निकुञ्ज घुम्ने पर्यटक बढे
३१ असार २०७६
•
५ मिनेट पाठ
निकुञ्ज घुम्ने पर्यटक बढे
चितवन निकुञ्जमा डुंगा सफारी गर्दै पर्यटक। तस्विरः नागरिक
चितवन – चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक संख्या वृद्धि भएको छ। यो आर्थिक वर्षमा एक लाख ८५ हजार ६ सय ४४ जनाले निकुञ्ज भ्रमण गरेका छन्। एक लाख १६ हजार तीन सय ९४ विदेशी, ४४ हजार पाँच सय १२ नेपाली र २४ हजार सात सय ३८ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन्।

पर्यटकबाट २९ करोड १० लाख ९७ हजार आठ सय २३ रुपैयाँ राजश्व संकलन भएको छ। आव ०७४/७५ को भन्दा ३१ हजार नौ सय ७३ जना बढी पर्यटकले निकुञ्ज भ्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए।

गएको आर्थिक वर्षमा एक लाख ५२ हजार ६ सय ७१ पर्यटकले निकुञ्ज घुमेका थिए। २४ करोड ८१ लाख ९९ हजार नौ सय ९८ रुपैयाँ संकलन भएको थियो। आर्थिक वर्ष ०६३६४ मा ८१ हजार एक सय ७१ पर्यटक चितवन निकुञ्ज आएका थिए। त्यस वर्ष चार करोड ७७ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसपछि निकुञ्ज घुम्ने पर्यटकको संख्या राजस्व संकलनको दर क्रमशः बढ्न थालेको पाइन्छ। आव ०७१÷७२ मा भने एक लाख ७८ हजार दुई सय ५७ पर्यटकले निकुञ्ज भ्रमण गर्दा २४ करोड ६८ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको निकुञ्जको तथ्यांक रहेको छ।

२०७२ को वैशाखमा भूकम्प गएपछिको आर्थिक वर्षमा भने पर्यटकको संख्या घटेको थियो। आव ०७२/७३ मा भने ८७ हजार तीन सय २१ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। त्यस वर्ष ११ करोड ६८ लाख ५३ हजार सा सय १० रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसपछिका वर्ष निकुञ्ज घुम्ने पर्यटकको संख्या बिस्तारै बढ्दै गएको उनी बताउँछन्। जिप सफारी, ढुंगा सफारी र जंगल वाक गरेर पर्यटक निकुञ्जमा घुम्छन्।

निकुञ्ज घुम्ने पर्यटक सौराहा, घटगाई, कसरा, भिम्ले, अमलटारीलगायत स्थानबाट निकुञ्ज प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ। ‘निकुञ्जको भित्री क्षेत्र घुमघाम गर्ने पर्यटकको संख्या हरेक वर्ष बढ्दैछ,’ प्रमुख संरक्षण अधिकृत ढकाल भन्छन्, ‘सौराहा घुम्न आइपुग्ने आधाभन्दा केही बढी पर्यटक मात्र निकुञ्ज प्रवेश गर्ने गरेका छन्।’ गैंडा संरक्षण गर्ने उदेश्य राखेर स्थापना गरिएको निकुञ्जले पर्यापर्यटनबाट राम्रो आम्दानी गरिरहेको उनले बताए।

निकुञ्जभित्र जिप सफारी गर्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सातवटा जिप निकुञ्ज प्रवेश गर्छन्। वर्षात्को समयमा भने निकुञ्जमा जिप सफारी बन्द गरिन्छ। यो वर्ष पनि असारको २१ गतेबाट निकुञ्जभित्र गरिने जिप सफारी बन्द गरिएको छ। वर्षात्को समयमा जिप सफारी गर्ने बाटो बिग्रने, हिलो हुने, रुख ढल्ने, घाँसको झाडी बढ्ने भएकाले केही महिनाका लागि हरेक वर्ष जिप सफारी बन्द गरिँदै आएको छ। दसैं, तिहारको समयअगावै जिप सफारी पुनः सञ्चालन गर्ने गरिन्छ। निकुञ्जको मध्यवर्ती क्षेत्रका वनमा भने वर्षात्को समयमा पनि जिप सफारी चल्छ।

विभिन्न कार्यक्रमअन्तर्गत यो आवमा निकुञ्जको बजेट ३५ करोड ७१ लाख ८५ हजार रुपैयाँ रहेकामा ८४.६१ प्रतिशत बजेट खर्च भएको ढकालले बताए। राष्ट्रिय निकुञ्ज आयोजना, वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग प्रवद्र्धन आयोजना, हात्तीसार आयोजना, मध्यवर्ती क्षेत्र कार्यक्रमलगायत शीर्षकमा निकुञ्जलाई बजेट प्राप्त हुँदै आएको छ। यो आर्थिक वर्षमा पर्यटन विकासका लागि प्रदेश ३ सरकारले निकुञ्जलाई सफारी बाटो मर्मत, भ्यू टावर निर्माण, आरसिसी मचान निर्माण र आरसिसी कल्भर्ट निर्माणका लागि दुई करोड ८० लाख रुपैयाँ प्रदान गरेको उनले जानकारी दिए।
अर्को समाचार
निकुञ्ज घुम्ने विदेशी पाहुना घट्दा बढे आन्तरिक पर्यटक
०८ जेष्ठ २०८३
•
२ मिनेट पाठ
निकुञ्ज घुम्ने विदेशी पाहुना घट्दा बढे आन्तरिक पर्यटक
चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन्। गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको हो।

गत वर्ष सार्क मुलुकका १८ हजार ९३३ र तेस्रो मुलुकका ८१ हजार ८९७ जनाले निकुञ्जको भ्रमण गरेका जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले यस वर्ष सार्क मुलुकका १३ हजार ९९२, तेस्रो मुलुकका ७५ हजार ६३८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका उल्लेख गरे।

बाह्य पर्यटक घटे पनि आन्तरिक पर्यटकमा भने गत वर्षको तुलनामा यस वर्ष बढेका छन्। गत आवको वैशाखसम्म निकुञ्ज भ्रमण गर्ने नेपाली पर्यटक एक लाख तीन हजार ६७२ रहेकामा चालु आवमा यो सङ्ख्या बढेर एक लाख ३७ हजार २४६ पुगेको निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिए।

यस वर्ष नेपालमा भएको जेनजी प्रदर्शनपछि देखिएका राजनीतिक घटनाक्रम र मध्यपूर्वका देशमा भएको द्वन्द्वका कारण बाह्य पर्यटकको आगमनमा कमी आएको उनले बताए।

नेपालीहरू पछिल्लो समय घुम्न थालेकाले आन्तरिक पर्यटकको आगमन बढेको सूचना अधिकारी थापामगरको भनाइ छ। उनले भने, ‘सरकारले सातामा दुई दिन बिदा दिएकाले पनि आन्तरिक पर्यटक बढेका हुनसक्छन्।’ गत वर्ष फागुन, चैत, वैशाखमा आन्तरिक पर्यटक ३४ हजार २०२ आएकामा यस वर्ष सो समयमा ४७ हजार ६६१ पुगेका उनले जानकारी दिए।

निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा अवलोकन भ्रमण गर्न विशेषगरी पर्यटक आउने गर्दछन्। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, जिप सफारी, पैदल सफारी, डुङ्गा सयर गर्न पर्यटक आउने गर्दछन्। निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडियाल गोहीलगायत वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, सरिश्रीप हेर्न पर्यटक आउने उनले बताए।

यस वर्ष निकुञ्ज भ्रमण गर्ने पर्यटकबाट रु २३ करोड पाँच लाख ५० हजार ६०० राजस्व सङ्कलन भएको सूचना अधिकारी थापामगरले जानकारी दिए। उनका अनुसार काठदाउरा बिक्रीबापत रु ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबापत रु एक करोड ९५ लाख ३१ हजार ७५५, दण्डसजायबाट रु १० लाख ७१ हजार ९०४ र अन्य शीर्षकबाट रु १५ लाख २२ हजार ४०५ रकम राजस्व सङ्कलन भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस