तमोर करिडोरसहित ठूला योजना फेरि प्रदेशमा
३१ भदौ २०७६
•
१० मिनेट पाठ
तमोर करिडोरसहित ठूला योजना फेरि प्रदेशमा
ताप्लेजुङ – पूर्वोत्तर नेपालको बहुप्रतीक्षित तमोर करिडोर सहितका ठूला योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फेरि प्रदेशकै कार्यक्रममा समेटेको छ।




मन्त्रालयको यो कार्यले रातो किताबमा समावेश भएका योजनालाई मात्र लत्याएको छैन, मन्त्रिपरिषद् निर्णय समेतको अवज्ञा गरेको छ।

तमोर करिडोरसहित पूर्वी पहाडलाई तराईसँग जोड्ने छोटो सडक योजनालाई पूर्वाधार मन्त्रालयले सुटुक्कै प्रदेशका कार्यक्रममा समावेश गरेको हो। रातो किताबमा भने तमोर करिडोरसहित पूर्वी नेपालका पहाडी जिल्लासँग तराई जोड्ने महत्वपूर्ण मार्ग संघीय सरकार मातहत सञ्चालन हुने गरी प्राथमिकता तोकिएको छ।

संघीय सरकार मातहत सञ्चालन हुने योजना तथा कार्यक्रम राष्ट्रिय योजना आयोगले रातो किताबमा समावेश गर्छ। तमोर करिडोरसहित देशभरका १२ वटा सडक योजनालाई मन्त्रालयले अन्य उत्तर–दक्षिण सडक योजनाको ३३७०११६९ शीर्षकमा समावेश गरेर कार्यक्रम पठाएको छ।

जुन प्रदेश सरकारमार्फत सञ्चालन हुने योजना हुन्। यो कार्यक्रममा तमोर करिडोर सहित प्रदेश १ का २, प्रदेश २ र ३ का ३–३ र प्रदेश नं ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका १–१ योजना समावेश छन्। २०७५ साल माघ २१ उत्तर–दक्षिण सडक योजनाको दोभान–ओलाङचुङगोला सडकखण्ड, धनकुटा–मूलघाट–माझीटार–सुभाङ–लिम्बूनी पुल–दोभान जोडिने तमोर करिडोर र बसन्तपुर–गुफा–सभापोखरी–ढुंगेसाँघु–दोभान हुँदै बहान्नदेसम्मको मदन भण्डारी लोकमार्गलाई प्रदेशमा विनियोजन भएको बजेटसहित संघीय सरकार मातहत लैजाने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। सुरुमा संघीय सरकार मातहत रहेका ती सडक योजना नौ महिनासम्म प्रदेश सरकारमार्फत सञ्चालन हुने योजनाको रुपमा पुगेकामा त्यसभन्दा पछि फेरि मन्त्रिपरिषद् बैठकबाटै संघीय सरकार मातहत पुगेका थिए।

सरकारको निर्णय र रातो किताबमा कार्यक्रम समेत समावेश भएको तमोर करिडोरको कार्यक्रम भने भौतिक पूर्वाधार मन्त्रालयले प्रदेश मातहत रहने गरी पठाएको हो।

तमोर करिडोरसहित पूर्वी पहाडलाई तराईसँग जोड्ने छोटो सडक योजनालाई पूर्वाधार मन्त्रालयले सुटुक्कै प्रदेशका कार्यक्रममा समावेश गरेको हो। रातो किताबमा भने तमोर करिडोरसहित पूर्वी नेपालका पहाडी जिल्लासँग तराई जोड्ने महत्वपूर्ण मार्ग संघीय सरकार मातहत सञ्चालन हुने गरी प्राथमिकता तोकिएको छ।

उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका डिभिजनल इन्जिनियर रामबहादुर गुरुङका अनुसार उत्तर–दक्षिण सडक योजना पनि वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा समावेश भएको छ। बजेट शीर्षक नम्बर ३३७०११६९ वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम संघीय सरकारको योजना भए पनि यसले कम प्राथमिकता पाउँछ। गुरुङले रातो कितावमा समावेश भएका योजना तथा मन्त्रिपरिषद्को निर्णय कार्यक्रम अघि बढाउन बजेटको खोजी गर्ने क्रममा आफू अल्मलिएको बताए।

रातो किताबमा संघमा हस्तान्तरण भएका सडकको निर्माण कार्य अघि बढाउने गरी तमोर करिडोरसहित पूर्वी पहाडका लागि महत्वपूर्ण मानिएका सडक योजना र त्यसका लागि प्रगति लक्ष्य निर्धारण गरिएको छ। गुरुङका अनुसार रातो किताबमा संघीय सरकारले तमोर करिडोरको धनकुटा–मूलघाट–माझीटार–सुभाङ–लिम्बूनी पुल–दोभानसम्मको ९५ किलोमिटर भागलाई कार्य पूरा गरेर दोभानबाट २५ किलोमिटर माथि थिवासम्म ट्र्याक खोल्ने, १३ किलोमिटर स्तरोन्नति गर्ने र सिंसवाखोला, ताक्मेवा खोला र रानीपुल क्षेत्रमा मोटरेबल पुल निर्माण गर्ने लक्ष्य तोकेको छ। ‘लक्ष्यअनुसार काम अघि बढाउनुप-यो भनेर हेरेको त बजेटको प्राथमिकता नै लगभग शून्य जस्तै पाएँ,’ डिई गुरुङले भने। यो सडक खण्डका लागि १२ करोड ८० लाख रुपैयाँ बजेट छ। तर यो तमोर करिडोरका लागि मात्रै होइन, निर्माणाधीन मध्यपहाडी लोकमार्गको बेलघाट–कम्फुघाट–पामाखाम–भन्ज्याङ–टेम्के–मयुरडाँडा–साल्पापोखरीबाट गुदेल हुँदै सोलु सल्लेरीसम्मको सडकका लागि पनि हो।

उता, उत्तर–दक्षिणको दोभान ओलाङचुङ लोकमार्ग योजनाका लागि रातो किताबमा अहिले निर्माण भइरहेको सहित ४३ किलोमिटर ट्र्याक ओपन गर्ने, सुकेटारबाट २५ किलोमिटर कालोपत्रे गर्ने तथा फुरुम्बु र तावाखोलामा दुईवटा पक्की पुल बनाउने लक्ष्य तोकिएको छ। त्यसका लागि उत्तर–दक्षिण लोकमार्ग योजनाले ठेक्का व्यवस्थापन सहितका कार्य गर्नुपर्छ। डिई गुरुङले कार्यक्रम अनुसार बजेट हुनुपर्नेमा सो नभएर सडकको प्राथमिकता घटेकोप्रति चिन्ता जनाए। उत्तर–दक्षिण सडकका लागि साढे १८ करोड बजेट छ। त्योमध्ये १५ करोड रुपैयाँ भारतको एक्जिम बैंक आफैंले परिचालन गर्ने रकम हो। बाँकी तीन करोड ५० लाख रकम मात्र उत्तर–दक्षिण लोकमार्ग योजना कार्यालयमार्फत खर्च हुन्छ। तर योजना कार्यालयले दोभान–ओलाङचुङगोला सडक खण्डको रानीपुलबाट गोलासम्मको सडकको ट्र्याक खोलने काम गरिरहेको एसडी एलाइट निर्माण कम्पनीलाई करिब ३५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। कम्पनीले भ्याट सहित करिब ४५ करोड रुपैयाँमा निर्माण जिम्मेवारी पाएकोमा अहिलेसम्म १०–११ करोड रुपैयाँमात्र भुक्तानी लगी बाँकी रकम योजना कार्यालय दायित्वमा रहेको गुरुङले जानकारी दिए।

‘यो दायित्वसमेत चुक्ता गर्ने र रातो किताब अनुसारको कार्यक्रम अघि बढाउने लक्ष्य लिएर योजना बनाइरहेका बेला बजेट र योजनाको प्राथमिकताले हैरान बनायो,’ गुरुङले भने।

उता, संघीय सरकारको योजनामा मदन भण्डारी राजमार्गको बहानन्दे–दोभानतर्फको चार किलोमिटर सडक कालोपत्रे गर्ने र त्यहाँभन्दा उता १३ किलोमिटर खण्ड स्तरोन्नति गर्ने लक्ष्य छ। तर मदन भण्डारी राजमार्गको ताप्लेजुङ खण्डमा दुई करोड र संखुवासभा खण्डमा पाँच करोड रुपैयाँ मात्र बजेट छ। यसले आगामी कार्यका लागि त परै जाओस्, अघिल्लो आर्थिक वर्षमा सम्पन्न भएका कामको भुक्तानी दिन पनि पुग्दैन। तमोर करिडोर, उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) तथा मदन भण्डारी राजमार्ग अन्तरदेशीय सीमा सम्बन्ध स्थापित गर्नेदेखि पूर्वी पहाडी जिल्ला हुँदै तराई जोड्ने छोटो सडकमा पर्छन्। मोरङको रानीबाट तमोर करिडोरबाट नेपाल–तिब्बत सीमा नाका टिपतालासम्मको दुरी दुई सय ७० किलोमिटर र रानीबाटै मदन भण्डारी राजमार्ग हुँदै टिपताला पुग्न तीन सय २७ किलोमिटर टाढा छ। तर रानीबाट अहिले कायम रहेको इलाम–फिदिम–ताप्लेजुङ हुँदै जाने मेची राजमार्गबाट टिपतालासम्मको दुरी चार सय ८६ किलोमिटर छ। त्यही भएर मेची राजमार्गभन्दा तमोर करिडोर र मदन भण्डारी राजमार्ग तराईसँग साइनो जोड्ने पहाडका छोटा मार्गको रुपमा परिचित छन्।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
५८ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस