काठमाडौं – संघीय सरकारले क्षेत्राधिकार विपरीत साढे आठ सय सडकको जिम्मेवारी अझै आफैंसँग राखेको छ। प्रदेश र स्थानीय तहले सम्पन्न गर्नुपर्ने योजना संघ आफैंले राख्दा एकातिर कानुन उल्लंघन भएको छ भने अर्कोतर्फ मनलाग्दी रूपमा योजना छनोट गर्दा विनियोजित बजेट खर्च नहुने देखिएको छ।
सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले आर्थिक वर्ष २०७६/७७ मा देशभरि एक करोड रुपैयाँ हाराहारीका साढे आठ सय सडकका योजना सम्पन्न गर्नुपर्ने दायित्व थपिएको बताए।
सरकारले स्थानीय तहलाई बाइपास गरी ती योजना अघि सारे पनि संघीय सरकारकै संयन्त्रले काम गर्न कठिन हुने जनाएको छ। सरकारको त्यस्तो निर्णयका कारण प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आफूहरूको भूमिका न्यून भएको गुनासो पनि गरिरहेका छन्।
संविधानले राष्ट्रिय राजमार्ग, केही महत्वपूर्ण ठूला सडकको जिम्मेवारी मात्र संघको हुने व्यवस्था गरेको छ। तर, एक करोड रुपैयाँ लागतका आयोजनासमेत सडक विभाग मातहत राखिएपछि कतिपयले किन यस्तो गरिएको भन्दै आलोचना पनि गरिरहेका छन्। संघबाट हेर्नुपर्ने व्यवस्था गरिएका आठ सय ४६ सडकमध्ये कतिपयको लागत ७०/८० लाख रुपैयाँ पनि रहेको बताइएको छ।
‘संविधान अनुसार संघको दायित्व राष्ट्रिय राजमार्ग निर्माण र मर्मतको मात्र हो,’ सापकोटाले भने, ‘तर, सरकारले नै जिम्मा दिएपछि गर्दैनौं भन्न मिलेन।’ एक करोड रुपैयाँसम्मका योजना संघबाटै सम्पन्न गर्नुपर्ने भएपछि बजेटजति प्रशासनिक काममा खर्च हुने खतरा उत्तिकै रहेको कर्मचारी बताउँछन्।
‘एक करोड रुपैयाँका योजना भए पनि इन्जिनियर खटाउनेदेखि सबै प्रक्रिया पूरा गर्नै प-यो,’ विभागका एक कर्मचारीले भने, ‘योजना सुरु भएदेखि सम्पन्न नभएसम्म कर्मचारी पटकपटक फिल्डमै जानु प-यो।’ प्रदेश र स्थानीय तहको दायित्व हुने योजना संघीय सरकारले नै जिम्मा लिएपछि स्थानीय तहका जनप्रतिनिधिले त्यस्तो कार्यको विरोध गरेका छन्।
बाँकेको राप्तीसोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओलीले स्थानीय तहले गर्नुपर्ने विकासका काम संघले गर्नु हस्तक्षेप भएको गुनासो गरे। ‘आफैंले बनाएको कानुन आफैंले नमान्नुलाई स्थानीय तहले आपत्तिको रूपमा लिएका छौं,’ उनले भने, ‘५० करोड बजेट चलाउन अभ्यस्त भइसकेका स्थानीय तहलाई अनेक बहाना गर्दै कमजोर देखाउनु गलत हो।’ उनले एक करोड रुपैयाँ लागतका योजना संघले कुनै पनि हालतमा जिम्मेवारी लिन नमिल्ने बताए।
विभाग स्रोतका अनुसार सांसदहरूको दबाबमा परेर आर्थिक वर्ष २०७६/७७ को बजेटमा एक करोड रुपैयाँका साना योजना संघको जिम्मामा राखिएको हो। साना योजना संघको जिम्मामा राख्दा सांसदहरूले स्थानीय तहमा आफूले काम गरेको जस्तो देखाउनलाई अर्थमन्त्रीलाई दबाब दिएर बजेट राख्न लगाएको बताइन्छ। विभागका अधिकारीहरू जुन मनसायले सडकका साना योजना संघबाट गर्न खोजिए पनि त्यसबाट उपलब्धि हात लाग्ने सम्भावना भने निकै कम रहेको बताउँछन्। जसले गर्दा चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका ती योजनाको अधिकांश बजेट खर्च नहुने सम्भावना बढी रहेको विभागका कर्मचारी बताउँछन्।
‘विभागलाई तोकिएको जिम्मेवारी अरु नै छन्,’ उपमहानिर्देशक सापकोटाले भने, ‘बजेटमा गरिएको यस्तो व्यवस्थाले विभागलाई भार थपिएको छ।’ कर्मचारी समायोजनसमेत भइसकेकाले यतिखेर ती योजना अनुगमन गर्न विभागसँग जनशक्तिको अभाव भएको बताइन्छ।

विभागका अधिकारीहरू जुन मनसायले सडकका साना योजना संघबाट गर्न खोजिए पनि त्यसबाट उपलब्धि हात लाग्ने सम्भावना भने निकै कम रहेको बताउँछन्।