काठमाडौं – जारी नाडा अटो सो २०१९ को तेस्रो दिनसम्म आइपुग्दा सुजुकी, महिन्द्रा, निसान, ड्याट्सन तथा फोर्डका गाडीमा ग्राहकको औधि रुचि देखिएको छ। जारी मेलामा सुजुकीले दुई लाखसम्म नगद छुट, अधिकतम एक लाखसम्मको एक्सचेन्ज बोनस, इ–स्क्र्याच सिस्टममार्फत अधिकतम एक लाखसम्मको थप छुट तथा एक वर्षसम्मको सवारी कर निःशुल्क सहित स्मार्ट हाइब्रिड कारले राम्रो व्यापार गरिरहेको जनाएको छ।
कम्पनीले बिक्रीमा रहेका इर्टिगा, सियाज र एस क्रस गरी तीन मोडेलका गाडी राखेको जनाएको छ। जसको खरिद मूल्य क्रमशः ३८ लाख ९९ हजार, ३८ लाख २९ हजार तथा ४२ लाख ९९ हजार छ।
महेन्द्राले एक्सयुभी–३००’ तथा ‘मराजो’बाट राम्रो रेस्पोन्स पाइरहेकोे जनाएको छ। एक्सयुभी–३०० मा दुई प्रकारका इन्जिन अप्सन छन्, जुन १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले पाँच हजार आरपिएममा ११० पिएस पावरका साथै ३५ सय आरपिएममा २०० एनएम–टर्क उत्पादन गर्ने जनाइएको छ।
यसमा आकर्षक सनरुफको साथै, एलइडी डेटाइम रनिङ–लाइट, पुस स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायत विशेषता छन्।
सातवटा एअरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्विल, इबिडी तथा एबिएस जस्ता अत्याधुनिक विशेषताले एक्सयुभी–३०० निकै सुरक्षित गाडी बनेको उल्लेख छ।
एक्सयुभी ३०० को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि ३९ लाख ७५ हजार र डिजेल डब्लू फोर वर्गका लागि ४१ लाख २५ हजार तोकिएका जनाइएको छ।
त्यस्तै, ड्याट्सन र निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले न्यू गो गाडीबाट बजारमा उच्च माग भइरहेको जनाएको छ। ड्याट्सन गोको नयाँ संस्करणमा शक्तिशाली १.२ लिटर इन्जिन, रिएर वाइपर, आर १४ डाइमन्ड कट एलो ह्विल तथा डुअल एअर ब्याग जस्ता विशेषता भएकाले ग्राहाकको ध्यान तानिरहेको जनाएको छ।
उक्त गाडी किन्दा ९९ हजार बराबरको निःशुल्क एसेसोरिज, एक वर्षको बिमा, तीन वर्षसम्मको वारेन्टी, तीन वर्षसम्म निःशुल्क सर्भिसिङ, एक वर्षसम्मको सडक कर र एक लाख २५ हजारसम्म नगद छुट तथा फेस्टिभ डिस्काउन्ट अन्तर्गत ५० हजार छुट दिई रहेको कम्पनीको भनाई छ।
कम्पनीले पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साटिरहेको पनि जनाएको छ। हरेक गाडीमा फाइनान्सको सुविधा, बाई ब्याक अफर जस्ता थुप्रै सुविधा दिइरहेको कम्पनीले ड्याट्सन न्यू गोमा तीन लाख ४० हजार ६ सय ४६ तथा ड्याट्सन रेडी गोमा तीन लाख २२ हजार ६ सय ९६ सम्मको लाभ दिइरहेको छ। कम्पनीले रेडिगो १००० सिसीको २१ लाख ९९ हजार, ८०० सिसीको १९ लाख ९९ हजार तथा न्युगो १२०० सिसीको २७ लाख ९९ हजार मूल्य ताकेको जनाएको छ।