फौजी किराको प्रकोप बढ्दै
२२ भदौ २०७६
•
९ मिनेट पाठ
फौजी किराको प्रकोप बढ्दै
पाँचथरको तुम्बेवा गाउँपालिकामा फौजी किराले आक्रमण गरेको मकैबाली अवलोकन गर्दै कृषि ज्ञान केन्द्रका कर्मचारी। तस्बिर : नागरिक
पाँचथर – प्रदेश १ का पहाडी जिल्लामा बाली नै सखाप गर्नेगरी अमेरिकी मिचाहा फौजी किराको प्रकोप बढ्दै गएको छ। ओखलढुंगामा देखिएको यो किराको प्रकोप प्रदेश १ का अघिकांश पहाडी जिल्लामा पुगेको छ। नेपालमा नौलो किरा भएकाले यसको नियन्त्रणका लागि ठोस कार्ययोजना बनेको भने देखिँदैन।




किराले खेतीबालीको पात, गुभो, फललगायत खाएर क्षति पु-याइरहेको छ। छिटो विस्तार हुने र छिटो आक्रमण गरी सखाप पार्ने हुँदा यो कृषि क्षेत्रमा ठूलो चुनौतीका रुपमा देखा परेको छ। खडेरीले आक्रान्त बनेका बस्तीमा फौजी किराको संक्रमण थपिएको हो। खडेरीले मकै सखाप बनाएका ठाँउमा पानी परेपछि पुनः लगाइएको मकै खेतीमा फौजी किराको आक्रमण भएको हो। प्रदेश १ का ओखलढुंगा, भोजपुर, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, इलाममा फौजी किराको आक्रमण देखिएका हो। यो मध्ये ओखलढुंगा, पाँचथर, उदयपुर, भोजपुर जिल्लामा बढी समस्या देखिएको छ।

फौजी किराको संक्रमण बढ्ने क्रममा छ। बढी मात्रामा यस क्षेत्रमा मकैबालीमा यो समस्या देखिएको हो। तर कोदो, धान खेतीमा पनि यो किराको आक्रमण देखिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ। अन्य बालीमा पनि फैलिने खतरा भएको कृषि प्राविधिकले बताएका छन्। नेपालमा पहिलोपटक यही वर्ष फौजी किराको प्रकोप दोखा परेको उनीहरुको भनाइ छ।

किराले खेतीबालीको पात, गुभो, फललगायत खाएर क्षति पु¥याइरहेको छ। छिटो विस्तार हुने र छिटो आक्रमण गरी सखाप पार्ने हुँदा यो कृषि क्षेत्रमा ठूलो चुनौतीका रुपमा देखा परेको छ। खडेरीले आक्रान्त बनेका बस्तीमा फौजी किराको संक्रमण थपिएको हो।

यसलाई नियन्त्रण गर्ने, बढ्न नदिने गरी कुनै योजना बनाइएको छैन। पहाडका विभिन्न जिल्लाबाट रोगको प्रकोपको रिपोर्टिङ भइरहेको प्रदेश १ का कृषि निर्देशनालय प्रुमख बेनु प्रसाईले बताए। बढी सुक्खा क्षेत्रमा यो समस्या देखिएको उनको भनाइ छ। ‘प्रदेश १ का पहाडी जिल्लामा फौजी किराको प्रकोप बढेर गएको छ। यो पहाडबाट तराईका जिल्ला पुग्यो भने थप संकट निम्तिने खतरा छ। ‘प्रदेश स्तरबाट रोग पहिचान गर्ने, विषाधीको सिफारिस गर्ने काम भइरहेको छ। कृषि ज्ञान केन्द्रबाट रिर्पोटिङ लिने काम भइरहेको छ। नयाँ रोग भएकाले समस्या भएको छ ’ प्रमुख प्रसाई भने, ‘छिटो फैलिने पुतली हो। यसको लार्भाले खेतीबालीलाई नष्ट गर्ने गरेको छ। विषाधीको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ। पहिचान र नियन्त्रणका लागि समुदायको सहयोग महत्वपर्ण छ। यसको प्रकोप नियन्त्रण निकै चुनौतीपूर्ण छ।’

गर्मी ठाउँमा यसको प्रकोप छिटो बढ्ने बताइन्छ। खडेरीले पीडित बनेका किसानले पानी परेपछि पुनः लगाएको खेती सखाप गर्ने फौजी किराको आक्रमणले किसानमा निराशा छाएको छ।

ओखलढुंगामा निकै ठूलो प्रकोप देखिएको छ। यहाँको मानेभञ्याङ र दूधकोशी गाउँपालिकामा बढी संक्रमण देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख विष्णुमणि पोखरेलले जानकारी दिए। उनका अनुसार एकातिर नियन्त्रण ग¥यो अर्कोतिर संक्रमण बढ्ने गरेको छ। हिलेभञ्याङ, मोदी, थाक्ले, सुनकोशीको १ देखि ७ वडामा नै संक्रमण देखिएको छ। खडेरीले सखाप परेपछि पुनः लगाइएको बालीमा यो समस्या देखिएको पोखरेलले जानकारी दिए। उनका अनुसार करिब पाँच सय हेक्टरमा यसको प्रकोप देखिएको छ। ‘२० दिन अघिदेखि फैलिरहेको छ। केन्द्रको टोली आएर पहिचान गरेको हो। निक्कै ठूलो प्रकोपको रुपमा देखिएको छ,’ पोखरेलले भने।

ओखलढुंगा झै प्रकोप पाँचथरमा पनि देखिएको छ। यहाँका तुम्बेवा र कुम्मायक गाउँपालिकामा यस्तै प्रकोप देखिएको हो। कृषि ज्ञान केन्द्रको टोलीले स्थलगत अनुगमन फौजी किराको प्रकोप बढेको पुष्टि गरेको हो। तुम्बेवाको १, २, ४ र ५ नम्बर वडा, कुम्मायकको तल्लो क्षेत्रमा बढी समस्या देखिएको हो। केही दिन अघिदेखि यो समस्या देखिएको खबर आएपछि ज्ञान केन्द्रको टोली उक्त क्षेत्र पुगेको थियो। ‘हामीले समस्या देखिएका सबै क्षेत्रमा पुगेर हेर्दा अवस्था जटिल बन्दै गएको पाइएको छ। ५० प्रतिशतभन्दा बढी क्षति पुगेको छ। यो बढ्ने क्रममा छ।

पानी परेपछि लगाइएको मकैबाट फलको आशा गरेका किसानमा निरासा देखिन्छ,’ कृषि ज्ञान केन्द्र पाँचथरका निमित्त प्रमुख सागर विष्टले भने, ‘स्थानीय तहसँग मिलेर विषाधी वितरण गर्ने काम अघि बढाएका छौं। केही ठाउँमा कोदोमा समेत फौजी किराको प्रकोप फैलिएको पाइएको छ। पूर्ण रुपमा नियन्त्रण नहुने हो भने समस्या विकराल हुन्छ।’ विष्टका अनुसार राति उड्ने किराले पातमा लार्भा जन्माउछ। लार्भाले जे भेट्यो त्यही खाने भएकाले छिटो प्रकोप बढेको विष्टले जानकारी दिए। उनका अनुसार एक रातमा फौजी किरा एक सय किलोमिटर टाढासम्म उड्न सक्छ। यो रातिमात्र उड्ने बताइन्छ।

यसअघि गाउँपालिकाले बाँडेको विषाधीले किरा नियन्त्रणमा आएको थिएन। ‘निकै डरलाग्दो खडेरीले पीडित थियौं। पानी परेपछि पुनः मकै खेती लगाएका थियौं। खेती फस्टाउदै थियो। फेरि यो किराले आक्रमण गरेर सखाप बनायो,’ तुम्बेवाका अर्जुन दाहालले भने, ‘पात बोट सबै खाएको छ। छिटोछिटो फैलिएर आक्रमण गर्दो रहेछ। किसान उभो लाग्ने अवस्था आएन।’ विष्टका अनुसार किरा नियन्त्रणका लागि इमामेक्टिङ बेन्जोयट, कोरोन्टा निलिप्रोल, स्पिनो स्याडजस्ता विषाधी सिफारिस भएको छ। यो विषाधी पहाडी जिल्लामा पाउन कठिन छ।

पाँचथरसँग सीमा जोडिएका तमोर तटीय क्षेत्रमा पर्ने तह्रथुम र धनकुटामा पनि यो समस्या बढ्दै गएको छ। यहाँको सुक्खा क्षेत्रमा यो समस्या देख्न थालिएको हो। किसानले खबर गरेपछिमात्र प्राविधिकको टोली पुग्ने भएकाले समस्या विस्तार भइसकेको हुन्छ। भोजपुरमा पनि यस्तो समस्या देखिएको छ। यहाँको भोजपुर नगरपालिका टक्सार क्षेत्र र हतुवागडी गाउँपालिकामा यस्तो समस्या देखिएको छ। कृषि प्राविधिक जानकी भटराईका अनुसार मकैका साथै धानबालीमा समेत यो समस्या देखिएको छ।

खोटाङको हलेसी तुवाचुङ, रावाबेसीमा यो समस्या देखिएको छ। यहाँ पनि किराको आक्रमण बढिरहेको बताइएको छ। इलाममा पनि यो समस्या देखिएको ज्ञान केन्द्रका शालिकराम महराले जानकारी दिए। उनका अनुसार इलाम नगरपालिका–८ तिल्केनीमा धान बालीमा किराको आक्रमण देखिएको हो।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
५६ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस