दूधको मूल्य १० रुपैयाँ बढाउन माग
१७ साउन २०७६
•
६ मिनेट पाठ
दूधको मूल्य १० रुपैयाँ बढाउन माग
दूधको मूल्य बढाउन माग राख्दै दूध उत्पादक अगुवा किसान। तस्बिर : नागरिक
चितवन – किसानले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने माग गरेका छन्। पछिल्लो तीन वर्षदेखि दूधको मूल्य नबढेको भन्दै किसानले मूल्य बढाउनुपर्ने माग राखेका हुन्। दूधमा फ्याटको मात्रा ५.५० र एसएनएफको मात्रा २.९२ हुँदा टियस ३२.७५ पर्दा दूधको मूल्य प्रतिलिटर ४८.३६ रुपैयाँ कायम गरिएको लामो समय बित्दा पनि नबढेको किसानको भनाइ छ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपाने अहिले किसानले पाइरहेको मूल्यमा न्यूनतम १० रुपैयाँ वृद्धि गर्दा पनि लागत मूल्य नउठ्ने बताउँछन्। अहिले दूधको उत्पादन लागत चितवनमा प्रतिलिटर करिब ६३ रुपैयाँ रहेको उनले बताए। ‘तीन वर्षअघि २४/२५ रुपैयाँ किलो पर्ने चोकर र दानाको भाउ बढेर अहिले ३७/३८ रुपैयाँ पुगेको छ,’ उनी भन्छन्, ‘अनि किसानले किन्नुपर्ने सामानको मूल्य सधैं बढ्छ, किसानले बेच्ने दूधको मूल्य नबढ्ने ?’

चोकर र दानाको मूल्य बढ्दा दुग्ध उत्पादक किसान स्वतः घाटामा रहेको उनी बताउँछन्। संघले मूल्य वृद्धि गर्नुपर्नेसँगै विभिन्न सहकारी संस्थालाई कर छुट दिए जसरी नै दुग्ध सहकारी र किसानलाई पनि कर छुटको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। यस्तै, दुग्ध सहकारीलाई विद्युत् महशुलमा दिएको ५० प्रतिशत छुटको व्यवस्था कायम गरेर कार्यान्वयन गरिनुपर्ने, छिमेकी मुलुकबाट अनाधिकृत रुपमा आउने दूध तथा दुग्धजन्य पदार्थमा रोक लगाउनुपर्ने माग राखिएको छ।

सरकारले प्रतिलिटर दूधमा तीन रुपैयाँ प्रोत्साहन रकम दिँदै आएकामा एक वर्षअघिबाट त्यो समेत हटाइएको दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेती बताउँछन्। यसले समेत किसानलाई पशुपालनमा लाग्न हतोत्साही गरेको उनको भनाइ छ। नेपालमा आत्मनिर्भर हुन लागेको पशुपालनको दूध उत्पादनमा तीन वर्षअघिको तुलनामा ३२ प्रतिशत लागत बढेको उनले बताए। किसानको लागत, परिश्रम, समस्या बुझेर दूधको मूल्य समायोजन गरिनुपर्ने उनी बताउँछन्।

अहिले किसानलाई दिइराखेको मूल्यमा १० रुपैयाँ वृद्धि गर्दा पनि उपभोक्तालाई मूल्य बढाउनुपर्ने आवश्यकता नरहेको उनी बताउँछन्। ‘किसानले ४८ रुपैयाँमा बेच्ने दूध नै उपभोक्ताले ८० रुपैयाँ तिरेर खानुपरेको छ,’ उनी भन्छन्, ‘किसानबाट दूध किनेर बिक्री गर्ने बीचकाले बढी नाफा राख्नु भएन।’ चितवन जिल्लालाई गएको जेठमा दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको छ। जिल्लामा दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुन्छ। यहाँ उत्पादन हुने दूधमध्ये ४३ प्रतिशत दूध काठमाडौं उपत्यका, पोखरालगायत स्थानमा पठाइन्छ। जिल्लामा एक सय ३८ वटा दुग्ध उत्पादक सहकारी छन्।

राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य भागिरथ तिमिल्सिना राष्ट्रिय दूध नीति २०६४ बनाएर पनि कार्यान्वयन नगरिएको बताउँछन्। अहिले दूध नीति परिमार्जन गरेर ल्याउने तयारी गरिएको छ। प्रस्तावित नीतिमा प्रत्येक वर्ष दूधको मूल्य पनि समायोजन गर्ने उल्लेख रहेको उनले जानकारी दिए। दूध नीति चाँडै तयार गरेर कार्यान्वयन गरिनुपर्ने उनले बताए। ‘नीति बन्छन्, तर कार्यान्वयन नै हुँदैनन्,’ उनले भने, ‘व्यवहारिक रुपमै कार्यान्वयन हुने गरि ल्याइनुपर्छ।’

२०६४ देखि २०७१ सालसम्म दुग्ध उत्पादक सहकारीमा चिस्यान केन्द्र सञ्चालन गर्दा उठ्ने विद्युत् महशुलमा ५० प्रतिशत छुट दिइएको थियो। पछि हटाइएको यो प्रावधान कायम गरिनुपर्ने उनको भनाइ छ। अहिले दुग्ध उत्पादक सहकारीले नाफाको २० प्रतिशत कर तिनुपर्ने व्यवस्था छ। दूधमा आत्मनिर्भर नभई करमुक्त गरिँदा किसान पशुपालनमा लाग्न प्रेरित हुने उनको भनाइ छ।

दुग्ध सहकारीलाई हुने लाभ र नाफा बोनसमार्फत किसानलाई वितरण गरिने भएकाले करबापत तिर्नुपर्ने रकम किसानलाई प्रदान गरिँदा लागत घटाउन सहयोगी हुने उनको भनाइ छ। दुग्ध विकास बोर्डले दूधमा १० रुपैयाँ बढाउन सरकारलाई सिफारिस गरिसकेको उनले जानकारी दिए। ‘लागतअनुसार आम्दानी मूल्य भएन भने पशुपालनमा किसानलाई टिकाउन सकिँदैन,’ उनले भने, ‘सानोतिनो अनुदानले मात्र सबै किसानलाई उकास्न सक्दैन।’
अर्को समाचार
दूधको मूल्य बढाउने तयारी, किसान असन्तुष्ट
नागरिक
०३ माघ २०७०
•
४ मिनेट पाठ
दूधको मूल्य बढाउने तयारी, किसान असन्तुष्ट
चितवन– सरकारले माघ दोस्रो साता दूधको मूल्य बढाउने तयारी गरेपछि किसानहरू मूल्यअन्तर बढीमा १० रुपैयाँ हुनुपर्ने माग गरेका छन्। किसानले पटकपटक दूधको मूल्य बढाउन माग गर्दै आएपछि दुई वर्षयता बढेको छैन।
अहिले सरकारले किसानको हकमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र डिडिसीलगायतलाई १ रुपैयाँ ५० पैसा गरी ४ रुपैयाँ बढाउने तयारी गरेको स्रोतले जनाएको छ। दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्त भने अहिले अध्ययनकै क्रममा भएकाले यति नै बढ्छ भन्न नसकिने बताउँछन्।

उनका अुनसार कृषि मन्त्रालयको सहभागितामा अध्ययन टोली गठन गरेर यसबारे काम भइरहेको छ। टोलीको प्रतिवेदनका आधारमा मूल्य आउने भएकाले १० दिनभित्रमा तय हुनेछ। मागविपरीत मूल्य बढाउने तयारी गरेपछि चितवनका किसान विरोधमा उत्रिएका छन्। अहिले दूधको मूल्यअन्तर कृषक र उपभोक्ताबीच २० रुपैयाँ बढी रहेको भन्दै कम्तीमा पनि ३३ प्रतिशत मूल्य बढाउनु पर्ने चितवनका गाईपालक कृषक विनोद सापकोटा बताउँछन्। उनका अनुसार किसानले पाउने दूधको मूल्य प्रतिलिटर ४५ रुपैयाँभन्दा बढी हुनुपर्छ।

अहिले उपभोक्ताले झ्याट ननिकालेको दुध ६० रुपैयाँ प्रतिलिटर र फ्याट निकालेको ५० रुपैयाँमा खरिद गर्दै आएका छन्। तर सोही दूधमा किसानले ३२ देखि ३५ रुपैयाँ पाउँछन्। लागत मूल्य समेत पाउन मुस्किल भएको चितवन पटिहानीका किसान कृष्णराज भण्डारीले बताए।

नेपालमा दैनिक १२ लाख लिटर दुध उत्पादन हुन्छ। ४ लाख लिटर दूधबाहिरबाट आयात हुँदै आएको छ। दूधको मूल्य राम्रो पाउन नसकेपछि किसानले निजी डेरी र आफैं पनि बजारमा दूध बेच्दै आएका छन्। चितवनमा २ लाख लिटर दुध उत्पादन हुँदै आएको छ।

'मूल्यमा १० रुपैयाँको अन्तरबाट बढी भयो भने हामी सडकमा गाई ल्याइदिन्छौं र दूध पौख्छौं। यसको विकल्प छैन', किसान पूर्णदत्त भुषालले भने, 'फ्याक्ट्रीले दलाली गर्ने अवस्थाको अन्त्य हुनुपर्छ।'

उनीहरूले आफ्ना समस्या समाधानका लागि भन्दै हालै व्यावसायिक दुग्ध उत्पादक किसान समाजसमेत गठन गरेका छन्। चितवनका १ सय ५० किसान यसमा आबद्ध छन्। दूधको मूल्य बढाउन लागेको सुइँको पाएपछि अहिले उचित मूल्यको माग गर्दै किसानले दबाब दिनथालेका छन्। विभिन्न १५ बुँदे माग अघि सारेको समाजका अध्यक्ष आनन्द न्युरेले बताए।

किसानको हकमा ३३ प्रतिशत मूल्य बढाउनुपर्ने, उपभोक्ता र उत्पादकको दुरी १० रुपैयाँमा सीमिति हुनुपर्ने, नेपालमै उन्नत जातका गाई उत्पादन गर्नुपर्ने, राज्यले ऋण सहुलियत दिनुपर्ने, अनुदान दिनुपर्नेलगायत माग उनीहरूको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस