अब आर्थिक सहायता स्थानीय तहबाटै
०६ भदौ २०७६
•
७ मिनेट पाठ
अब आर्थिक सहायता स्थानीय तहबाटै
काठमाडौं – वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले अबदेखि स्थानीय तहबाटै आर्थिक सहायता पाउने भएका छन्।

सरकारले वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन गरी वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले नियमावली संशोधनपछि वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले मात्र नभई अंगभंग भएकाले पनि स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था गरिएको बताए।

यसअघि वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्त र अंगभंग भएका घाइतेहरू आर्थिक सहायता लिन वैदेशिक रोजगार बोर्डको सचिवालय धाउनुपर्ने बाध्यता थियो।

सचिवायलको कार्यालय काठमाडौंबाहेक देशका अन्य कुनै पनि स्थानमा छैन। जसले गर्दा देशको जुनसुकै स्थानमा बसोबास गर्दै आइरहेका पीडित आर्थिक सहायता लिनका लागि काठमाडौं आउनैपथ्र्यो।

आर्थिक सहायता लिन ग्रामीण बस्तीबाट राजधानी आउँदा कैयौं पीडित थप समस्यामा पर्ने गर्थे। बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार आर्थिक सहायता लिनका लागि कतिपय मृतकका चार–पाँच जनासम्म आफन्त काठमाडौं आउनुपर्ने अवस्था रहँदै आएको छ।

यसअघि वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्त र अंगभंग भएका घाइतेहरू आर्थिक सहायता लिन वैदेशिक रोजगार बोर्डको सचिवालय धाउनुपर्ने बाध्यता थियो

‘दुर्गम भेकबाट आर्थिक सहायता लिन केन्द्र धाउनुपर्ने बाध्यताले आर्थिक र शारीरिक शोषणमा पर्ने संख्या ठूलो रहेको पाइन्छ,’ उनले भने, ‘जसले गर्दा लामो समयदेखि आर्थिक सहायता स्थानीय स्तरबाटै वितरण गरिनुपर्छ भन्ने धारणा रहँदै आएको हो।’

सहसचिव ढुंगानाले नियमावली संशोधनपछि पीडितले आफू बसिरहेको स्थानीय तहमा आर्थिक सहायता पाउन निवेदन दिन सक्ने बताए। ‘पीडितले स्थानीय तहमा आर्थिक सहायता दिएपछि प्रमाण संकलन र अन्य काम सम्बन्धित स्थानीय तहले सम्पन्न गरेपछि बोर्डलाई जानकारी गराउँछन्,’ उनले भने, ‘त्यसपछि बोर्डले पीडितको खातामा आर्थिक सहायता सिधै जम्मा गरिदिन्छन्।’

हाल कतिपय पीडितले बोर्डबाट प्राप्त हुने आर्थिक सहायता आवतजावत र होटल खर्चमा सक्ने गरेको गुनासो गर्दै आएका छन्। श्रम स्वीकृतिको अवधिभित्र निधन भएका श्रमिकका आफन्तलाई बोर्डले प्रतिव्यक्ति सात लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्छ। त्यस्तै बिमा कम्पनीले १४ लाख रुपैयाँसम्म दिने गर्छन्। श्रम स्वीकृतिको म्याद सकिएर निधन भएका व्यक्ति आफन्तलाई भने बोर्डले १० हजार रुपैयाँ दिने गर्छ।

बोर्डले वैदेशिक रोजगारीको क्रममा निधन हुनेका आफन्त तथा घाइते र अंगभंग भएकालाई बर्सेनि ५० करोड रुपैयाँ भन्दा बढी आर्थिक सहायता वितरण गर्दै आएको छ। बोर्डले पीडित र उनीहरूका आफन्तलाई २०६५ सालदेखि वितरण गर्दै आएको हो। आर्थिक वर्ष २०७५/७६ मा भने आर्थिक सहायताको रकम वृद्धि भएर ६२ करोड रुपैयाँ पुगेको बोर्डले जनाएको छ।

सोही वर्ष रोजगारीका लागि विभिन्न मुलुक पुगेका श्रमिकमध्ये सात सय ५३ को गन्तव्य मुलुकमा निधन भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा नयाँ र पुराना गरी करिब पाँच लाख युवा रोजगारीका लागि विभिन्न गन्तव्य मुलुक पुगेका थिए।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले वैदेशिक रोजगारीको क्रममा निधन र अंगभंग हुनेको संख्या बढ्दै गएकाले दिनु पर्ने आर्थिक सहायता पनि बढिरहेको बताए।  श्रेष्ठले भने, ‘पछिल्ला वर्ष बोर्डको आम्दानी कम र खर्च बढी हुन थालेको छ।’ आर्थिक वर्ष २०७५÷७६ मा वैदेशिक रोजगारीमा जाने कामदारसँग बोर्डले  ७८ करोड रुपैयाँ संकलन गरेको छ।

वैदेशिक रोजगारीमा जानुअघि कामदारसँग संकलन गरिने रकमबाट बोर्डले मृतकका आफन्त, अंगभंग, बिरामी तथा कामदारसँग सम्बन्धित कल्याणकारी काम गर्ने गर्छ। बोर्डले दुईदेखि तीन वर्ष भिसा अवधि हुने गन्तव्य मुलुकमा जाने कामदारबाट प्रतिव्यक्ति एक हजार पाँच सय र तीनदेखि पाँच वर्ष भिसा अवधि हुने मुलुक जानेसँग दुई हजार पाँच सय रुपैयाँ शुल्क लिने गर्छ।

यसैबीच सोमबार वैदेशिक रोजगारसँग सम्बन्धित व्यवस्थापनको स्थानीयकरणबारे मानव अधिकारका लागि जनमञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रमविज्ञ तथा अधिवक्ता सोम लुइँटेलले वैदेशिक रोजगारीका सेवा स्थानीयकरण गर्दै जाँदा समस्या समाधान हुँदै जाने बताए। उनले श्रम स्वीकृति पनि कम्तीमा प्रदेश तहबाट दिनुपर्ने बताए। परराष्ट्र मन्त्रालयका सहचसचिव हरिशचन्द्र घिमिरले वैदेशिक रोजगारीका संरचनाभन्दा सेवालाई विकेन्द्रीकृत गर्न आवश्यक रहेको बताए।
अर्को समाचार
स्थानीय तहबाट आर्थिक सहायता दिन सुरू
१६ असोज २०७६
•
६ मिनेट पाठ
स्थानीय तहबाट आर्थिक सहायता दिन सुरू
काठमाडौं – वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्ताई स्थानीय तहबाटै आर्थिक सहायता दिने निर्णय कार्यान्वयनमा ल्याइएको छ।

बुधबार वैदेशिक रोजगार बोर्डले सूचना जारी गर्दै स्थानीय तहबाट आर्थिक सहायता लिनका लागि आवश्यक पर्ने कागजपत्रको विवरण समेत खुलाएको छ। बोर्डका अनुसार वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले स्थानीय तहबाट आर्थिक सहायता लिन गन्तव्य मुलुक पुगेको राहदानी, विदेशस्थित रोजगारदाता कम्पनी, नियोग/अस्पतालबाट मृत्युको प्रमाणपत्र, स्थानीय तहले प्रदान गरेको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपी तथा स्थानीय तहबाट हकवाला खुलेको फोटो र बैंकको नाम र बैंक खाता नम्बर उपलब्ध गराउनु पर्नेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन गरेपछि स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था भएको हो। भदौ १ मा  मन्त्रालयको उक्त निर्णय राजपत्रमा प्रकाशित भएपछि बोर्डले स्थानीय तहबाट आर्थिक सहायता वितरणको व्यवस्था मिलाएको हो।

यसअघि वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्त र अंगभंग भएका घाइतेहरू आर्थिक सहायता लिन बोर्डको सचिवालय धाउनु पर्ने बाध्यता थियो। सचिवायलको कार्यालय काठमाडौंबाहेक देशका अन्य कुनै पनि स्थानमा छैन। जसले गर्दा देशको जुनसुकै स्थानमा बसोबास गर्दै आइरहेका पीडित आर्थिक सहायता लिनका लागि काठमाडौं पुग्नैपथ्र्यो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन गरेपछि स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था भएको हो।

आर्थिक सहायता लिन ग्रामीण बस्तीबाट राजधानी आउँदा कैयौं पीडित थप समस्यामा पर्ने गर्थे। दुर्गम भेकबाट आर्थिक सहायता लिन केन्द्रसम्म धाउनु पर्दा आर्थिक र शारीरिक शोषणमा पर्ने गरेको गुनासो रहँदै आएको थियो। हाल कतिपय पीडितको बोर्डबाट प्राप्त हुने आर्थिक सहायता आवतजावत र होटल खर्चमा सक्ने गरेको गुनासो समेत छ ।

श्रम स्वीकृतिको अवधिभित्र निधन भएका श्रमिकका आफन्तलाई बोर्डले प्रतिव्यक्ति सात लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्छन्। त्यस्तै बिमा कम्पनीले १४ लाख रुपैयाँसम्म दिने गर्छन्। श्रम स्वीकृतिको म्याद सकिएर निधन भएका व्यक्ति आफन्तलाई भने बोर्डले १० हजार रुपैयाँ दिने गर्छ।

बोर्डले वैदेशिक रोजगारीको क्रममा निधन हुनेका आफन्त तथा घाइते र अंगभंग भएकालाई बर्सेनि ५० करोड रुपैयाँ भन्दा बढी आर्थिक सहायता वितरण गर्दै आएको छ। बोर्डले पीडित र उनीहरूका आफन्तलाई २०६५ देखि वितरण गर्दै आएको हो। आर्थिक वर्ष २०७५/७६ मा  रोजगारीका लागि विभिन्न मुलुक पुगेका श्रमिकमध्ये सात सय ५३ को रोजगारीको क्रममा विदेशमा निधन भएको थियो। सोही वर्ष नयाँ र पुराना गरी करिब पाँच लाख युवा रोजगारीका लागि विभिन्न गन्तव्य मुलुक पुगेका थिए।

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगारीको क्रममा निधन र अंगभंग हुनेको संख्या बढ्दै गएकाले दिनु पर्ने आर्थिक सहायता पनि बढिरहेको बताए।  श्रेष्ठले पछिल्ला वर्ष बोर्डको आम्दानी कम र खर्च बढी हुन थालेको बताए।  आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जाने कामदारसँग बोर्डले  ७८ करोड रुपैयाँ संकलन गरेको छ।

वैदेशिक रोजगारीमा जानुअघि कामदारसँग संकलन गरिने रकमबाट बोर्डले मृतकका आफन्त, अंगभंग, बिरामी तथा कामदारसँग सम्बन्धित कल्याणकारी काम गर्ने गर्छ। बोर्डले दुईदेखि तीन वर्ष भिसा अवधि हुने गन्तव्य मुलुकमा जाने कामदारबाट प्रतिव्यक्ति एक हजार पाँच सय र तीनदेखि पाँच वर्ष भिसा अवधि हुने मुलुक जानेसँग दुई हजार पाँच सय रुपैयाँ शुल्क लिने गर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस