उनी भन्छन्, ‘रमाइलो अनुभूति हुन्छ।’ प्लेइङ स्टेसन पनि यो जोनमा राखिएको छ। वाटर जोनमा उमेरअनुसार मिल्ने गहिराइका चारवटा स्विमिङ पुल, अम्ब्रेला वाटरफल निर्माण गरिएको छ। डाइनोसोर जोन डाइनोसोरको जीवन प्रक्रियासँग मिल्ने जानकारी दिने गरी निर्माण गरिएको छ। जोनमा एङ्ग्री गुरिल्ला र टकिङ ट्री पनि निर्माण गरिएको छ। फनपार्कमा उड्ने बुल राइड, वाइपआउट, मसाज चेयर, छुकछुके रेललगायत एक सय प्रकारका खेल खेल्न सकिने अध्यक्ष तिवारीले बताए। फनपार्कमा दुई सय, रुपैयाँदेखि सात सय ५० रुपैयाँसम्मको टिकट लाग्छ। सात सय ५० रुपैयाँको टिकटबाट फनपार्क पूरै घुम्न र खेल खेल्न सकिने बताइएको छ। फनपार्कमा बालबालिकादेखि ठूला मानिसले पनि मनोरञ्जन गर्न सक्ने सुविधा रहेको अध्यक्ष तिवारी बताउँछन्। पार्कमा ६८ जनाले लगानी गरेका छन्। भेटघाट रेस्टुरेन्टको मात्रै ५१ प्रतिशत लगानी छ। फनपार्क भरतपुरको चौबिसकोठीबाट २.५ किलोमिटर र नारायणगढको पुल्चोकबाट ३.३ किमि दूरीमा छ।
अर्को समाचार
धनगढीमा १२ करोड बढीको लगानीमा फनपार्क सञ्चालनमा
१४ वैशाख २०७५
•
३ मिनेट पाठ
धनगढीमा १२ करोड बढीको लगानीमा फनपार्क सञ्चालनमा
कैलाली – कैलालीको धनगढीमा १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ।

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो। सार्कस्तरिय उसु प्रतियोगितासमेत खेलिसकेका खेलाडी तथा व्यवसायी श्याम विष्ट, धर्मपालसिंह रावत, विजेन्द्रसिंह रावत रमुन्नि विष्टले संयुक्त लगानीमा उक्त फनपार्क निर्माण गरेका हुन्।

खेलाडी विष्टले केही वर्षको कोरिया बसाइँपछि नेपाल फर्केर यस क्षेत्रमा फनपार्कको सम्भावना देखेर पार्क निर्माण गरेको बताए।

सञ्चालक विष्टले भने,“यस क्षेत्रमा हरेकवर्ष आयोजना हुँदै आएका विभिन्न खाले मेला तथा महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य भन्दा पनि व्यापारिक प्रयोजनका लागि मात्रै सञ्चालन गरिने भएकाले पार्क निर्माणको उद्देश्य व्यापारिक प्रयोजन मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन समेत प्रदान गर्नु हो।”

झण्डै अढाइ बिगाह क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा स्वीमिङ पुलसहित वेब पुल, किड्स पुल, मल्ट्रिल्याण्ड स्लाइड, ट्युवलाईट स्लाइड, पेन्डुलम, म्युजिकल फनटेन, ब्रेक डान्सलगायतका जलविहारमा आनन्द लिन सकिने सेवा उपलब्ध छन्।

साथै फनपार्कमा रेष्टुरेन्टको समेत व्यवस्था गरिएको छ। बाहिरबाट आउने पर्यटकलाई रमाउनका लागि आवश्यक स्थान नभएपछि फनपार्क निर्माण गरेको अर्का सञ्चालक धर्मपाल सिंह रावतले बताए। सञ्चालक रावत पार्कले आन्तरिक पर्यटकलाई सबैभन्दा बढी राहत हुने बताउछन्।

नेपाल भारत सीमाक्षेत्र नजिकै रहेको उक्त फन पार्कको निर्माणबाट आन्तरिक पर्यटकसँगै भारतीय सीमावर्ती बजारका पर्यटक भित्रिनेसमेत अपेक्षा गरिएको छ।

पार्क निर्माणबाट स्थानीयस्तरमा गरिएको करोडाैंको लगानीले स्थानीयवासीलाई रोजगारीलगायत नयाँ गन्तव्यसमेत थपिएको र यस क्षेत्रको विकासमा समेत थप टेवा पुग्ने भन्दै यहाँका बासिन्दाले खुसी व्यक्त गरेका छन्।   (रासस)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस