पर्यटकलाई राख्न लेकमा ‘गोठस्टे’
०१ असोज २०७६
•
१० मिनेट पाठ
पर्यटकलाई राख्न लेकमा ‘गोठस्टे’
फालेलुङ गाउँपालिका–४ नेपालीटारमा रहेको गोठस्टेमा खाना खादै आन्तरिक पर्यटक। तस्बिर: गिरिराज/नागरिक
फालोट (पाँचथर) –जिल्लाको उच्च पहाडी क्षेत्रका आकर्षक गन्तव्य घुम्न आएका पर्यटकलाई बस्नका लागि गोठस्टे सञ्चालनमा ल्याइएको छ। परम्परागत रुपमा पालिएका चौरी गोठलाई पर्यटकमैत्री बनाउने गरी गोठस्टेको रुपमा विकास गरिएको हो।




जिल्लाको फालेलुङ तथा याङवरक गाउँपालिकामा रहेका लेकाली गोठमा पर्यटक राख्ने गरी संरचना विकास गर्ने काम अघि बढाइएको छ। गोठस्टे सञ्चालक यसलाई पर्यटकमैत्री बनाउन लागिपरेका छन्। 

गोठलाई सफा चिटिक्क बनाउने, पर्यटक बस्न मिल्ने संरचना निर्माण, सौचालयलगायत व्यवस्थापन गरेर गोठस्टे विकास गर्न लागिएको हो। सन्दकपुर, फालोट, चाररातेलगायत क्षेत्र घुम्न आउने, कञ्चनजंगा बेस क्याम्प, तिम्बु पोखरी जाने पर्यटकलाई राख्न गोठस्टे विकास गरिएको हो।

गोठस्टेमा पर्यटक रमाउने गरेको देखिन्छ। यो क्षेत्रमा बंगाली पर्यटक बढी आउँछन्। आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गर्न खोजिएको गोठस्टे सञ्चालक समितिका सचिव तथा गोठ सञ्चालक चन्द्र नेपालले बताए। ‘अहिले २१ गोठलाई सुधारेर पर्यटकमैत्री बनाउने काम गरिरहेका छौं। गोठलाई सफा चिटिक्क बनाउने हाम्रो लक्ष्य रहेको छ। यहाँ आएका पर्यटकले गोठको मैलिकपनामा रमाउन सकुन् भन्ने योजना रहेको छ,’ नेपालले भने, ‘यहाँका गन्तव्यमात्र हैन चौरीपालनलाई समेत प्रवद्र्धन गर्न खोजिएको छ। होमस्टे भनेझै गोठस्टेको विकास गरिएको हो।’

नेपाल–भारत सिमानमा पर्ने विभिन्न ठाउँमा आउने पर्यटकलाई बस्नका लागि नेपालतर्फ उपयुक्त व्यस्थापन गरिएको छैन। पर्यटक आउने सिजन सुरु भएको छ। हिमाली दृष्य, सूर्योदय, जैविक विविधता तथा सौन्दर्यतामा रमाउन यो क्षेत्रमा बाक्लो गरी पर्यटक आउने गर्छन्। यहाँ आउने पर्यटकलाई गोठमा राखेर यहाँको मौलिक परम्परा देखाउने तथा आयआर्जन बढाउन खोजिएको छ।

गोठलाई सफा चिटिक्क बनाउने, पर्यटक बस्न मिल्ने संरचना निर्माण, सौचालयलगायत व्यवस्थापन गरेर गोठस्टे विकास गर्न लागिएको हो। सन्दकपुर, फालोट, चाररातेलगायत क्षेत्र घुम्न आउने, कञ्चनजंगा बेस क्याम्प, तिम्बु पोखरी जाने पर्यटकलाई राख्न गोठस्टे विकास गरिएको हो।

यसका लागि रेड पाण्डा नेटवर्क र दिपज्योती युवा क्लब मिलेर गोठ सुधारको काम अघि बढाएका हुन्। पर्यटकलाई गोठमा रमाउने वातवरण बनाउने प्रयास गरिएको दिपज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तवाले बताए। लेकाली क्षेत्रमा बाक्लो गरी आउने पर्यटकलाई गोठमा राख्ने, गोठ सुधार गरेर वनप्रतिको निर्भरता घटनाउन गोठस्टेको अवधारणा अघि सारिएको उनले बताए।

गोठस्टेमा बाक्लो गरी पर्यटक बस्न थालेका छन्। चौरी दुहुने, गोठमा पकाएर खाने गर्न थालेको गोठ सञ्चालक बताउँछन्। ‘गोठ सफा बनाएपछि यहाँ बस्न आउनेको संख्या बढेको छ। विदेशी पर्यटक पनि आउँछन्। नेपाली पनि घुम्दै आएर बस्न थालेका छन्। चौरी, घ्यू, छुर्पीमा मोह हुँदो रहेछ। हामी बिस्तारै सिक्दै छु,’ नेपालीटारका गोठ सञ्चालक थर्कप्रसाद गुरुङले भने, ‘हामी सिक्दै छौं। गोठ सुधार गरेपछि सफा तथा दाउरा प्रयोग पनि कम हुने रहेछ। यहाँ आउने पर्यटक होटलमा अटिनअटी हुन्छन्। तिनीहरुलाई गोठमा ल्याउन प्रयास भरहेको छ। विभिन्न देशबाट आउने पर्यटक बस्न थालिसकेका छन्।’

लेकाली क्षेत्रमा रहेका चौरीलगायत गोठमा वनप्रतिको निर्भरता घटाउँदै पर्यटकमैत्री गोठ बनाउने गरी ‘गोठस्टे’को विकास थालिएको थियो। भएका गोठ सुधार गर्दै व्यवस्थित बनाउन गोठस्टेको अवधारणा अघि सारिएको हो। गोठस्टेको रुपमा सुधारिएको चुल्हो, टेन्ट, गोठ सुधारका लागि काम गरिरहेको रेडपाण्डा नेटवर्कका सरक्षण संयोजक दाबा तेन्जी यल्बोले भने, ‘गोठलाई वातावरणमैत्री र पर्यटकमैत्री बनाउने प्रयासमा छौं।’

पर्यटक बस्न मिल्ने, सफा तथा दाउरा कम प्रयोग गर्ने गरी गोठस्टेको अवधारणा अघि सारिएको छ। गोठमा सुधारिएको चुल्हो, धेरैजना बस्न मिल्ने ठूलो टेन्ट र भएका गोठलाई सुधार गर्ने काम अघि बढाइएको हो। गोठमा कम दाउरा प्रयोग हुने चुल्हो, पर्यटक तथा आफू बस्न मिल्ने टेन्ट प्रदान गरिएको छ। ३० प्रतिशत गोठ सञ्चालको लगानीमा एक लाख पर्ने सामग्री गोठलाई प्रदान गरिएको उनले बताए। साथै गोठ सुधारका लागि पनि आर्थिक सहयोग गरिएको बताइएको छ। बर्सेनि गोठ सुधार गर्दै लैजाने योजना रहेको दाबाले जानकारी दिए। यो क्षेत्रका सबै गोठलाई सुधार्ने लक्ष्य रहेको जानकारी दिइएको छ।

गोठलाई सुधारेर सफा तथा वातावरणमैत्री बनाउन काम अघि सारिएको बान्तवाले बताए। चुल्हो र टेन्ट पाएकाले गोठ धुँवा नहुने किसिमको बनाएर थप सुधार गरिएको छ।  गत वर्षदेखि गोठ सुधारको काम सुरु भएको छ। चित्रे, फलेके, चारराते हुँदै फालोट, सिहलिला, पानी भित्तालगायत गोठ सुधार गरिँदै छ। दाउरा कम हुने चुल्हो तथा पाहुना राख्न उपयुक्त टेन्टले सजिलो बनाएको चित्रका गोठ सञ्चालक राजकुमार राईले बताए। उनका अनुसार सन्दकपुरलगायत ठाउँबाट आउने पर्यटकले टेन्ट रुचाएका छन्। गोठ सफा राख्न सके पर्यटक गोठमै बस्न तयार हुने गरेको उनले अनुभव सुनाए।

होमस्टेजस्तै गोठस्टेको अवधारणा अघि सारिएको छ। गोठस्टेको विकास गर्दा सरसफाइ तथा घुम्न आउनेलाई राख्न सहज भएको अनुभव राईले सुनाए। सो क्षेत्रमा बंगालीलगायत पर्यटक आउने गरेका छन्। धुँवा कम हुने, सरसफाइ भएको तथा बस्न मिल्ने किसिमको गोठ बनाएर पर्यटक राखी आम्दानीको माध्यम बढाउने लक्ष रहेको वान्तवाले सुनाए। यसअघि गोरुवाले क्षेत्रका गोठमा चुल्हो वितरण गरीएको थियो।

गोठ सुधारका लागि सचेतनामुलक कार्यक्रम तथा तालिम सञ्चालन भएको छ। यहाँका गोठ सञ्चालकलाई पटक–पटक तालिम दिइएको बताइएको छ। संरक्षण संयोजक दाबाका अनुसार तालिम, सचेतनामूलक गोष्ठी तथा निरन्तर अनुगमन भइरहेको छ। गोठ सञ्चालकलाई पर्यटकलाई कसरी स्वागत गर्ने, वन वातारण किन जोगाउने भने विषयमा सचेत गराउने काम भएको उनले बताए। हिमाल, लेकाली डाँडा र चौरी हेर्न आउने पर्यटकलाई बसाउने किसिमको गोठ बनाउनकालागि प्रयास थालिएको गोठ पालक समुहका उपाध्यक्ष जंग राईले बताए। यहाँ चौरी तथा भेडी गोठ सञ्चालित छन्। पशुपालनसँगै पर्यटनलाई पनि सँगै लैजाने योजना अघि सारिएको छ। गोठ सञ्चालकले रेड पान्डाले प्रयोग गर्ने बिरुवा रोपणसमेत गर्नुपर्ने बताइएको छ। विभिन्न ठाँउमा प्लान्टेसन गर्नुपर्ने भएको बताइएको छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
५६ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस