विदेशी जेलमा पाँच सय ३२ नेपाली
०५ असार २०७६
•
९ मिनेट पाठ
विदेशी जेलमा पाँच सय ३२ नेपाली
काठमाडौं - रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन्। आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन्। कतिपय परिबन्दले पनि जेल पुगेका छन्। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए। उनका अनुसार रोजगारीको क्रममा परदेशमा रहेका नेपालीमध्ये पाँच सय ३२ जना विभिन्न आरोपमा जेलमा छन्।

सबैभन्दा बढी मलेसियाको जेलमा छन्। बोर्डका अनुसार मलेसियामा दुई सय चारजना जेलमा छन्। दोस्रो नम्बरमा रहेको संयुक्त अरब इमिरेट्समा एक सय ८५, कुवेतमा ५८, कतारमा ३८, साउदी अरेबियामा २४ र ओमानको जेलमा दुई नेपाली जेलमा छन्। तीमध्ये महिलाको संख्या १९ छ। जेलमा रहेकामध्ये २५ जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ। यो संख्या सरकारको जानकारीमा आएको मात्र हो। सरकारी जानकारीमा नआउनेको संख्या पनि हुन सक्ने अनुमान अधिकारीहरुको छ। 

कमाउने व्यक्ति जेल परेपछि नेपालमा आफन्तहरु अर्को तनावमा हुन्छन्। चार वर्षअघि संयुक्त अरब इमिरेट्समा जेल परेका सिन्धुपाल्चोकका कैलाश लामाकी पत्नी राधिकाले पति जेल परेपछि छोराछोरीको पढाइमा असर परेको गुनासो गरिन्। ‘आम्दानीको स्रोत उहाँले (पति) पठाउने रकम नै थियो,’ कैलाशलाई जेलमुक्त गर्ने उपायको खोजीमा काठमाडौं आएकी उनले भनिन्, ‘सबैले सहयोग गर्छौं भने पनि अहिलेसम्म कुनै उपाय निस्केको छैन।’ पति जेल परेपछि पैसा आउन छाडेको उल्लेख गर्दै राधिकाले केही समय गाउँमै मजदुरी गरेर गुजारा चलाए पनि पछिल्ला दिनमा निकै संकट परेको बताइन्।

‘छोराछोरीको कक्षा चढ्दैछ,’ उनले भनिन्, ‘मेरो आम्दानी भने बढ्न सकेको छैन। त्यसैले छोराछोरी पढाउन नसक्ने अवस्थामा छु।’ केही सातायता वैदेशिक रोजगार बोर्ड, विभाग र उद्धारको काम गर्ने संस्थामा पुगेर सहयोगको याचना गर्नु उनको दैनिकी बनेको छ। सरकारी अधिकारीले रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानेको भाषण गरिरहँदा विदेशी जेलमा परेकाको उद्धार गर्न कुनै चासो नराखेको पीडितको गुनासो छ।

‘कमाउन गएको व्यक्ति वर्षौंसम्म विदेशी जेलमा थुनिएको बेला सरकारी निकायबाट कुनै सहयोग नपाउँदा दुःख लागिरहेको छ,’ अर्की पीडित भीमदत्त नगरपालिका–७, कञ्चनपुरकी जानकी नाथले गुनासो गरिन्। उनका पति पदम आठ वर्षदेखि कतारको जेलमा छन्। उनले विदेशी जेलमा परेका व्यक्तिलाई सकेसम्म सरकारले छुटाउनुपर्ने, सम्भव नभए घरको सम्पत्ति बाँकी परिवारले बिक्री वितरण गर्न पाउने कानुन बनाउनुपर्ने माग गरिन्।

कमाउन गएको मूली मान्छे जेल परेपछि समस्यामा परेका परिवारको रेखदेख गर्नुपर्ने दायित्व सरकारको हुनुपर्ने पीडितको माग छ। ‘विदेशमा समस्यामा नपरेको भए सरकारी सहयोग खोज्ने सवालै रहँदैन्थ्यो,’ जानकीले भनिन्, ‘आफूलाई चाहियो भने मनपरी कानुन बनाउने तर पीडितलाई बेवास्ता गर्दा दुःख लाग्ने गरेको छ।’ भएको सम्पत्ति समयमा प्रयोग गर्न नपाए त्यस्तो सम्पत्तिको कुनै अर्थ नहुने उनको बुझाइ छ।  

रोजगारीको सिलसिलामा कतार गएको बेला कर्तव्य ज्यान मुद्दामा दोषी देखिएपछि पदम जेल परेका हुन्। पदम कतारको जेलमा पर्दा कमाउन त सकेका छैन नै साथै पत्नीले घरको सम्पत्तिसमेत बिक्री  गर्न नपाएपछि घरखर्च टार्न निकै गाह्रो परिरहेको छ। ‘उहाँको (पदम) नाममा रहेको जग्गालाई नामसारी गरेर बिक्री गर्न पाएको भए पनि राम्रोसँग खानै नपाउने अवस्था त आउँदैन्थ्यो होला ?,’ उनी भन्छिन्।

खर्चको अभावमा छोरी पढाउन गाह्रो भएको उल्लेख गर्दै उनले चरम आर्थिक संकट टार्न यतिखेर सम्पत्ति बिक्री गर्नु मात्र उपाय रहेको बताइन्। विदेशी जेलमा परेका व्यक्तिको उद्धार गर्न कसले सहयोग गर्ने हो भन्नेबारेमा समेत सरकारी निकायमै अन्योलको अवस्था देखिएको छ।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ विदेशी जेलमा परेका नेपालीलाई कस्तो खाले सहयोग चाहिन्छ भन्नेबारेमा विदेशमा रहेका नेपाली नियोगहरूले यकिन गर्नुपर्ने बताउँछन्। ‘पीडितहरू बोर्डमा आउनुहुन्छ,’ श्रेष्ठले भने, ‘नेपालमा बसेर विदेशी जेलमा रहेका व्यक्तिलाई पीडितले खोजे जसरी सहयोग गर्ने अवस्था छैन।’ विभिन्न मुलुकमा रहेका नियोगलाई सहयोग गरिदिन परराष्ट्र मन्त्रालयमार्फत आग्रह गरिए पनि परराष्ट्रका अधिकारीहरू भने काम गर्न गएको व्यक्ति समस्यामा पर्दा त्यसको सबै दायित्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हुने भन्दै पन्छिने गरेको बोर्डका कर्मचारी बताउँछन्।

‘विदेशी जेलमा परेका व्यक्तिलाई कानुनी सहायता प्रदान गर्न नियोगलाई हामीले पटकपटक पत्राचार गरिसकेका छौं,’ बोर्डका एक कर्मचारीले भने, ‘तर, उताबाट पत्रको जवाफ नै आउँदैन।’ विदेशमा रहेका व्यक्ति समस्यामा पर्दा हरेक नेपालीले सहयोग लिने ठाउँ नियोगहरू भएको उल्लेख गर्दै उनले भने, ‘नियोगहरू जिम्मेवार निकायले पठाएको पत्रको जवाफ नै फर्काउँदैनन्।’ विदेशमा कतिपय नेपाली परिबन्दमा परी अपराधमा सामेल हुने गरेको र भाषागत अज्ञानताले अपराध स्वीकार गर्नुपर्ने बाध्यता देखिएपछि बोर्डले त्यस्ता व्यक्तिलाई कानुनी सहायता प्रदान गर्न खोजेको जनाएको छ।

‘निर्दोष व्यक्ति कुनै पनि हालतमा अपराधमा नमुछियोस् भनेर बोर्डले कानुनी सहायताका लागि १५ लाख रुपैयाँसम्म खर्च गर्नसक्छ,’ श्रेष्ठले भने, ‘त्यस्तो रकम खर्चगर्नका लागि पनि विदेशमा रहेका नियोगले नै समस्याको पहिचान गरेर बोर्डलाई जानकारी गराउनुपर्छ।’ कतिपय नेपालीले भाषागत समस्या र कानुनी ज्ञानको अभावले आफूले गर्दै नगरेको अपराध स्वीकार गरेर जेलमा बस्नुपरेको बताइन्छ।
अर्को समाचार
विदेशी जेलमा पाँच सय ३२ नेपाली
३१ जेष्ठ २०७६
•
९ मिनेट पाठ
विदेशी जेलमा पाँच सय ३२ नेपाली
काठमाडौं - वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीमध्ये अहिले पाँच सय ३२ जना जेलमा परेका छन्।आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका युवाले कानुन विपरीत कार्य गरेपछि जेलमा परेका हुन्। कतिपय परिबन्दले पनि जेलमा पुगेका छन्।वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीको क्रममा विभिन्न मुलुकमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए। उनका अनुसार हाल वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुक गएका युवामध्ये जेल पर्नेको संख्या पाँच सय ३२ पुगेको छ। हाल सबैभन्दा बढी मलेसियाको जेलमा छन्।

बोर्डका अनुसार मलेसियामा दुई सय चार, संयुक्त अरब इमिरेट्समा एक सय ८५, कुवेतमा ५८, कतारमा ३८, साउदी अरेबियामा २४ र ओमानको जेलमा दुई नेपाली छन्। तीमध्ये महिलाको संख्या १९ छ। विभिन्न मुलुकका जेलमा रहेका २५ जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ। यो संख्या सरकारको जानकारीमा आएको मात्र हो। सरकारी जानकारीमा नआउनेको संख्या पनि हुनसक्ने अनुमान सरकारको छ। 

अर्कोतिर कमाउने व्यक्ति जेलमा परेपछि नेपालमा उसका आफन्तहरु अर्को तनावमा छन्। चार वर्षअघि संयुक्त अरब इमिरेट्सको जेलमा परेका सिन्धुपाल्चोकका कैलाश लामाकी पत्नी राधिकाले पति जेल परेपछि छोराछोरीको पढाइमा असर परेको गुनासो गरिन्। ‘आम्दानीको स्रोत उहाँले (पति) वैदेशिक रोजगारीबाट पठाउने रकम नै थियो,’ कैलाशलाई जेलमुक्त गर्ने उपायको खोजीमा काठमाडौं पुगेकी उनले भनिन्, ‘सबैले सहयोग गर्छौं भने पनि अहिलेसम्म कुनै उपाय निस्केको छैन।’ पति जेल परेपछि पैसा आउन छाडेको उल्लेख गर्दै राधिकाले केही समय गाउँमै मजदुरी गरेर गुजारा चलाए पनि पछिल्ला दिनमा निकै संकट परेको गुनासो गरिन्।

‘छोराछोरीको कक्षा चढ्दैछ,’ उनले भनिन्, ‘मेरो आम्दानी भने बढ्न सकेको छैन। त्यसैले छोराछोरी पढाउन नसक्ने अवस्थामा छु।’ केही सातायता वैदेशिक रोजगार बोर्ड, विभाग र उद्धारको काम गर्ने संस्थामा पुगेर सहयोगको याचना गर्नु उनको दैनिकी बनेको छ। सरकारमा रहेका व्यक्तिले रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानेको भाषण गरिरहँदा विदेशी जेलमा परेकाको उद्धार गर्न कुनै चासो नराखेको पीडितको गुनासो छ।

‘कमाउन गएको व्यक्ति वर्षौंसम्म विदेशी जेलमा थुनिँदासमेत सरकारी निकायबाट कुनै सहयोग नपाउँदा दुःख लागिरहेको छ,’ अर्की पीडित कन्चनपुर, भीमदत्त नगरपालिका–७ की जानकी नाथले गुनासो गरिन्। उनका पति पदम आठ वर्षदेखि कतारको जेलमा थुनिएका छन्।  उनले विदेशी जेलमा परेका व्यक्तिलाई सकेसम्म सरकारले छुटाउनु पर्ने यदि त्यस्तो सम्भव नभए  घरको सम्पत्ति बाँकी परिवारले बिक्री वितरण गर्न पाउने कानुन बनाउनु पर्ने माग गरिन्।

कमाउन गएको मूली मान्छे जेलमा परेपछि समस्यामा परेका परिवारको रेखदेख गर्नुपर्ने दायित्व सरकारको हुनु पर्ने पीडितहरूको माग छ। ‘विदेशमा समस्यामा नपरेको भए सरकारी सहयोग खोज्ने सवालै रहँदैन्थ्यो,’ जानकीले भनिन्, ‘आफूलाई चाहियो भने मनपरी कानुन बनाउने तर पीडितलाई बेवास्ता गर्दा दुःख लाग्ने गरेको छ।’ भएको सम्पत्ति समयमा प्रयोग गर्न नपाए त्यस्तो सम्पत्तिको कुनै अर्थ नहुने उनको बुझाइ छ।  

रोजगारीको सिलसिलामा कतार गएको बेला कर्तव्य ज्यान मुद्दामा दोषी देखिएपछि पदम जेल परेका हुन्। पदम कतारको जेलमा पर्दा कमाउन त सकेका छैन नै साथै पत्नीले घरको सम्पत्तिसमेत बिक्री  गर्न नपाएपछि घरखर्च टार्न निकै गाह्रो परिरहेको छ। ‘उहाँको (पदम) नाममा रहेको जग्गालाई नामसारी गरेर बिक्री गर्न पाएको भए पनि राम्रोसँग खानै नपाउने अवस्था त आउँदैन्थ्यो होला ?,’ उनी भन्छिन्।

खर्चको अभावमा छोरी पढाउन गाह्रो भएको उल्लेख गर्दै उनले चरम आर्थिक संकट टार्न यतिखेर सम्पत्ति बिक्री गर्नु मात्र उपाय रहेको बताइन्। विदेशी जेलमा परेका व्यक्तिको उद्धार गर्न कसले सहयोग गर्ने हो भन्नेबारेमा समेत सरकारी निकायमै अन्योलको अवस्था देखिएको छ।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ विदेशी जेलमा परेका नेपालीलाई कस्तो खाले सहयोग चाहिन्छ भन्नेबारेमा विदेशमा रहेका नेपाली नियोगहरूले यकिन गर्नुपर्ने बताउँछन्। ‘पीडितहरू बोर्डमा आउनुहुन्छ,’ श्रेष्ठले भने, ‘नेपालमा बसेर विदेशी जेलमा रहेका व्यक्तिलाई पीडितले खोजे जसरी सहयोग गर्ने अवस्था छैन।’ विभिन्न मुलुकमा रहेका नियोगलाई सहयोग गरिदिन परराष्ट्र मन्त्रालयमार्फत आग्रह गरिए पनि परराष्ट्रका अधिकारीहरू भने काम गर्न गएको व्यक्ति समस्यामा पर्दा त्यसको सबै दायित्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हुने भन्दै पन्छिने गरेको बोर्डका कर्मचारी बताउँछन्।

‘विदेशी जेलमा परेका व्यक्तिलाई कानुनी सहायता प्रदान गर्नका लागि नियोगलाई हामीले पटकपटक पत्राचार गरिसकेका छौं,’ बोर्डका एक कर्मचारीले भने, ‘तर, उताबाट पत्रको जवाफ नै आउँदैन।’ विदेशमा रहेका व्यक्ति समस्यामा पर्दा हरेक नेपालीले सहयोग लिने ठाउँ नियोगहरू भएको उल्लेख गर्दै उनले भने, ‘नियोगहरू जिम्मेवार निकायले पठाएको पत्रको जवाफ नै फर्काउँदैनन्।’ विदेशमा कतिपय नेपाली परिबन्दमा परी अपराधमा सामेल हुने गरेको र भाषागत अज्ञानताले अपराध स्वीकार गर्नुपर्ने बाध्यता देखिएपछि बोर्डले त्यस्ता व्यक्तिलाई कानुनी सहायता प्रदान गर्न खोजेको जनाएको छ।

‘निर्दोष व्यक्ति कुनै पनि हालतमा अपराधमा नमुछियोस् भनेर बोर्डले कानुनी सहायताका लागि १५ लाख रुपैयाँसम्म खर्च गर्नसक्छ,’ श्रेष्ठले भने, ‘त्यस्तो रकम खर्च गर्नका लागि पनि विदेशमा रहेका नियोगले नै समस्याको पहिचान गरेर बोर्डलाई जानकारी गराउनुपर्छ।’ कतिपय नेपालीले भाषागत समस्या र कानुनी ज्ञानको अभावले आफूले गर्दै नगरेको अपराध स्वीकार गरेर जेलमा बस्नु परेको बताइन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस