काठमाडौं, कात्तिक ४ (नागरिक)- अन्तराष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा पनि सुनको भाउ कम भएको छ। मंगलबारको तुलनामा बुधबार नै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३० डलर कम भएको छ।
नेपाली बजारमा दसैंको तुलनामा बुधबार तोलाको ६ सय रुपैयाँ कममा सुनको कारोबार भएको छ।
अन्तराष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १ हजार ३ सय ७० डलरमा कारोबार भएको सुन बुधबार १ हजार ३ सय ४० डलरमा कारोबार भएको छ। 'अन्तराष्ट्रिय बजारमा नै भाउ घटेकाले यहा पनि कम भएको हो,' नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'डलर पनि बलियो बन्दै गएकाले मूल्य अझै घट्ने सम्भावना छ।'
अहिले युरोको तुलनामा डलर बलियो बन्दै गएको छ। मंगलबार प्रति १ युरो बराबर १ दशमलव ४० डलर रहेकोमा बुधबार युरोको मूल्य घटेर १ दशमलव ३७ डलर मात्र भएको छ। 'युरोको मूल्य कम हुनु र डलर बलियो हुनुले सुनको भाउ कम गर्न मद्दत गर्छ,' शाक्यले भने, 'यसको प्रभाव नेपाल पनि पर्छ।'
अन्तराष्ट्रिय बजारमा मूल्य कम भएपछि दसैंका बेला तोलाको ३८ हजार ६ सय रुपैयाँ सम्म पुगेको सुन बुधबार ३८ हजार रुपैयाँमा कारोबार भएको छ। सुनचाँदी व्यवसायी संघका अनुसार फूलपाती, अष्टमी र नवमीका दिन बजारमा छापावाल सुन तोलाको ३८ हजार ६ सयले कारोबार भएको थियो। त्यसबेला तेजावी सुन तोलाको ३८ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भयो। बुधबार भने बजारमा तेजावी सुन ३७ हजार ७ सय ९२ रुपैयाँमा कारोबार भएको छ।
'डरल मजबुद हुदै गएकाले सुनको भाउ केही घट्ने अनुमान गर्न सकिन्छ,' अध्यक्ष शाक्यले भने, 'डलर बलियो हुदै गए सुन अझै सस्तिन्छ।' असोज २४ सम्म तोलाको ३८ हजारको हाराहारीमा रहेको सुनको भाउ एक्कासी बढेको थियो। अन्तराष्ट्रिय बजारको प्रभावसँगै दसैंका कारण पनि असोज २६ देखि सुनको भाउ तोलाको ३८ हजार ६ सय पुगेको थियो।
दसैंमा कारोबार घट्यो
आपूर्तिमा समस्या भएकाले यसपटकको दसैंमा सुनको कारोबार कम भएको व्यवसायीहरुले बताएका छन्। आपूर्ति कम भएका बेला एक्कासी सुन तोलाको ६ सय रुपैयाँ सम्म बढेपछि कारोबार कम भएको उनीहरुले बताए।
'गत बर्षको तुलनामा २५ प्रतिशत सम्म सुनको कारोबारमा गिरावट आएको छ,' अध्यक्ष शाक्यले भने, 'आपूर्तिमा समस्या हुनु र भाउ बढ्नुले नै यस्तो भएको हो।' आपूर्ति सहज नहुदा सुन किन्ने ग्राहकले अन्य सामग्री खरिद गरेकाले कारोबार बढ्न नसकेको उनले बताए। 'अघिल्ला बर्षहरुमा दसैंका बेला दैनिक २० किलो भन्दा बढी कारोबार हुन्थ्यो,' उनले भने, 'यसपटक भने १५ किलोको हाराहारीमा मात्र भयो।'
गत बर्षको तुलनामा यसबर्ष सुनको भाउ निक्कै बढेकाले पनि बिक्री नबढेको हो। गत बर्ष दसैंका बेला सुन तोलकोको २९ हजार ६ सय रहेको थियो। त्यसको तुलानामा यसबर्ष तोलामा नौ हजार रुपैयाँ मूल्य बढेको छ। गत बर्ष सस्तो हुदा पनि नोट अभावमा सुनको बिक्री भएको थिएन। 'दसैंमा बिक्री कम भएपनि तिहारमा भने रामै बिक्री होला जस्तो छ,' शाक्यले भने, 'भाउ घट्ने सम्भावनाले बिक्री बढ्ने आस जागेको हो।'