१७ हजारलाई ३७ अर्ब
०६ असोज २०७६
•
६ मिनेट पाठ
१७ हजारलाई ३७ अर्ब
–जिपी भण्डारी




काठमाडाैं – सरकारले विभिन्न क्षेत्रलाई लक्षित गरेर ल्याएको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले ३७ अर्ब रुपैयाँ प्रवाह गरेका छन्।

गत असार मसान्तसम्मको तथ्यांकअनुसार वित्तीय संस्थाहरूले विभिन्न सातवटा शीर्षकमा ३७ अर्ब १२ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेका हुन्।

सरकारले यो कार्यक्रम अनुसार व्यावसायिक कृषि तथा पशुपालन कर्जा, शिक्षित युवा स्वरोजगार, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील, दलित समुदाय विकास, उच्च र प्राविधिक व्यावसायिक कर्जा र भूकम्पपीडित निजी आवासका लागि ब्याज सहुलियत कर्जाको व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाहरुले यी शीर्षकमा गरेको लगानीमा निश्चित प्रतिशत ब्याज सहुलियत हुन्छ।

राष्ट्र बैंकले २०७५ मा सहुलियत कर्जा ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि ल्याएको छ। यही कार्यविधि अनुसार कर्जामा ब्याज अनुदान दिइन्छ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार वाणिज्य, विकास बैंक र वित्त कम्पनीले यी शीर्षकमा प्रवाह गरेको कर्जाको ब्याजदरमा चारदेखि पाँच प्रतिशत बिन्दुसम्म अनुदान दिने व्यवस्था छ। असार मसान्तसम्म एक अर्ब ५५ करोड ६८ लाख रुपैयाँ ब्याज अनुदान वितरण गरेको उनले बताए।

शिक्षित युवा स्वरोजगार कर्जामा सबैभन्दा कम लगानी भएको छ। उक्त शीर्षकमा २४ जनाले करिब १२ लाख रुपैयाँ कर्जा लिएका छन्।

राष्ट्र बैंकका अनुसार ती कर्जामध्ये सबभन्दा बढी व्यावसायिक कृषि तथा पशुपक्षी शीर्षकमा लगानी गरिएको छ। १७ हजार दुई सय युवाले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा लिएका छन्। पछिल्लो साढे एक वर्षको अवधिमा ३७ अर्ब १२ करोड ६९ लाख कर्जा प्रवाह भएको छ।

त्यसैगरी, शिक्षित युवा स्वरोजगार कर्जामा सबैभन्दा कम लगानी भएको छ। उक्त शीर्षकमा २४ जनाले करिब १२ लाख रुपैयाँ कर्जा लिएका छन्।

सोही अवधि विभिन्न बैंकले वैदेशिक रोजगारीबाट फर्केका ४९ युवालाई  ३५ करोड ९७ लाख रुपैयाँ सहुलियत कर्जा दिएका छन्। त्यसैगरी, महिला उद्यमशीलता कर्जा ५८ करोड रुपैयाँ प्रवाह भएको छ। उक्त कर्जा सात सय ९६ जनाले लिएका छन्।

राष्ट्र बैंकका अनुसार दलित समुदाय व्यवसाय विकास कर्जा शीर्षकमा तीन करोड ९१ लाख रुपैयाँ प्रवाह भएको छ। यो कर्जा ७० जना दलितलाई दिइएको छ।

त्यसैगरी, प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि ६० जनालाई एक करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

भूकम्पपीडितको निजी आवास निर्माणका लागि दुई करोड ६४ लाख रुपैयाँ लगानी भएको छ। यस शीर्षकमा ७३ जनालाई कर्जा दिइएको छ।

सरकारले सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि २०७५ लागू गरेपछि बैंक, वित्तीय संस्थाले सहुलियत कर्जा प्रवाह गर्दा ऋणीबाट आधार दरमा बढीमा दुई प्रतिशत थप लिन पाउँछन्।

सरकारले यी सात प्रकारका कर्जाको सीमा पनि तोकेको छ। जसअनुसार न्यूनतम तीन लाखदेखि अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिने प्रावधान रहेको राष्ट्र बैंकले जनाएको छ। पाँच करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न केन्द्रीय समन्वय तथा अनुगमन समितिसँग स्वीकृति लिनुपर्छ। यो कर्जाको अवधि व्यवसाय अनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्छ।

सहुलियत कर्जा कार्यविधि अनुसार यी सात प्रकारका कर्जाको अवधि बढीमा पाँच वर्षको हुन्छ। पाँच करोड रुपैयाँसम्मको व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाको भुक्तानी अवधि बढीमा पाँच वर्षको रहेको छ। शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत निवेदकको सक्कल शैक्षिक प्रमाणपत्र धितो राखेर बढीमा सात लाख रुपैयाँसम्म प्रदान गर्न सकिने व्यवस्था छ।

वैदेशिक रोजगारीबाट फर्केका युवाको सीपको आधारमा बढीमा १० लाख रुपैयाँसम्म कर्जा प्रवाह गरिने व्यवस्था छ। महिला उद्यमशील कर्जा बढीमा १५ लाख तथा दलित समुदाय व्यवसाय विकास कर्जा एकजनाले बढीमा १० लाख रुपैयाँ पाउँछन्।

प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि पाँच लाख रुपैयाँ तथा भूकम्पपीडितको आवास निर्माणका लागि तीन लाख रुपैयाँ कर्जा प्रवाह हुने व्यवस्था छ।
अर्को समाचार
पुष्प व्यवसाय : आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी
३१ असोज २०८२
•
२ मिनेट पाठ
पुष्प व्यवसाय : आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ। फूल र रङको पर्वको रूपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको हो।




पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूल खेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ। नेपालमा २०११ सालदेखि सामान्य रूपमा फूल खेती हुँदै आए पनि २०५० सालको दशकपछि भने यसले व्यावसायिक रूप धारणा गरेको हो।

पछिल्लो एक दशकयता नेपालमा फूलको व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दो छ। पुष्प व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्रसँगै पुष्प खेती गर्नेको सङ्ख्या बढ्न थालेको हो। यस्तै, फूलको प्रयोग धेरै हुने भएकाले तिहारलक्षित फूल खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ। छोटो समयमा पर्याप्त आम्दानी हुने भएकाले तिहारमा प्रयोग हुने सयपत्री र मखमलीको व्यावसायिक खेती हुने गरेको छ।

विशेष गरी तिहारमा फूलको व्यापार धेरै हुने गरेको छ। तिहारमा काठमाडौं उपत्यकाभित्र मात्र ४० लाखभन्दा बढी माला बिक्री हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन्। फूलको प्रयोग बढिरहेको नेपालमा नर्सरीदेखि जमिन भाडामा लिएर पुष्प व्यवसाय गर्न थालिएको उनको भनाइ छ। बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहर तथा देशका ५२ जिल्लामा पुष्प खेती भइरहेको अध्यक्ष श्रेष्ठ बताउँछन्।

'नेपालको वातावारण फूल खेतीका लागि अनुकूल छ,' उनी भन्छन्। देशभरका झण्डै २७० हेक्टर क्षेत्रफलमा पुष्प खेती गरिएको छ। पुष्प व्यवसायमा रु आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी रहेको र ५३ हजार ५०० व्यक्तिलाई रोजगार प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए।

पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा धेरै रहेको छ। कोरोना महामारीको समयमा पुष्प व्यवसायमा असर गरेको भए पनि विस्तारै पुष्प व्यवसायले गति लिँदै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब ६८ करोडभन्दा बढीको कारोबार भएको थियो भने २०८१/८२ मा रु तीन अर्ब ३७ करोडको कारोबार भएको अध्यक्ष श्रेष्ठले बताए।

भन्सार विभागको तथ्याङ्कअनुसार आव २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात रु एक करोड दुई लाख १२ हजार कारोबार रहेकामा आव २०८१/८२ मा रु दुई करोड १३ लाख ६० बराबरको निर्यात भएको थियो। नेपालमा उत्पादन हुने फूल जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, युएईलगायत मुलुकमा निर्यात हुँदै आएको एसोसिएसनले जनाएको छ।  

काठमाडौं महानगरपालिकाले भने यस वर्ष स्वदेशमै उत्पादित फूललाई प्रवर्द्धन गर्ने उद्देश्यले विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ। महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले केही दिनअघि पत्रकार सम्मेलन गरेर विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने नीति महानगरले लिएको बताएका थिए। रासस
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस