निर्णय शुक्रबार
२६ भदौ २०७६
•
५ मिनेट पाठ
निर्णय शुक्रबार
काठमाडौं – करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीचको दोस्रो दिनको छलफल बुधबार सकिएको छ। यसको निर्णय भने भोली (शुक्रबार) सार्वजनिक गरिने बताइएको छ।




मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्राजयमा भएको  संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल भएको हो। यस क्रममा दुवै मुलुकका प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए।

बैठकमा नेपाली टोलीको नेतृत्व गरेका श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले छलफलमा आ–आफ्ना धारणा राखेको नागरिकलाई टेलिफोनमार्फत जानकारी दिए।

‘वार्तामा दुवै मुलुकका प्रतिनिधिले आफ्ना धारणा राखेका छौं। केही विषयमा सहमति नजिक पनि पुगेका छौं,’ टोली नेता घिमिरेले भने, ‘शुक्रबार निष्कर्षमा पुग्ने अपेक्षा गरेका छौं।’ बैठकमा मलेसियाको तर्फबाट त्यहाँका मानव संसाधन मन्त्रालयका उपसचिव बेट्टी हसनले नेतृत्व गरेका छन्।

लामो विवाद र रस्साकस्सीबीच सुरु भएको छलफलले मलेसिया रोजगारीको गाँठो फुकाउला त भन्ने चासोका रुपमा हेरिएको छ। 

वार्तामा सहभागी अर्का सदस्यका अनुसार नेपाली अधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छनोट गरेका एक सय २२ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने अडान राखेका थिए। मलेसियाली टोलीले वर्षमा एकदेखि डेढ लाख कामदार आपूर्ति गर्ने मुलुकमा त्यति धेरै स्वास्थ्य संस्था नचाहिने पुरानै अडान दोहो-यायो।

१६ महिना अघिसम्म मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ३७ संस्थाले गर्थे। मन्त्रालयले ती संस्थाले स्वास्थ्य परीक्षण गर्दा सिन्डिकेट भएको दाबी गर्दै मलेसिया कामदार पठाउन रोकेको थियो।

मलेसिया जाने कामदारको राहदानी संकलनको जिम्मेवारी पाएको भिएलएन/ओएससी तथा अध्यागमन सुरक्षाका लागि श्रमिकको औंठाछाप लिने आइएससीलाई मन्त्रालयले ठगी गरेको आरोप लगाएको थियो। पछिल्लो समय अदालतले ती संस्थालाई ठगी नगरेको भन्दै सफाइ दिइसकेको छ।

ती सदस्यका अनुसार वार्ताका क्रममा एक सय २२ वा ३६ संस्था कसलाई कानुनी मान्यता दिने भन्ने विवाद उठेको थियो। नेपाली टोलीले मलेसियन पक्षलाई श्रमिकको स्वास्थ्य परीक्षण गर्न एक सय २२ संस्थालाई अनुमति दिन माग गरेको थियो। मलेसियन अधिकारीले तत्काल पुरानै ३६ संस्थाले स्वास्थ्य परीक्षणको काम गर्ने र अन्य संस्थालाई दिनेबारे विस्तारै अनुगमन गरी निर्णयमा पुग्ने जवाफ फर्काएका थिए।

विगतमा पनि तत्कालीन सरकारले सूचीकरण गरेका एक सय ६० स्वास्थ्य संस्थामध्ये ३७ वटालाई मलेसिया सरकारले आफ्नो मापदण्ड अनुसार छनोट गरेको थियो। भिएलएन÷ओएससी र आइएससीलाई निरन्तरता दिनेबारे यसअघि नै सहमति भइसकेको छ।

१६ महिनादेखि मलेसिया रोजगारी बन्द हुँदा नेपालले करिब दुई खर्ब रुपैयाँ रेमिटेन्स गुमाएको अनुमान गरिएको छ। मलेसिया रोजगारी सुचारु हुँदा एक वर्षमा दुई खर्ब हाराहारी रेमिटेन्स आउने गरेको थियो। अहिले त्यहाँबाट आउने रेमिटेन्स निकै घटेको छ। राष्ट्र बैंकका अनुसार गत आवमा मलेसियाबाट ७२ अर्ब रुपैयाँ मात्र भित्रिएको छ। त्यो रेमिटेन्स विगतमा गइसकेका कामदारले पठाएको हो।

विगतको तथ्यांकलाई आधार मान्दा १६ महिनाको अवधिमा कम्तीमा एक लाख ५० हजार कामदार मलेसिया जाने देखिन्छ। तर, यसबीचमा बिदामा घर आएका र बन्द हुनुअघि नै कलिङ भिसा लिएकासहित ४२ हजार मलेसिया गएको वैदेशिक रोजगार विभागको तथ्यांकले जनाएको छ।
अर्को समाचार
संसदमा नयाँ नागरिकता विधेयक लैजाने, पुरानो फिर्ता
२५ असार २०७९
•
२ मिनेट पाठ
संसदमा नयाँ नागरिकता विधेयक लैजाने, पुरानो फिर्ता
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिएलगतै बसेको मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी नयाँ विधेयक संसद्मा लैजाने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले नागरिकताबाट वञ्चित नागरिकलाई सम्बोधन गर्ने गरी नयाँ विधेयक संसद्मा लैजाने निर्णय गरेको हो।




प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले ३४ वटा बैठक बसेर दुई वर्षसम्म छलफल गरी प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ नाम दिई पेस गरेको थियो। गृहमन्त्री बालकृष्ण खाँणले विधेयक फिर्ता लिन राखेको प्रस्तावमाथि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले विरोधको सूचना दर्ता गरे पनि त्यसलाई बहुमतले अस्वीकृत गरिएको थियो।  

प्रतिनिधिसभा सचिवालयमा २०७५ साउन २२ गते दर्ता भएको यो विधेयक साउन २८ गते प्रतिनिसभा बैठकमा प्रस्तुत भएको थियो। २०७५ साउन २९ गते सो विधेयकमा सैद्धान्तिक छलफल भएको थियो।

संशोधन प्रस्तावमाथि थुप्रै प्रस्ताव आएपछि यसलाई राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको थियो। समितिमा २०७५ भदौ ५ गतेदेखि दफावार छलफल भएको थियो भने २०७७ असार ९ गते समितिले प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो। त्यसपछि यसलाई अघि नबढाइकनै शुक्रबार विधेयक फिर्ता लिइएको छ। मन्त्रिपरिषद्को असार २१ गतेको बैठकले नागरिकता विधेयक फिर्ता लिने स्वीकृति दिएको थियो। प्रतिनिधिसभाको नियमावली २०७५ को नियम १२१ को नियम ३ बमोजिम गृहमन्त्री खाँणले विधेयक फिर्ताको प्रस्ताव गरेका थिए। यसलाई विरोध गर्दै एमालेका भीम रावलले सर्वाधिक छलफल भएको नागरिकता विधेयकलाई राजनीतिक स्वार्थको हतियार नबनाउन आग्रह गरे।  

विदेशीलाई नागरिकता लिन सहज बनाएर नेपालको राष्ट्रिय सुरक्षा संकटमा पार्ने काम किमार्थ स्वीकार्य नहुने उनले बताए। निर्वाचनको मुखमा यो कामचलाउ सरकार भएकाले विधेयक फिर्ता लिने काम गर्नु गलत भएको बताए। उनले विदेशीले सहजै नागरिकता पाउने अवस्था नगर्न आग्रह गरे।  

एमाले सांसद कृष्णभक्त पोखरेलले समितिमा वर्षौंसम्म छलफल गरेर पारित गर्ने बिन्दुमा पुगेको विधेयकलाई फिर्ता लिएर सरकारले संसदीय प्रणालीमाथि नै चुनौती दिएको बताए। उनले नागरिकले नागरिकता पाउने अधिकारबाट कुण्ठित नगर्न पनि आग्रह गरे। एमाले सांसद शेरबहादुर तामाङले प्रतिनिधिसभाको टेबुलमा आएर पारित गर्ने प्रक्रियामा पुगेको नागरिकता विधेयकलाई फिर्ता लिनु भनेको नागरिकता कानुनको भ्रूण हत्या भएको बताए।  

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बसको वा सिनेमाको टिकट जसरी नागरिकता बाँड्ने होइन भन्दै २० वर्ष नेपाल बसोबास गरेर संस्कृतिको विषयमा परीक्षा दिएपछि उत्तीर्ण हुनेलाई मात्र नागरिकता दिनुपर्ने व्यवस्था राख्नुपर्ने बताए।  

एमाले सांसद विद्या भट्टराईले सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले नागरिकता दिँदा कडाइ गर्नुपर्ने बताइन्। गृहमन्त्री बालकृष्ण खाँणले फिर्ता लिएपछि तुरुन्तै नागरिकता विधेयक ल्याइने बताए। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले दलहरूबीच सहमति गरेर नयाँ विधेयक ल्याउने बताए।
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
यो पनि पढौँ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १० घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस